वारेन्ट पुर्जीपछि विप्लवले केपीलाई दिए चुनौती- ‘हामी मर्न तयार छौं तर झुक्नेवाला छैनौं’


केपी ओलीको सरकार बनिसकेपछि प्रतिक्रान्ति खहरे जस्तो भएर बौलाएको गद्दारीको आहालमा सुगुर जस्तो डुबेको प्रचण्डको उक्साहटमा केपी सरकारले यो हर्कत गरेको हो
सबै नागरिक विशेषतः क्रान्तिमा सहभागी जनतालाई थाहा शान्ति प्रक्रिया शुरु भएपछि महान् जनयुद्धका विरुद्ध प्रतिक्रान्ति विभिन्न रुपरङ्गमा देखियो पार्टी भित्रको आत्मासमर्पणवादी, विसर्जनवादी गद्दारी पार्टी बाहिरको दलाल पुँजीवादी संसदवादी वेइमानहरुको गठजोडमा नेपाली जनतालाई पुँजीवादी दलाल संसदीय व्यवस्थाको गुलाम बनाउने प्रतिक्रान्तिकारी षडयन्त्र रचियो हामीले यो बुझिसकेपछि त्यसका विरुद्ध निर्मम संघर्ष सञ्चालन गर्दै प्रतिक्रान्तिकारी सोच क्रियाकलापलाई खारेज गरियो
हामीले २०६९ साल असारमा प्रचण्ड विरुद्ध विद्रोह गर्यौं संसदवादका सामु लत्रिन अस्वीकार गर्यौं यो विश्व कम्युनिस्ट आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी प्रभाव छोड्ने निर्णय थियो यो आत्मासमर्पणवाद विरुद्धको विद्रोह क्रान्ति थियो हामीले २०७२ सालको प्रतिक्रान्तिकारी संविधान संसदीय व्यवस्थाको पुनस्र्थापनालाई अस्वीकार गर्यौं त्यसका विरुद्ध जनगणतन्त्रको संविधान घोषणा गर्यौं साथै, जनप्रतिनिधि सभा जनपरिषद निर्माण गर्यौं त्यो संसदीय व्यवस्था प्रतिmक्रान्तिका विरुद्ध गरेको दोस्रो विद्रोह क्रान्ति थियो २०७४ सालमा संसदवादी दलालहरुले कथित स्थानीय केन्द्रीय संसदको चुनाव गरे हामीले त्यसलाई सम्पूर्ण रुपले खारेज गर्यौं
नेपालमा मर्न थालेको संसदीय व्यवस्थालाई पुनर्जीवित गर्ने षडयन्त्रलाई नाङ्गेझार पार्यौं त्यसका विरुद्ध विद्रोह ¥यौं एकखालको क्रान्ति गर्यौं चिहानघाटमा पुगेको संसदीय व्यवस्थालाई फर्काउन पाएको भ्रममा संसदवादी दलाल पुँजीवादी तत्वहरुले संसदीय व्यवस्थाको संविधान कार्यान्वयन भएको अब व्यवस्था स्थिर बन्ने राग अलापिरहेका छन् यो उनीहरुको फगत आत्मासन्तुष्टिको रोइ कराई मात्र हो
यहाँ क्रान्ति उठेको क्रान्ति सलबलाउँदै प्रतिक्रान्ति क्रान्ति आमनेसामने छन् प्रतिक्रान्तिकारी दमन क्रान्तिकारी विद्रोह चलिरहेको केपीको पागलपन यसैको उदाहरण हो प्रचण्ड केपी मिलेर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, छापा मार्ने, मुद्दा लगाउने, यतिसम्म की सर्वस्वहरणसम्म गर्ने धम्की दिइरहेका छन् उनको अदालतमा हाजिर हुने या गिरफ्तार गर्ने धम्की दिइरहेका छन् धमास छोडिरहेका छन्
हुन सक्छ केही समय भित्र खुलामखुल्ला रुपले मार्ने घोषणा पनि गर्लान् यो सबै घोर प्रतिक्रान्तिकारी हर्कत हो परन्तु यसलाई कुनै अनौठो, आश्चर्य त्रासको विषय मानिएको छैन मान्ने कुरा पनि भएन यो क्रान्तिका विरुद्ध प्रतिक्रान्तिकारी सत्ताले अपनाउने प्रयोग गर्ने रवैया हो उसको यही चरित्रले जनतामा समाप्त भएर जान्छ केपी प्रधानमन्त्री भएपछि दिग्विजय भएको जस्तो भ्रम परेको होला तर योको न्यानो मात्र हो भन्ने कुरा बुझे हुन्छ यो राज्यलाई क्रान्तिलाई दमन गर्ने साधन बनाएको अवस्था अदालत, प्रहरी, कानून सबैलाई जवर्जस्त क्रान्तिको घाँटी निमोट्ने मशिन बनाउन थालेको देखिन्छ त्यो प्रयोग हुन पनि सक्ला यो हामीले उनीहरुले प्रष्ट बुझेको विषय होकि क्रान्ति सबै यातना, दमन, विपत्ती झेलेर नै अगाडि जाने हो हामीले क्रान्तिमा चुनौति मोल्ने भनेका थियौं बुझेर नै मोलेको कुरा हो नेकपाका नेता/कार्यकर्ता त्यसका लागि तयार नै छौं बरु सत्य कुरा यो कि केपी यो राज्यक्रान्तिबाट त्रसित भयवित भएको उनीहरु लुटको स्वर्गमा आरामले निदाउन पाएका छैनन् बल्ल तल्ल पाएको गद्दी जोगाउन महामारी परेको त्यही भएर बिना हिसाव बौलाहले कुकुरको जस्तो क्रान्तिकारीहरुलाई झम्टिन थालेका छन् परन्तु क्रान्तिकारीलाई थाहा कि बौलाह कुकुरलाई कसरी कटबाँसको लठ्ठीले ठटाउनु पर्छ पानीमा चोबल्नु पर्दछ भन्ने
हाम्रो स्पष्ट दृष्टिकोण , महान् जनयुद्धमा रगतद्वारा उठेका स्थापित भएका जनताका प्रस्तावहरु(किसान, मजदूर, जनजाति, मधेशी, महिला)लाई इमान्दारीपूर्वक पूरा गर्नुपर्छ राष्ट्रघाती सन्धि, सम्झौता खारेज गर्नुपर्छ नेपाललाई दलाल संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा पुर्याइ छाड्नु पर्दछ यो लक्ष्य प्रतिक्रान्तिबाट होइन क्रान्तिबाट मात्र सम्भव यो क्रान्तिका लागि नेकपा पूर्णरुपले प्रतिबद्ध केपी पिकेले बुझेकै जस्तो लाग्छ, दमनबाट क्रान्ति सकिदैन, आतकं त्रास देखाएर क्रान्ति राकिदैन क्रान्ति बस्तुगत आवश्यकता सचेत पहलकदमीको यस्तो परिणाम हो जसलाई कुनै पनि तागतले रोक्न समाप्त गर्न सक्दैन
नेपालमा संसदवादी दलालहरुबाट धोका भएको माओवादी भित्रका आत्मासमर्पणवादी तत्वहरुबाट धोका भएको जनता अधिकार सम्पन्न भएका छैनन् देश मुक्त भएको छैन क्रान्ति पुनः भर्भराउँदै उदाउँदै क्रान्ति उठ्ने क्रान्ति ज्वालामुखी बनेर दन्किने प्रतिक्रान्तिले जतिसुकै षडयन्त्र गरेपनि क्रान्ति त्यसमाथि चढेर समाप्त त्यसलाई समाप्त पार्ने
साभार - जनपाटी 



सेयर गर्नुस्

0 comments: