झापाको दमक ५ स्थित दिपीनी आधारभूत
विद्यालयले आउनले रेडियो सबैको पहुँचमा हुने र सर्बसुलभ माध्यम भएकाले पनि यसको माध्यमबाट नतिजा प्रशारण गर्नुका साथै परीक्षाफल पछि बिद्यालय कक्षालाई पनि रेडियोबाटै सञ्चालन गर्ने बिषयमा समेत अध्ययन भईरहेको बताए ।
परीक्षाफल प्रशारण कार्यक्रम रेडियोको फ्रिक्वेन्सी साथै फेसबुक पेज र अनलाईनबाट समेत एकैसाथ सुन्न सकिने व्यवस्था गरिएको थियो ।जिल्लामा रेडियोवाट विद्यालयले आफनो बार्षिक परीक्षाफल प्रशारण गरेको यो पहिलो भएको एफएमका अध्यक्ष मेहरमान लिङदेनले जानकारी दिए ।
ज रेडियोवाट बार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । कोरोना भाइरस ( कोभिड १९ )को संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण समयमा नै परिक्षाफल प्रकाशन गर्न नसकिरहेका बेला दिपीनीले स्थानीय सप्तरङ्गी एफएमको सहकार्यबाट परीक्षाफल सार्वजनिक गरिएको प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिए ।कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको परीक्षाफल रेडियोबाट प्रत्यक्ष रुपमा परीक्षाफल प्रशारण गरिएको उनले वताए । बन्दाबन्दीका समयमा पनि बिद्यार्थी र बिद्यालयको सम्बन्ध जोड्न तथा बार्षिक परीक्षाफल प्रकाशन गर्न समस्या भईरहेको वेला रेडियोको माध्यमवाट परीक्षाफल प्रकाशन गरिएको उनले वताएका छन् ।
0 comments: