इलामको दक्षिणी भेगका रहेको चुलाचुली गाउँपालिकालाई ‘इलामले नदेखेको झापाले हेपेको’ गाउँ भनिन्छ । यही गाउँपालिका को वडा नं. पाँच आँपखोल्सीमा रहेका धारामा प्रायजसो पानी भर्नेको भीड हुने गर्छ ।करिव पाँच सय घरधुरी रहेको सो क्षेत्रको बासिन्दाले प्यास मेट्ने त्यहीं धाराबाट पानी ओसार्नु पर्ने बाध्यता रहेको छ ।गाउँभरीका मानिस पानी भर्न आउँदा धारामा मेला झैं भीड लाग्ने गरेको स्थानीय शिवलाल प्याकुरेलले बताए । ‘बिहान झिसमिसे नहुँदै पानी थाप्ने आइपुग्छन,’ धारा छेउमा घर भएका उनले भने, ‘बेलुका रातिसम्म पानी थाप्नेको लाइन त्यस्तै हुन्छ । सुत्ने समयमा मात्रै धारा खाली हुन्छ ।’
आँपखोल्सी धारामा पानी थाप्न बुकुवा गाउँ, धिमालटार, पोखरी टोलका मानिसहरू आउँछन्। एउटा धारामा गाउँभरीका बासिन्दाले पानी भर्नुपर्ने भएकाले दुई घण्टासम्म लाइन बस्नु बाध्यता रहेको स्थानीयवासी गुनासो पोख्छन् । यसरी घण्टौं लाइनमा बसेर भरेको पानी घरसम्म पुर्याउन पनि सास्ती छ ।
धाराबाट घरसम्म पुग्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बताउँछन् शिवलाल । ‘साइकल चलाउन जान्नेले आधा घण्टामा पानी पुर्या – उछन,’ उनले भने, ‘पैदल हिँडेनेलाई त एक घण्टाभन्दा बढी लाग्छ ।’
धाराबाट घरसम्म पुग्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बताउँछन् शिवलाल । ‘साइकल चलाउन जान्नेले आधा घण्टामा पानी पुर्या – उछन,’ उनले भने, ‘पैदल हिँडेनेलाई त एक घण्टाभन्दा बढी लाग्छ ।’
चुलाचुली–४ आइतबारे बजारमा पनि पानीको उस्तै दुःख छ । बजारमा रहेका ६० घरका लागि एउटा मात्रै सार्वजनिक धारो छ । यत्तिका परिवारका लागि बनाइएको धारामा पनि मज्जाले पानी आउँदैन। धारामा बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र पानी आउँछ, त्यो पनि तिरतिरे मात्रै । थोरै मात्रै पानी आउने भएकाले एक घरले ५० लिटरभन्दा बढी भर्न नपाउने स्थानीयले नियम बनाएका छन् । दुई दिनमा मात्र एक पटक पानी थाप्ने पालो आउँछ । त्यो पानीले दुई दिन पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय विष्णु गजमेरले सुनाइन् । ‘त्यति पानीले दुई दिन पुर्याउनुपर्छ’ गजमेरले भनिन, ‘त्यतिले पुगेन भने झापाको सीमानामा पुगेर ल्याउनु पर्छ ।’स्थानीयका अनुसार थप पानी चाहिएमा साइकलमा १५ मिनेट जति लाग्ने अर्को धारोमा पानी थाप्न जानु पर्छ । त्यहाँ पानी नभए रित्तै फर्कनु पर्छ । पानीको दुःख भोगिरहेका आइतबारे बजारका बासिन्दाले बाटुवाले एक गिलास पानी मागे मुटु मिचेर मात्रै दिन्छन् । ‘पानी माग्नेलाई कसरी छैन भन्नु’ गजमेरले भनिन, ‘नजिकै विद्यालय छ, नानीहरू तिर्खाएर आए भने पनि दिन सकिँदैन ।’
एक वर्षअघि जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिले साविकको चुलाचुली गाविस वडा नं. ६,
७ र ८ वडाका बासिन्दालाई पानी उपलव्ध गराउन डिप बोरिङ निर्माण गर्ने भनिएको थियो । उक्त योजनाका लागि जमिन निःशुल्क व्यवस्था गरिए पनि कामले गति लिन नसकेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष सेतुप्रकाश राईले बताए । वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका त्यहाँका बासिन्दाको समस्या चाँडै समाधान हुने वडा नं. ४ का वडा अध्यक्ष कालिदास भट्टराईले प्रतिवद्धता गरे । उनले भने, ‘खानेपानी अभाव भोगेको चुलाचुलीवासीको समस्या दुई वर्ष्भित्र समस्याको समाधान हुन्छ ।’
0 comments: