हाम्रो अपडेट्स

भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग

भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग

काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग यसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको थियो । चीनले दक्षिण एशियाली आपत्पकालीन सहयोगमार्फत प्रदान गरेको राहत सामग्रीको पहिलो खेप सोमबार नेपाल आइपुगेको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र धनमालको क्षति गरेको छ । भूकम्पले ३५ हजार परिवार घरबारविहीन बनेका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्णरूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन्। यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् । सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ। भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन्। यो जिल्लामा १ सय ३३ जना घाइते छन्। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्। भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।
बुकुवा सामुदायिक बनमा बेथिति, कार्यकाल नसकिदै समिती भङ्ग्

बुकुवा सामुदायिक बनमा बेथिति, कार्यकाल नसकिदै समिती भङ्ग्

चुलाचुली /चुलाचुली गाउपालिका वडा न.५ मा रहेको बुकुवा सामुदायिक बन को उपभोक्ता समिती ले मनोमानी तथा नियम बिपरित कार्य सन्चालन गरेको आरोपमा एक बिषेस कार्यक्रमको आयोजना गर्दै बहालवाला समिती लाई बिगठन गरिएको छ । बुकुवा सामुदायिक बन उपभोक्ता समिती बिगत २०७७ साल देखी अबैधानिक रहेको खुल्न आएको छ । जिल्ला बन कार्यलय इलाम मा दर्ता नं १२६ रहेको बुकुवा सामुदायिक बन लाई २०७४ साल मा जिल्ला बन कार्यलय इलाम ले चलानी न. ७२२७ को पत्र मार्फत कार्य समिती अनुमोदन को पत्र पठाए पश्चात ५ बर्ष बितिसक्दा अन्य कुनै कार्यसमिती अनुमोदन गर्दै पत्राचार गरेको छैन । स्थानिय उपभोक्ता तथा बुद्धिजिवी हरुको चर्को बिरोध र वडा कार्यलय मा लिखित उजुरी समेत गरे पछी हिजो असोज ३ गते बुकुवा सामुदायिक बन को साधारण सभा भनिएता पनि हिसाब किताब पारदर्शी नभएको भन्दै स्थानिय उपभोक्ता हरु ले आपत्ती जनाएका छन । २०७४ साल देखी बुकुवा सामुदायिक बनको अध्यक्ष भएर सो सामुदायिक बन सम्हालेका दिल बहादुर फेदाप ले आफ्नो कार्यकाल सकिएर २०७७ सालमा नयाँ कार्यसमिती लाई कार्यभार सुम्पिदा रु ५८ हजार १ सय ३१ रुपैयाको बिल भर्पाइ पेश गर्न नसकेको र सोही रकम का कारण २०७७ साल मा मन बहादुर तामाङ्ग को अध्यक्षतामा बनेको नयाँ समिती र पुरानो समिती बिच बाराबुजारत को पत्र बन्न नसकेको बुझिएको छ ।
२०७७ साल मा आम उपभोक्ता हरुको भेला ले मन बहादुर तामाङ्ग को नेतृत्व रहेको बुकुवा सामुदायिक बन उपभोक्ता समिती लाई अनुमोदन गरे पश्चात सो कार्यसमिती ले बिना कानुनी प्रकृया मनमौजी तवर बन पैदावर निकाशि, कर्मचारी नियुक्ती , हर्जना असुलि, साथै ठेक्का लगाउने काम समेत गरेको पाइएको छ । सामुदायिक बन उपभोक्ता समिती सन्चालन ऐन अनुसार समिती हेरफेर भएको १५ दिन भित्र नयाँ समिती ले पुरानो समिती सङ्ग बरबुजारत लिइ डिभिजन बन कार्यलय को स्विकृती मा कृषी बिकाश बैक मा समिती को नाम मा खाता सन्चालन गर्नु पर्ने छ साथै सोही अवधी भित्रै जिल्ला बन कार्यलय बाट समेत कार्यसमिती अनुमोदन गराउनु पर्नेछ अन्यथा समिती लाई बैधानिक मानिने छैन । साथै सम्पुर्ण कारोबार बैक खाता मार्फत गर्नु पर्ने र बन समिती ले रु. १ हजार सम्म मात्रै नगद राख्न पाउने कानुनी प्रावधान हुँदा हुँदै बुकुवा सामुदायिक बन ले नियम मिचेर ५ लाख भन्दा माथी रकम कार्यसमिती ले नै प्रयोग गरिरहेको पाइएको छ । हिजो भनिएको साधारण सभा मा मन बहादुर तामाङ्ग को नेतृत्व रहेको बुकुवा सामुदायिक बन ले दुइ आर्थीक बर्ष ०७७/७८ र ०७८/७९ को कुल आम्दानी रु. ११ लाख ३३ हजार ३ सय ८९ रुपैया र कुल खर्च ५ लाख ६९ हजार रुपैया साथै पुर्व अध्यक्ष दिल बहादुर फेदाप ले भुक्तानी गर्नु पर्ने ५८ हजार १ सय ३१ रुपैया लाई उपस्थित सदस्य हरु बाट अनुमोदन गराउने प्रयास समिती ले गरे ता पनि उपभोक्ता सदस्यहरु मन्जुर नभएका कारण सो वडा का वडाध्यक्ष बबिन राइ को पहलमा श्री सुक बहादुर लावती को संयोजकत्व मा ११ सदसिय भेला आयोजक समिती गठन गरी दुबै पुर्व अध्यक्ष हरु बाट रकम असुल उपर गरेर आम उपभोक्ता हरु को उपस्थिती गराइ नयाँ कार्यसमिती चयन गर्दै नवगठित समिती र भेला आयोजक समिती बिच बाराबुजारत को कागज गरिने जानकारी प्राप्त भएको छ ।
अब मोबाईलबाटै बसको टिकट काट्न सकिने

अब मोबाईलबाटै बसको टिकट काट्न सकिने

चुलाचुली /झापामा पनि बस यात्राका लागि अनलाइन टिकट काट्न सुरु गरिएको छ । झापाका तीन युवा मिलर बस यात्राका लागि अनलाइनट टिकट स्टिम सुरु गरेका हुन् ।सजिलो बस यात्रा नामक वयेव साइडबाट झापाबाट विभिन्न जिल्लाको यात्राका लागि बसको टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । जसको सञ्चालक शिवसताक्षीका हेमन्त नेपाल, दमकका विनोद उप्रेती र भेषराज न्यौपानेले रहेका छन् । सञ्चालक हेमन्न नेपालका अनुसार हाल झापाबाट काठमाडौ जानका लागि अनलाइन टिकट बुकिङ्ग गर्न सुरु गरिएको बताए । उनका अनुसार केही समयपछि झापाबाट अन्य स्थानमा जानका लागि पनि बुकिङ्ग खुल्ला गरिने छ । अनलाइन टिकट बुक गर्दा विचौलियामा परेर बढी भाडा तिर्नु पर्ने बाध्यता हट्ने,आफ्नो मोबाइलबाटै टिकट बुकिङ्ग गर्न सकिने भएकाले पनि यो प्रभावकारी हुने नेपालको भनाई छ । सजिलो बस यात्रा नेपालकै पुर्ण अटोमेटिक अनलाईन बस टिकेटिङ्ग प्लेटफर्म हो जसको मद्दतबाट हामी सबैले घरै बसि बसि बसको टिकट काटेर आरामदायी यात्रा गर्न सकिने सञ्चालक नेपालले बताए । नेपाल सरकार आफैँले लामो दुरिको बस सेवालाई अनलाईन बनाउनुपर्छ भनिरहँदा २०७९ असोज १ गतेबाट नै सजिलो बस यात्राको औपचारिक सुभारम्भ भएको छ । सजिलो बस यात्राको सेवा लिनका निम्ति मोबाइलको गुगल प्लेस्टोरमा गएर सजिलो बस यात्रा एपलाई डाउन्लोड गर्नु पर्नेछ अथवा सजिलो बस यात्राको वेबसाइट https://sajilobusyatra.com/ गएर समेत यसको सुबिधा लिन सकिने बताइएको छ ।
चुलाचुली गाउपालिका द्वारा खेलाडीहरु को बिदाई

चुलाचुली गाउपालिका द्वारा खेलाडीहरु को बिदाई

चुलाचुली /
आगामी असोज २८ देखी कार्तिक ३ गते सम्म पोखरा मा आयोजना हुने नवौ रास्ट्रीय खेलकुद प्रतियोगिता का लागी प्रदेश स्तरिय छनौट प्रतियोगिता मा सहभागी हुने रग्बी खेल का खेलाडीहरु लाई चुलचुली गाउपालिका ले जित को शुभकामना सहित बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । हिजो असोज २ गते चुलाचुली गाउ पालिका को सभाहल मा आयोजित रग्बी खेलाडी हरु को बिधाइ कार्यक्रम का प्रमुख अतिथी इलाम क्षेत्र नं २ ख का प्रदेश सांसद धिरेन्द्र शर्मा रमण र चुलाचुली गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ ले संयुक्त रुप मा खेलाडी हरु लाई खादा तथा अबिर लगाएर बिदाइ गर्नु भएको हो । चुलाचुली गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत डिल्ली राम सुबेदी , पशु शाखा प्रमुख महेश राइ , सिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख राम प्र मिश्र लगायत को उपस्थिती रहेको उक्त बिदाइ कार्यक्रम मा रग्बी खेल लाई इलाम मा प्रवेश गराउदा र जिला स्तरिय छनौट प्रतियोगिता सम्पन्न गराएर प्रदेश स्तरिय छनौट प्रतियोगिता लाई खेलाडी हरु तयार पार्दा सम्म को अनुभब रग्बी संघ इलाम का अध्यक्ष तथ रग्बी खेल का कोच गंगा प्र फियाक ले सुनाउनु भयो । त्यस्तै कार्यक्रम मा बोल्दै चुलाचुली गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ ले खेलाडी हरु को ब्यवस्थापन गर्न पालिका को तर्फ बाट रग्बी खेल्कुद संघ चुलाचुली लाई नगद रु २० हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । असोज ६ गते र ७ गते बिराटनगर मा हुने प्रदेश स्त रिय रग्बी खेल को छनौट प्रतियोगिता मा इलाम बाट पुरुष र महिला का दुबै टिम सहभागी हुने रग्बी खेल इलाम का टिम मेनेजर धन बहादुर देवान ले जानकारी दिनु भयो । वहाँ का अनुसार प्रदेश स्तरिय छनौट प्रतियोगिता मा पुरुष खेलाडी हरु मा ओसन राई, मनिस दिमाङ, देउकुमार दास, खगेन्द्र खपाङी, प्रबिन चौहान, बिकास राई, मिराज विश्वकर्मा, सावनदावा राई, सुनम राई, निराजन राई र बैकल्पिक छनौटमा निरोज राइ रहेका छन् ।त्यसै गरी महैला तर्फ का खेलाडी हरु मा अनिता कम्मर, सुफिया केरुङ, सुजा राई, मनिका लिम्बू, बुद्द राई, सिमा गिरि, बिडिसा राई, अनुसा बिक लाम्घादे, सङिता राई, देउकी तामाङ र बैकल्पिक छनौटमा मनिसा राई रहेकी छिन् ।
मंगोल नेसनल अर्गनाइजेसन ले टुङ्गो लगायो इलाम का उम्मेद्वार हरु

मंगोल नेसनल अर्गनाइजेसन ले टुङ्गो लगायो इलाम का उम्मेद्वार हरु

आगामी मंसिर ४ मा हुने प्रती निधी सभा सदस्य तथा प्रदेश सभा सदस्य को निर्वाचन का लागी मंगोल नेसनल अर्गनाइजेसन ले इलाम जिल्ला का २ प्रती निधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र मा सहभागी हुने उम्मेद्वार हरु को टुङ्गो लगाएको छ गत भदौ १५ गते इलाम सदरमुकाम इलाम बजारमा रहेको जिल्ला सभाको कार्यलयमा बसेको नियमित जिल्ला बैठकले प्रतिनिधि सभा क्षेत्र नं. १ बाट बुद्ध लाल मेचे को नाम सर्व सम्मत पारित गरिएको इलामका अध्यक्ष गङ्गाराज तामाङले बताउनु भयो । तामाङका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ बाट मणि पापो लिम्बूले उम्मेद्बारी दिनु हुने भएको छ भने क्षेत्र नं.- १ को प्रदेश सभा सदस्यमा( क ) बाट केन्द्रिय सदस्य रेणुका ह्यल्मो र (ख) बाट अर्का केन्द्रीय सदस्य राजन चाम्लिङले उम्मेद्बारी दिनु हुनेछ । त्यस्तै क्षेत्र नं.- २ प्रदेश सभा (क) सुर्य बहादुर तामाङ र(ख) जितबहादुर ओजि ले उम्मेद्बारी दिनु हुने छ । इलाम जिल्ला मंगोल नेशनल अर्गनाइजेशनको पकट जिल्ला हरु मध्य एक जिल्ला हो । संगठनका सस्थापक महामानव युग पुरुष ड गोपाल गुरुङले यहि जिल्ला बाट मंगोल राष्ट्र बादको थालनी गर्नु भएको थियो । संगठनलाई निर्बाचन आयोगले दर्ता नदिदा उहा इलाम बाटै स्वतन्त्र उमेदवार बनेर चुनाबमा सहभागी हुने गर्नु भएको थियो भने २०६४ सालमा संगठनले दर्ता पाए पछि भएको पहिलो संविधान सभाको निर्बाचन क्षेत्र ३ बाट संगठनको तर्फ बाट उम्मेद्बारी दिनु भएको थियो । अहिले इलाममा २ वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र बनाइएको छ । जिल्ला सभा इलामका अध्यक्ष गंगराज योन्जन तामाङको अध्यक्षता र संगठनका केन्द्रिय प्रचार सचिब मणि पापो लिम्बुको प्रमुख आतिथ्यता र केन्द्रीय अनुशासन सभा संयोजक गणेश चाम्लिङको बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनमा के कस्तो रणनीति बनाएर जाने भन्ने बारेमा व्यापक छलफल भएको थियो । बैठकमा १ न प्रान्तीय सभाका सदस्य लासिमहाङ लिम्बुको पनि उपस्तिथि रहेको थियो ।मङोल खबर बाट साभार
माङ्गसेबुङ मा ८ जना उम्मेद्वार हरु को जमानत जफत , २ जना निर्विरोध निर्वाचित

माङ्गसेबुङ मा ८ जना उम्मेद्वार हरु को जमानत जफत , २ जना निर्विरोध निर्वाचित

गत बैसाख ३० गते सम्पन्न स्थानिय तह को निर्वाचन मा इलाम जिल्ला को माङ्गसेबुङ गाउ पालिका मा २ जना जना उम्मेद्वार हरु निर्बिरोध निर्वाचित भएका छन भनें ८ जना उम्मेद्वार हरु को जमानत जफत भएको छ । माङ्गसेबुङ गाउ पालिका मा रहेका ६ वटा वडा का ७५ जना उम्मेद्वार हरु मध्य वडा नं ५ कि ४७ बर्षिय महिला सदस्य तिलरुपा सवेहाङ्ग र वडा न ६ कि ५१ बर्षिय दलित महिला सदस्य धन कुमारी बि. क. निर्विरोध निर्वाचित हुनु भएको छ भनें नेकपा एकिकृत समाजवादी पार्टी का ५ जना, रा. प्र. पा. का १ जना, मंगोल नेसलन अर्गनाइजेसन का १ जना र स्वतन्त्र १ जना गरी जम्मा ८ जना उम्मेद्वार हरु को थ्रेस होल्ड मत प्राप्त नभएका कारण जमानत जफत भएको छ । गाउ पालिका अध्यक्ष मा नेकपा एमालेका हेमन्त राइ ५१.११% मत (३८१८ मत) सहित बिजयि हुनु भएको छ भनें नेपाली कांग्रेस का उम्मेद्वार डिकेन्द्र इदिङ्गो ४७.७0% मत (३४९५ मत) प्राप्त गरी पराजित हुनु भएको छ भनें अर्का अध्यक्ष का प्रत्यासी मंगोल नेसनल अर्गनाइजेशन का प्रेम राज गुरुङ को 0.१९% मत ( १४ मत) प्राप्त गर्दा वहाँ को भने जमानत जफत हुन पुगेको छ । माङ्गसेबुङ गाउ पालिका मा अध्यक्ष पद का मा जम्मा ७३२७ सदर मत खसेको हो । बजयी राई गत २०७४ को को स्थानिय निर्वाचन मा ३१८१ मत ल्याएर पराजित हुनु भएको थियो भनें नेपाली कांग्रेस का डिकेन्द्र इदिङ्गो ३७५९ मत ल्याएर बिजायि हुनु भएको थियो ।गाउ पालिका उपाध्यक्ष पद मा जनता समाजवादी पार्टी का बिनोद कुमार ने म्वाङ्ग ५५.0४% मत (३७२९ मत) प्राप्त गरी बिजयि हुनु भएको छ भनें नेकपा एमाले कि सुनिता सुब्बा ४४.९६% मत (३०४६ मत) प्राप्त गरी पराजित हुनु भएको छ ।माङ्गसेबुङ गाउ पालिका को उपाध्यक्ष पद मा जम्मा ६७७५ सदर मत खसेको हो । पराजित एमालेकी उम्मेद्वार सुब्बा गत ७४ को स्थानिय निर्वाचन मा सोही पार्टी बाट उपाध्यक्ष मा ३0८९ मत ल्याएर बिजयि बन्नु भएको थियो ।क्त गाउ पालिका मा रहेका ६ वटा वडा को वडाध्यक्ष पद का लागी १५ जना उम्मेद्वार हरु को उम्मेद्वारी रहेको मा नेकपा एकिकृत समाजवादी पार्टी को ३ नं. वडा वडाध्यक्ष का प्रत्यासी देवाहाङ्ग राइ को ४.९३% मत (७४ मत) प्राप्त भएर जमानत गुमेको छ भनें ५ नं. वडा को वडाध्यक्ष नरेन्द्र कुमार राइ को सबै भन्दा धेरै ७८.५९% मत (८३७ मत) प्राप्त भएको छ ।११ जना को उम्मेद्वारी रहेको दलित महिला सदस्य पद मा वडा नं ५ मा नेपाली काँग्रेस कि उम्मेद्वार अमृता बि. क. को सबै भन्दा थोरै १७.0२% मत (१७७ मत) प्राप्त भएको छ भनें सबै भन्दा धेरै वडा नं ५ कै रास्ट्रीय जनमुक्ती पार्टी कि गंगा माय बि. क. को ८२.९५% मत (८६३ मत) प्राप्त भएको हो ,उक्त पद मा सबै भन्दा कम उमेर कि २४ वर्षिय रास्ट्रीय जनमुक्ती पार्टी कि गंगा माय बि. क. बिजायि हुनु भएको छ भनें सबै भन्दा धेरै उमेर कि ५१ बर्षिय धन कुमारी बिक ६ नं वडा मा नेकपा एमाले को तर्फ बाट बिजायि हुनु भएको छ र उनि उक्त पद मा निर्बिरोध निर्वाचित भएकी हुन ।त्यसै गरी १२ जना को उम्मेद्वारी रहेको महिला सदस्य पद मा वडा नं ५ कि रास्ट्रीय जनमुक्ती पार्टी कि तिलरुपा सवेहाङ्ग निर्बिरोध निर्वाचित हुनु भएको छ भने नेकपा एकिकृत समाजवादी को तर्फ बाट उम्मेद्वार बनेकी संगिता राइ को ७.५0% मत (९१ मत) प्राप्त गर्दा वहाँँ को जमानत जफत भएको छ ।त्यसै गरी वडा सदस्य पद का लागी ३0 जना को उम्मेद्वारी रहेको थियो भनें थ्रेस होल्ड मत प्राप्त गर्न नसक्दा ५ जना को जमानत जफत भएको छ । जमानत गुम्ने हरु मा नेकपा एस का तर्फ बाट २ नं वडा सदस्य तान्छोहाङ लावती , २ नं कै रा प्र पा का नारायण प्रसाद काफ्ले , नेकपा एस का ३ नं वडा सदस्य मन बहादुर लिम्बु र दोर्ण राज लिम्बु र ५ न वडा का स्वतन्त्र उम्मेद्वार आइत योङहाङ रहनु भएको छ ।इलाम टाइम्स बाट साभार
चुलाचुली गाउ पालिका मा  १२ जना वडाध्यक्ष हरु को जमानत जफत

चुलाचुली गाउ पालिका मा १२ जना वडाध्यक्ष हरु को जमानत जफत

गत बैसाख ३० गते सम्पन्न स्थानिय निकाय को निर्वाचन मा इलाम जिल्ला को चुलाचुली गाउ पालिका अन्तर्गत रहेका बिभिन्न ६ वटा वडा मा वडाध्यक्ष पद का लागी उम्मेद्वारी दिने १२ जना उम्मेद्वार हरु को जमानत जफत भएको छ । चुलाचुली गाउ पालिका मा रहेका ६ वटा वडा का लागी ३२ जना उम्मेद्वार हरु ले वडाध्यक्ष पद मा उम्मेद्वारी दिइएका थिए जसमा १२ जना ले कुल खसेको सदर मत को १० प्रतिशत मत ल्याउन नसकेर आफ्नो जमानत गुमाउन पुगेका छन । चुलाचुली को वडा न १ मा संघिय लोकतान्त्रीक रास्ट्रीय मन्च का पुर्ण लावती ले २९.७७ प्रतिशत (७५३ मत) ल्याएर बिजयि हुनु भयो भने वडा न. २ मा मंगोल नेसनल अर्गनाइजेसन का जित बहादुर ओजि लिम्बु ले १.०३ प्रतिशत (२२ मत) र वडाध्यक्ष का स्वतन्त्र उम्मेद्वार भिम बहादुर श्रेस्ट ले २.६३ प्रतिशत (५६ मत) ल्याएर आफ्नो जमानत गुमाउनु भएको छ । त्यसै गरी चुलाचुली ३ न. वडा मा जनता समाज वादी पार्टी का मिलन राइ , नेकपा एस का राजकुमार राइ र जनमुक्ती पार्टी का राजेन्द्र प्रसाद सिगु लिम्बु ले क्रमश २.८० प्रतिसत (६६ मत), ७.१८ प्रतिशत (१६९ मत) , २.९७ प्रतिशत (७० मत) ल्याएर आ- आफ्नो जमानत गुमाउनु भएको छ भनें नेपाली काँग्रेस का प्रेम बहादुर श्रेस्ट ले ४६.७० प्रतिशत (१०९८ मत) प्राप्त गरेर बिजय हुनु भएको हो । चुलाचुली ४ नं वडा मा नेपाली काँग्रेस का सागर जबेगु ले ४९.११ प्रतिशत (८२९ मत) प्राप्त गरेर बिजयि बन्नु भयो त्यसै गरी नेकपा एमाले का कुमार साम्पाङ्ग राइ ले ४२.४१ प्रतिशत (७१६ मत) प्राप्त गर्नु भएको हो भने अन्य ४ दल जसपा,मंगोल नेसनल अर्गनाइजेस,नेकपा माओबादी केन्द्र र लिम्बुवान का उम्मेद्वार हरु ले थ्रेस होल्ड १० प्रतिसत मत ल्याउन नसकेर जमानत गुमाएका छन । त्यस्तै चुलाचुली ५ नं वडा मा पनि ३ जना वडाध्यक्ष पद का उम्मेद्वार हरु को जमानत जफत भएको छ । जफत हुने हरु मा स्वतन्त्र का डम्मर सिं चौहान ०.९३ प्रतिसत (१५ मत),जसपा कि दिलु राइ १.१२ प्रतिशत (१८ मत) र संघिय लोकतान्त्रीक रास्ट्रीय मन्च का दुर्गा सिं लिम्बु १.७५ प्रतिशत (२८ मत) हुनुहुन्छ । उक्त वडा मा नेपाली काँग्रेस का बबिन राइ ले ४४ प्रतिशत (७०४ मत) प्राप्त गरी बिजयि बन्नु भएको हो । चुलाचुली ६ नं वडा मा नेपाली काँग्रेश का दिल बहादुर राइ ले ५०.६२ प्रतिसत (८८९ मत) ल्याएर बिजयि बन्नु भएको छ भने जनता समाजवादी पार्टी का अस्बिन फियाक को ३.७५ प्रतिशत (६४ मत) मात्रै प्राप्त भएर जमानत जफत भएको छ ।
चुलाचुली गाउ कार्यपालिका मा नेपाली काँग्रेस को बहुमत

चुलाचुली गाउ कार्यपालिका मा नेपाली काँग्रेस को बहुमत

गत जेठ ३० गते सम्पन्न स्थानिय तह को निर्वाचन मार्फत स्थानिय जनप्रतीनिधि हरु छानिए संगै स्थानिय सरकार संचालन ऐन मा ब्यवस्था भए अनुसार को कार्यपालिका सदस्य निर्वाचन प्रकृया अन्तर्गत आज चुलाचुली गाउ कार्य पालिका का ६ जना सदस्य हरु को टुङ्गो लागेको छ । चुलाचुली गाउ कार्यपालिका महिला, दलित वा अल्पसंख्यक पद मा निर्वाचित ६ जना कार्यपालिका सदस्य हरु लाई आज गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ्ग ले सफथ ग्रहण गराउनु भएको हो । नव निर्वाचित महिला सदस्य हरु मा दिल माया राइ , कमला बि क पदमा कुरुङ्गफुङ्ग र गंगा सुवेदी हुनुहुन्छ , त्यसै गरी दलित वा अल्पसंख्यक पद मा नेपाली कांग्र्स बाट मनोनित नरेन्द्र कुमार राइ वान्तवा र बिशु कुलुङ रहनु भएको छ ।आज को सफथ ग्रहण पस्चात चुलाचुली गाउ कार्य पालिका मा रहने १४ जना सदस्य हरु मा १२ जना नेपाली काँग्रेस पार्टी का रहेका छन भने अन्य २ जना नेकपा एमाले र संघिय लोकतान्तृक रास्टृय मंच का रहेका छन । यो संगै चुलाचुली गाउ कार्यपालिका का योजना हरु नेपाली कांग्रेस ले सोझै दुइ तिहाइ बहुमत ले पास गराउन सक्ने भएको छ । अघिल्लो कार्यपालिका को सदस्य मा नेपाली कांग्रेस को तर्फ बाट १ जना मात्रै रहनु भएको थियो । हाल चुलाचुली गाउ सभा मा नेकपा एमाले का तर्फ बाट ५ जना , संघिय लोकन्तान्तृक मंच का तर्फ बाट ५ जना र नेपाली काँग्रेस का तर्फ बाट २२ जना सदस्य हरु निर्वाचित हुनु भएको छ । फोटो साभार - सरोज दंगाल को फेसबुक बाट