चेतन आङ्गथुपो / मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे चुनाव तिथि नजिकिन्दै गर्दा पूर्वि पहाडी जिल्ला इलामको क्षेत्र नं.२ मा लाेकतान्त्रिक र बामगठबन्धन बीचकाे प्रतिस्पर्धा हुने देखिए पनि दुवै दललाई संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालले ठूलो धक्का पुरयाएकाे छ, ।
जिल्लामा पूर्व प्रधानमन्त्री देखि पूर्वसभामुख, राज्यमन्त्री तथा जिल्लामै लाेकप्रिय युवा तथा समाजसेवी उम्मेदवारीहरू मध्ये पार्टीका महासचिव समेत रहेका थाङसाङ लावतीकाे चर्चा चुलिएको छ। क्षेत्र नं.२ काे निर्णयक मत केन्द्र चुलाचुली गाउँपालिका केन्द्र रहेकाले उनी उक्त ठाउँबाट प्रदेशसभाकाे सदस्य उम्मेदवार (ख) मा उम्मेदवार उठ्नु भएकै कारण स्थानीय मतदाताहरूले दाप सहितकाे खुकुरी चिन्हमा भाेट लगाउने उत्साह चुलिएको पार्टीका गाउँपालिका अध्यक्ष साथै प्रचारप्रसार नेतृत्वकर्ता विपिन याेङहाङले वताएका छन ।
मंसिर १८ गते सभा र काेणसभा गरि मतदातालाई पहिचान सहित संघीयकाे मुद्दा पहिलाे पटक पूर्वमा लिम्बूवानले १९ दिने अान्दोलनबाट सुरू गरिएको समेत कार्यक्रममा नेता थाङसाङ लावतीले समवाेधन गरेका छन । लावतीले भने, ` चुलाचुली लिम्बूवान केन्द्र रहेकाले यश संगठन मजवुत रहेसंगै युवा देखि पाका सम्मका विश्वास भएकाले जित निकाल्न कठिन छैन ।´
कुल २ लाख ४ हजार मतदान रहेकाे जिल्लाकै निर्णयक मतदान चुलाचुली गाउँपालिकामा मात्रै २१ हजार ६ सय रहेका छ । निर्वाचन क्षेत्र नं.१ मा ८ दल र २ मा १० दलगरी जम्मा ५१ जनाले उम्मेदवारी दर्ता गराएकाे निर्वान कार्यलय इलामले जनाएका छन ।
लाेकतान्त्रिक (कांग्रेस) तर्फबाट प्रतिनिधिसभामा केशव थापा, प्रदेशसभा मा क्षेत्र नं.२ (क) मा डम्बर खड्का र (ख)मा कांग्रेस सचिव खगेन्द्र देवान छन भने, बामगठबन्धन तर्फबाट (क)मा राम राना र (ख)मा माअाेवादी जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा छन । संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्च नेपाल तर्फबाट समानुपातिक (क) मा कुमार लिङदेन र प्रदेशसभा सदस्य उम्मेदवार(ख) मा थाङसाङ लावती रहेका छन भने, अन्य दलका उम्मेदवारका समेत प्रचारप्रसार व्यापक नै भईरहेका पाइन्छ ।

0 comments: