इलामको म र ब क्याम्पसमा स्नातकोत्तरको अध्यापन बन्द हुने


इलामको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको स्नातकोत्तर तहको कक्षा यस वर्षदेखि बन्द हुने भएको २०५९ सालदेखि निजी स्रोतबाट सञ्चालन भइरहेको स्नातकोत्तर कक्षामा सञ्चालन भइरहेका विषयहरूमा विद्यार्थी अपुग भएपछि बन्द गर्नुपर्ने अवस्था आएको हो
पटकपटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत हुँदै आएको मरब क्याम्पसमा स्नातकोत्तर तहको अध्यापन नहुने भएपछि स्थानीय विद्यार्थीहरू समस्यामा पर्ने भएका छन् स्थानीयस्तरमै स्नातकोत्तर अध्ययन गर्ने आशा राखेका विद्यार्थी निराश बनेका हुन् सानातिना पेशा भ्याएर घरमै बसेर घरको काम भ्याएर क्याम्पस जान मन गर्ने विद्यार्थीलाई समस्या परेको हो
मानविकी सङ्कायको नेपाली विषयबाट स्नातकोत्तर तहको अध्यापन शुरु भएको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा शैक्षिक वर्ष २०६५ देखि अन्य विषयहरू पनि थप गरिएको थियो
क्याम्पसमा मानविकी शिक्षा सङ्कायमा अध्ययन अध्यापन भइरहेको थियो ती सङ्कायमा चालु शैक्षिक वर्षका लागि प्रवेश परीक्षा भएकोमा जम्मा १९ जना विद्यार्थीमात्र सहभागी भएपछि स्नातकोत्तर अध्यापन सङ्कटमा परेको हो सो तहमा एउटा विषयमा कम्तिमा १० जना विद्यार्थी भएमा मात्र कक्षा सञ्चालन हुने क्याम्पसले जनाएको
अघिल्लो वर्ष शिक्षा सङ्कायको अङ्ग्रेजी विषयमा ६५ जना विद्यार्थी भर्ना भएका भएपनि यसवर्ष १० जनामात्र प्रवेश परीक्षामा सामेल भएका कारण ती सबै विद्यार्थीले भर्ना गर्ने निश्चित छैन
त्रिभुवन विश्वविद्यालयले यस पटकदेखि राजधानी बाहिर लागू गरेको सेमेस्टर प्रणालीका कारण विद्यार्थी घटेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले जानकारी दिए
स्नातक तहको नतिजाले पनि स्नातकोत्तर तहको भर्नामा प्रभाव पारेको पाइएको विद्यार्थीबाट नै शुल्क उठाएर सञ्चालन गरिँदै आएको स्नातकोत्तर कक्षा सञ्चालनका लागि विद्यार्थी कम हुँदा आर्थिक भार पर्ने हुन्छ त्यसैले पनि कक्षा सञ्चालन गर्न समस्या भएको हो
गएका वर्षहरूमा प्रतिविद्यार्थी १० हजार पाँच सय रुपैयाँका दरले विद्यार्थीबाट रकम असुल गरेर स्नातकोत्तर सञ्चालन गरिँदै आएको थियो हाल मरब क्याम्पसमा स्नातक तहमा मात्र १४ सय विद्यार्थी अध्ययनरत छन्


सेयर गर्नुस्

0 comments: