इलाममा औलो रोगीका विरामी वर्षेनी घट्दै गइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार आर्थिक वर्ष
२०६३/०६४ मा ७२ जना औलो रोगीका बिरामी भेटीएकोमा गत आव २०७३/०७४ मा २ जना र चालु आव ०७४/०७५ को हालसम्ममा एक जना मात्र औलो रोगका बिरामी भेटिएका छन ।
सन् २००५
देखि किटनाशकयुक्त झुल वितरणसँगै प्रभावकारी रुपमा उपचार सेवा प्रदान गरिन थालिएपछि संक्रमित रोगीको संख्या घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुृपरभाइजर विमल बरालले बताए । झापासंग सिमाना जोडिएको चुलाचुली, महमाई, दानाबारी, बाँझो लगायत साविकका गाविस जोखिमयुक्त क्षेत्र मानिन्छ ।
यी क्षेत्रमा औलो नियन्त्रण कार्यक्रम अन्र्तरगत वर्षमा दुई पटक औलो विरुद्धको बिषादी स्प्रे गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जोखिमयुक्त साविकको चुलाचुली–८ मा ग्लोबल फन्डको सहयोगमा बर्षेनी एक हजार पाँच सय किटनाशक झुल वितरण हुँदै आएको छ ।
सो क्षेत्रमा गर्भवती महिला पहिलो पटक गर्भ जाँच गराउन आउँदा एक/एक थानको दरले जम्मा ५० थान र बाँकी एक घर परिवारमा दुई जना बराबर एक/एक थानको दरले झुल वितरण भइरहेको छ ।
सन् २०२५
सम्ममा औलोमुक्त नेपाल बनाउने सरकारको लक्ष्यलाई पुर्णता दिन इलाममा औलोमुक्त जिल्ला बनाउन विभिन्न किसिमका कार्यक्रमहरु अहिले पनि निरन्तर गरिरहेको बरालले बताए । सन् २०२०
सम्ममा रोगीको संख्या शुन्यमा पु¥याउने जिल्ला जनस्वास्थ्य कार्यलय इलामको लक्ष्य रहेको छ ।
0 comments: