लिम्बुवान मुक्ति मोर्चाले बहुपहिचान स्वीकार गर्ने


आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त प्रदेशको वकालत गर्दै स्थापना भएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालले बहुपहिचानलाई स्वीकार गर्ने निर्णय गरेको
मोर्चाका केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङबोको अध्यक्षमा विराटनगरमा बसेको तेस्रो विस्तारित बैठकले परिवर्तित शक्ति सन्तुलनलाई ध्यानमा राखेर बहुपहिचानमा आधारित प्रदेश नामाङ्कनमा जाने निर्णय गरेको हो
बैठक पछि सोमवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मेन्याङबोले तत्कालकालागि बहुपहिचानको मान्यता स्वीकार गरिएको बताउँदै प्रदेश नामाङ्कनमा त्यसलाई समेटनु पर्ने प्रस्ताव अगाडी सारेको हो प्रदेश नम्वर को नामको विषयमा छलफल नभइरहेको सन्दर्भमा मोर्चाले बहुपहिचान झल्कने गरि किराँतलिम्बुवानकोच प्रदेश राख्नु पर्ने निर्णय गरेको मोर्चाले प्रदेशको नामको विषयमा वाम गठवन्धनमा औपचारिक प्रस्ताव लैजाने छलफल चलाउने जनाएको प्रदेशको नाम राख्दा प्राकृतिक नामको विकल्पमा पनि छलफल गर्न सकिने अध्यक्ष मेन्याङ्बोले जानकारी दिए
पूर्वका जिल्लामा लिम्बुहरुले शासन गरेको ऐतिहासिक तथ्यलाई दृष्टिगत गरेर लिम्बुवानको वकालत गर्दै आएको मोर्चाले बहुपहिचानलाई स्वीकार गरेपछि सरकारी कामकाजको भाषा भने सिरिजङ्गा लिपिमा लिम्बु भाषा नै हुनुपर्ने प्रस्ताव गरेको पत्रकार सम्मेलनमा उहाँले भनेनेपाली, अग्रेंजी लगायत सम्पर्क भाषामा कामकाज नहुने प्रश्नै छैन तर लिम्बु लगायत अन्य भाषाहरुको पनि सम्मान हुनु पर्छ भनेका हौं


सेयर गर्नुस्

0 comments: