इलामबासीको चाहना


आफू प्रधानमन्त्री हँुदा आफ्नो गृहजिल्लालाई विशेष दृष्टिले हेरिने गरेको कुरा नेपालका लागि नौलो होइन सुर्यबहादुरले धनकुटा बनाए, पद्मसुन्दर लावतीले पाँचथर बनाए भन्ने उखान जस्तै प्रचलनमा छन् इलामबाट उच्च ओहदामा पुगेका धेरै नेता छन्
बिगतमा प्रधानमन्त्री पनि इलामले बनाएकै हो तर उक्त भनाइसँग इलामको कुरा त्यतिबेला मिलेन भन्ने स्थानीयस्तरमा गुनासो थियो ।या सर्वोच्च ब्यक्तिले नै राष्ट्रलाई गृह माने या उनीहरू इलामलाई अपनत्वको नजरले हेर्दैनन्
यति हँदाहुँदै पनि इलाम नगरपालिका (साविक इनपा )स्थित सुकिलुम्बामा विमानस्थलको शिलान्यास तत्कालीन प्रमबाट भयो इलामबासीहरू मनमनै विमानमा उडे दजनौँ नागरिकले इलाम नगरपालिकालाई थोर थोरै मुआब्जा लिएर आफ्नो जमिन पास गरिदिए बसोबास अन्यत्र सारे यो ०६६।०६७ को कुरा हुनुपर्छ
नगरपालिकाले २६६ रापनी जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नामसारी गरिदिएको पछि ३२५ रापनी जग्गा स्थानीय बासिन्दाले मुआब्जा लिएर नगरपालिकामार्पm प्राधिकरणलाई उपलब्ध गराएका छन् यसरी जग्गाको जोहो भइसकेपछि निर्माण शुरु भएको बिमानस्थलको काम भइरहेको , तर अत्यन्तै ढिलो भएको जस्तो देखिएको
विमानस्थको लागि पहिलो वर्ष एक करोड मात्र रकम निकासा भएको थियो त्यसैगरी हरेक वर्ष थोरै रकममात्र छुट्याएर थोरै काम मात्र गरिँदै आएको हुँदा बिमानस्थलको काम अत्यन्तै सुस्त गतिमा  चलिरहेको पाँचवटासम्म विमान पर्किङ गर्न सकिने आठसय मिटर लामो छसय मिटर चौडाइ भएको विमानस्थलको निर्माण के अब पक्कै निर्माण होला ? यस देशमा जनताले भनेर केही होला जस्तो देखिराखेको छैन संविधान निर्माणको लागि दुई दुई वटा निर्वाचन गरेर संविधानसभा बनाउनु पर्यो संविधान बनाउने बेलामा नेताबाहेकका सबै सभासदहरूले ब्यवस्थापिका संसदको भूमिका मात्र निर्वाह गरे प्रमूख चार दलका नेता मात्रको सहमति नहुँदा संविधान बनिसकेर पनि रोकियो पछिल्लो संविधानसभाले बनायो
देशको मूख्य पूर्ण अपेक्षित बिषय यसरी बरालिन्छ भने बजेट निर्माणसँग सम्बन्धित इलाम जिल्लाको महत्वको बिषय विमानस्थल कहिले बनिएला ? नेताहरू उनै छन् कतै सुदृष्टि पाइयोस् काम फत्ते होस् भन्ने इलामबासीको चाहना हो त्यो सँगसँगै अहिलेका निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र स्थानीय तहहरूमा सहजको यातायात, ब्यापारिक गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि ध्यान जाओस्


सेयर गर्नुस्

0 comments: