संचारकर्मी माथि आक्रमण गर्ने ३ जना पक्राउ ,घटनाको बिभिन्न संघ संस्थाद्धारा निन्दा


इलामको चियावारी एफ.एम.मा कार्यरत दुई संचारकर्मी माथि कुटपीट लुटपाट गर्नेजनालाई प्रहरीले बिहिबार पक्राउ गरेको पक्राउ पर्नेमा इलाम नगरपालिकाका १९ बर्षीय रविन मगर , इलाम नगरपालिकाका २२ बर्षीय मनोज मगर एकतप्पा घर भएका १८ बर्षीय किशोर लिम्बु रहेका छन उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटीएको बिशेष टोलीले इलाम नगरपालिका १२ इन्टेकको जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए घटनामा सम्लग्न एक जना भाग्न सफल भएको प्रहरीले जनाएको
चियाबारी एफ.एम.का बजार व्यवस्थापक कृष्ण पाठक प्राविधिक प्रकाश न्यौपानेलाई बुधबार राती रेडियाबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कुल छेउमा एक समुहले लुटापाट कुटपीट गरेको थियो  कुटपीट गर्दै उक्त समुहले ब्यावस्थापक पाठक संग रहेको नगद ४५ हजार, एक थान मोवाइल लुटेको थियो त्यस्तै प्रविधिक न्यौपाने संग रहेको सुनको सिक्री समेत उक्त समुहले लुटेको आक्रमण भए पछि न्यौपाने भाग्न सफल भए पनि पाठकलाई मरणासन्न हुने गरी कुटपीट गरीएको कुटपीटबाट पाठकको दाहिने हात , टाउको खुट्टामा गम्भीर चोट लागेको । पाठकको झापाको बिर्तासीटी अस्पताल उपचार भैरहेको उनको अवस्था गम्भीर रहेको घटना पछि कृष्णका बुबा नारदमणी पाठकले आक्रमणकारी रविन मगर सहितको समुहलाई कारवाही, पीडिको उपचार लगायतका माग राखी जिल्ला प्रहरी कार्यालमा किटानी जाहेरी दिएका छन् चियाबारी एफ.एम.ले एक बिज्ञप्ती निकाल्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाहि गर्न प्रहरी प्रशासन समक्ष माग गरेको । रेडियोका स्टेशन म्यानेजर प्रेम अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा कुटपिट लुटपाटको घटना पछि रेडियोमा काम गर्ने संचारकर्मीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण समेत खलबलीएको जनाईएको



सेयर गर्नुस्

0 comments: