चुलाचुली नक आउट फुटबल प्रतियोगिता को उपाधि चुलाचुली ४ लाइ

चुलाचुली स्पोर्टीङ्ग क्लब ले संचालन गरेको खुल्ला नकआउट फुटबल प्रतियोगिता आज चुलाचुली ४ को फुटबल टिम ले बिजेता को ट्रफी उचाल्दै समापन भएको छ।
जम्मा १२ टीम को सहभागिता मा चैत्र २५ गते देखि संचालन भएको यो प्रतियोगिता  आज चुलाचुली ४  र चुलाचुली १ को फुटबल टीमहरु बीच भएको खेल मा ४ नम्बर वडा ले १ नम्बर वडा लाइ २ - ० गोलको अन्तर ले पराजित गरि प्रतियोगिता को बिजयी टीम बनेको छ।  फाइनल टिम को बिजेता वडा नम्बर  ४ ले भाङ्गबारि फुटबल टीम र चुलाचुली ३ नम्बर वडा लाइ पराजित गर्दै फाइनल यो यात्रा तय गरेको थियो भने उपविजेता चुलाचुली १ नम्बर वडा ले आयोजक चुलाचुली स्पोर्टिंग क्लब र रोयल स्पोर्टिंग क्लब लाइ पराजित गर्दै फाइनल मा पुगको थियो। चुलाचुली ३ नम्बर वडा को नर्सरी खेल मैदान मा संचालित यो प्रतियोगिता को उदघाटन चैत्र २५ गते वडा प्रमुख नरेन्द्र लावाती ले गर्नु भएको थियो भने समापन  गाउपालिका  प्रमुख प्रदिप चन्द्र राइ ले आज गर्नु भएको हो।  चुलाचुली वडा नम्बर ३  वडा कार्यालय  ले  प्रथम पुरस्कार नगद रु २५००० को  प्रायोजन गरेको  यो प्रतियोगिता मा दोस्रो पुरस्कार  नगद रु १५००० दमक १ निवासी आइन्द्र लिम्बु ले गर्नु भएको थियो भने संघीय समाजबादी फोरम लिम्बुवान समिति चुलाचुली इकाई ले  रु १८००० नगद सहयोग गरेको थियो त्यसै गरि आइन्द्र केरुङ्ग चुलाचुली ३  ले  हाइ स्कोरर ट्रफी प्रायोजन गर्नु भएको  हो।  अन्य सहयोग  दाता हरु मा कैलास राइ, भिम प्रसाद राइ , दिनेश राइ , दिपेन हाङ्गपाङ्ग , राजकुमार केरुङ्ग , इन्द्र कुमार केरुङ्ग ,मणी कुमार केरुङ्ग , दिपेस पालुङ्गवा ,सुबास केरुङ्ग , राम कुमार साउदेन , चुलाचुली इङ्गलिश बोर्डीङ्ग स्कुल चुलाचुली ४ , श्री अन्ति एकेडेमी चुलाचुली ३, राजेन्द्र केरुङ्ग , उपेन्द्र राइ , बिष्णु सिगु , रहेका छन साथै चन्द्र थाम्सुहाङ्ग ले  एक  जोडी फलामे गोल पोस्ट र  धन बा देवान ले कार्यक्रम मा आवस्यक खानेपानि को प्रवन्ध गरि सहयोग गर्नु भएको थियो।
कार्यक्रम मा चुलाचुली गा पा का  सिक्षा  तथा खेलकुद साखा  प्रमुख राम कुमार राइ ले आगामी बैसाख १५ गते देखि हुने चुलाचुली गोल्ड कप  खेल्न का  लागि खेलाडी हरु लाइ यो प्रतियोगिता अवसर को खुडकिलो भएको बताउनु भयो यसै गरि अर्का बक्ता स स फो लिम्बुवान समिति का  प्रेमदिप थाम्सुहाङ्ग ले स्वास्थ्य का लागि खेलकुद जरुरि छ र बिस्व मा राजनीतिज्ञ   कलाकार  लगायत का भन्दा फुटबलर हरु नामी र अधिक आम्दानि गर्ने  व्यक्ति भएको ले फुटबल बिस्व जगत मा खेल्नै  पर्ने र राज्य ले पनि यो खेल लाइ विकास र उन्नति तर्फ लैजानु पर्ने बताउनु भयो।  एक हप्ते यो फुटबल प्रतियोगिता संचालन गर्न चुलाचुली स्पोर्टिंग क्लब ले पन्च आङदेम्बे लाइ संयोजक  तथा राजेन्द्र सिगु लाइ सचिब को जिम्मेवारी दिएको थियो त्यसै गरि फाइनल  खेल संचालन गर्न रिफ्री को जिम्मेवारी सनम राइ तथा  लाइन्स  मेन मिलन राइ र अनिस लिम्बु द्वय लाइ दिएको थियो।  कार्यक्रम को बिभिद जानकारी आम दर्सकदिर्घा मा पुर्याउनको लागि जित बा सावा ले कार्यक्रम को उदघोसण गरेर  खेल अवधि भरि सहयोग गर्नु  भयो।
सामाग्री संकलन - देवेन्द्र पौडेल



  

सेयर गर्नुस्

0 comments: