झापाको शिवसताक्षी ११ स्थित गोलोक
गोवद्र्धन गौशालाको गाईबस्तुमा खोरेत रोगको संक्रमण देखिएको छ । धाम
परिसरमा स्थापित सो गौशालाका करिव २८ वटा गाईबस्तुमा खोरेत रोगको संक्रमण
देखिएको हो ।गौशालामा ३ सय ५६ गाईगोरु छन् । धामसंगै जोडिएको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा चरनमा आउने बस्तीका चौपायाबाट गौशालाका गाइबस्तुमा खोरेत भित्रिएको हुन सक्ने गौशाला समितिले जनाएको छ । गौशालामा संरक्षित गाईगोरु पनि आयोजनाको जंगलमा चरनका लागि जाने गरेका कारण खोरेत सरेको हुन सक्ने गौशालाका प्रमुख आचार्य नन्दकिशोर भारद्धाजले वताए ।उनले केहिदिन यता गौशालाको गाईको थुन र फाँचोमा पनि घाउ आउन सक्ने, थुनेलो समेत हुदैआएको बताएका छन् । गत वर्षपनि खोरेत रोगको संक्रमण गौशालामा भित्रिएको थियो । यसपटक भने साता दिन यता २८ गाईगोरुमा खोरेत रोग देखापरेको छ ।
गौशालामा नेपालका बिभिन्न जातका गाई छन् । यस्तै भारतका पनि विभिन्न प्रान्तका गाईगोरु ल्याएर नश्ल सुधार समेत भईरहेको छ । नेपालबाट भारत निकासाका लागि अबैध रुपले लगिएका गाईलाई प्रहरीले नियन्त्रणमा लिएर पालनका लागि गौशालामा संरक्षित गरिआएका छन् । त्यसरी प्रहरीले समातेका मात्र गौशालामा ८० भन्दा बढी गाई रहेका छन् ।
खोरेत रोगको संक्रमण गौशालामा फैलिएको बारे नगरको पशु सेवा शाखालाई भने जानकारी नभएको पशु स्वास्थ्य शाखाका अधिकृत राम अवतार यादवले बताए । प्रत्येक छ ,छ महिनामा लगाउनु पर्ने एफएमडी नामक भ्याक्सिन कोरोना भाइरस त्रासका कारण लगाउन ढिला भएकाले त्यस्तो संक्रमण देखिएको हुन सक्ने उनले वताए । उनले आज बिहान पशु प्राविधिकको टोली गौशाला पुगेर खोरेतको संक्रमणले बिरामी परेका गाईगोरुलाई अलग—अलग क्वारेन्टाइनमा राख्नुका साथै संक्रमित पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाईएको बताए । गौशालामा खोरेतको संक्रमण फैलिएसंगै बस्तीका चौपाया पनि त्यस्तो संक्रमण भएको हुन सक्ने उनले वताए ।
0 comments: