प्रदेश १ को नाम किरात र राजधानी चतरा बनाउन माग


 एक नम्बर प्रदेशको नाम किरात स्थायी राजधानी सप्तकोशी (चतरा) क्षेत्रको भूभागमा तोक्न माग भएको
किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोबिन्दबहादुर लिम्बू लगायतलाई प्रदेशको नाम राजधानीको माग गर्दै ज्ञापनपत्र बुझाएको
मोर्चा नेकपा (माओवादी केन्द्र) सम्बद्ध संगठन हो एक नम्बर प्रदेशको नाम किरात राख्दा साझा बहुपहिचानलाई समेट्ने मोर्चाको दाबी
किरात शब्द कैलाशी, काइलाती, कैरातीहुदै किरात भएको, कैलाश पर्बतबासी प्राचीन जातिलाई किराती त्यो भूगोललाई किरात भन्न थालिएको आधारपत्रमा उल्लेख
इतिहासकार ईमानसिंह चेम्जोङ, दुर्गाहाङ याक्खा, समाजशास्त्री डोरबहादुर विष्ट, अंग्रेजी खोजकर्ताहरु कर्णेल कर्क पेट्रिक, हड्सन, सरजोन हेमिल्टन लगायतका विद्वानहरुले राई, लिम्बू, याक्खा सुनुवार मात्र नभएर धिमाल, दनुवार, गुरुङ, मगर, थकाली, थारु, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे, कोचे लगायत १६ भन्दा बढीलाई किराती भनेको उक्त पत्रमा उल्लेख
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशितहुदै आएको बृहत नेपाली शब्दकोषले किरात भनेकोपूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरातका नामले प्रसिद्ध एक प्रदेश, किरातभनि स्वीकार गरेको पत्रमा उल्लेख
यलम्बरदेखि योक्नेहाङसम्म ३२ जना किरातीहरूले १६३० देखि १९०३ बर्षसम्म राज्य गरेको उल्लेख भएको पाइन्छ
नयाँ ढंगको एकीकरण(भावनात्मक एकता)को लागि प्रदेशको नाम किरात राखिनुपर्ने बताइएको सगरमाथा कोशी नाम पनि किरात जस्तो साझा नहुने मोर्चाको पत्रमा उल्लेख
भौतिक विकास समृद्धिको मुख्य आधार शान्ति भएको उल्लेख गर्दै शान्ति स्थापनाको लागि सम्बन्धित प्रदेशमा बस्ने अधिकांस जनताको भावनालाई बुझेर ब्यबहार गर्न सरकार प्रदेशसभालाई मोर्चाले आधारपत्र मार्फत सुझाएको
पहिचानको आधारमा नाम नराखिए अशान्तिहुनुको साथै विदेशी चलखेल बढ्नसक्ने बताइएको
आधारपत्र प्रदेश प्रमुख गोविन्दबहादुर लिम्बू, मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वति पोख्रेल, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) राप्रपाका संसदीय दलका नेताहरूलाई आधार पत्र बुझाएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए



सेयर गर्नुस्

0 comments: