धरानमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सुरु


बिहीबार धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनि २०७४ को उद्घाटन गर्दै
मुख्यमन्त्री राईले नं. प्रदेश कृषि क्षेत्रको उर्वर भूमि रहेको भन्दै पुरै देशलाई नै धान्नसक्ने कृषि उत्पादन हुनसक्ने बताएका छन् कृषिमा आधुनिकिरण, यान्त्रीकरण गरेर व्यवसायीक कृषिमा लागी परे नं. प्रदेशको उत्पादनले पुरै देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्ने उनले बताए
राईले नेपाल कृषि प्रधान देश भएको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर समृद्धि तर्फ अघि बढ्ने बताए उनले भने –‘उर्बर माटोले भरिएको देश सुन्दर नेपाल निर्माण गर्ने महत्वपूर्ण चरणमा रहेको , कृषिलाई आधुनिकिरण, यान्त्रीकरणका साथै वैज्ञानीकरण गरी देशलाई समृद्धि तर्फ लानु
मुख्यमन्त्री राईले देशमा राजनीतिले स्थिरता लिन नसक्दा कृषिको विकास हुन नसकेको भन्दै अहिलेसम्म निर्वाहमुखि कृषि हुदै आएकोमा अब कृषिले पनि व्यवसायीकता तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे सरकारले कृषिलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको सुरुवात गरेको स्मरण गर्दै राईले भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले प्राथमिकतामा राखेर लगानी बढाउने बताए
मुख्यमन्त्री राईले कृषिमा धेरै कुराहरुको विकास गर्नुपर्ने औल्याउदै कृषि उपजको प्रशोधन, बजारको विस्तार तथा विकासका कुराहरुमा सरकारले ध्यानदिने बताए उनले भने कृषि यान्त्रीकरण प्रदर्शनीमा आइपुग्दा साथीहरुले दिएको सुझाव सहरानीय रहेको , धेरै कानुनहरु बन्ने प्रकृयामा रहेको कानुन तथा नीति बनाउदा कृषि योग्य जमिनको खण्डीकरण हुनबाट रोक्न, उर्बरभूमिमा विस्तार भइरहेको सहरीकरणलाई रोक्न आफु गम्भिर रहेको बताए उनले प्रदर्शनिले कृषकहरुमा उत्साह वृद्धि हुने कृषिको विकासको लागी यस्ता प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका थिए
धरान स्थित पूर्वाञ्चल क्याम्पसको हाताभित्र हुने दिनसम्म कृषि यान्त्रीकरण प्रदर्शनिको उद्घाटन बिहीबार नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका छन् प्रदशैनिमा २० भन्दा बढी मुलुकमा उत्पादन भएका दुई हजार भन्दा बढि कृषि औजारको स्टल राखिएको भने साना हाते कृषि औजारदेखि ठूला आधुनिक औजारसम्म राखिएका छन्
प्रदर्शनिमा सुदुपश्चिमदेखि पूर्वको झापा इलामसम्मका करिब ५० हजार कृषकले अवलोकन गर्ने अनुमान आयोजकले लिएको प्रदर्शनिमा १० करोडको कारोबार गर्ने लक्ष्य लिइएको कृषि क्षेत्रमा विकसित देशहरुमा देखिएको आधुनिकिकरणलाई अंगाल्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन दिगो कृषि विकास गर्न प्रदर्शनिले सहयोग पुराउने नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले बताएका छन् प्रदर्शनि नेपाल सरकार कृषि मन्त्रालय, कृषि इन्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको हो



सेयर गर्नुस्

0 comments: