कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं : ओली

सुनसरी दुहवीमा चुनाबी सभामा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता ।
इटहरीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बेठीक गर्ने तत्वलाई ठीक पर्ने चेतावनी दिएका छन् उनले राजाले गल्ती गरेकैले गर्दा टिपेर मिल्काई दिएको बताउँदै अरुले गल्ती गरेमा टिपेर मिल्काउन गाह्रो नभएको बताए

 ‘
राजतन्त्रलाई उखेलेर मिल्काई दियौं,’ अध्यक्ष ओलीले शनिबार सुनसरी क्षेत्र नं. स्तरीय चुनाबी सभालाई सम्बोधन गदै कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कांग्रेसलाई यसपटक सानोसानो बट्टामा राख्दैछौं कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भएको दोहो¥याए
 ‘
कांग्रेले अब बहुमत पनि ल्याउन सक्दैन सरकार पनि बनाउन सक्दैन,’ उनले जिकिर गरे, ‘लोकतन्त्रलाई संस्थागत विकास गर्ने काम अब एमाले माओवादीको हो उनले दरबार बुझाउनेले लोकतन्त्रको पाठ सिकाउनुको औचित्य नभएको बताए  
२०४६ सालको जनआन्दोलनमा लण्डनका गल्लीमा हुनेले लोकतन्त्र सिकाउने,’ ओलीले प्रश्न गरे उनले राजनीति देश विकासको निम्ति हुनुपर्ने बताए राजनीति गरिबी अस्थीरता हटाउन हो बेइमानी गर्न, आफन्त परिवारका सदस्यलाई अघि बढाउन होइन,’ उनले भने  
नेता ओलीले प्रहरीप्रशासनलाई संविधान कानुन अनुसार चल्न आग्रह गरे प्रहरीप्रशासन दलको नभएर संविधान कानुनको शपथ खाने भएकाले गर्दा न्याय दिनु काम हो,’ उनले भने, ‘यदि संविधान कानुन विपरीत काम प्रहरीप्रशासनबाट भए त्यो अपराध हुन्छ चुनाब निश्पक्ष गर्न भूमिका खेल्नुहोस् ’ 
उनले सुनसरी क्षेत्र नं. मा एमाले प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले चुनाब जिते पनि हराइन्छ भन्ने भ्रम फैलाइएकाले गर्दा त्यस्तो मसल भएकालाई आफ्नो चुनाबी क्षेत्रमा पठाउन चेतावनी दिए ओलीको निर्वाचन क्षेत्र झापा हो जितेपनि हराउने कोही मसल भएको भने केही परतिर झापामा मेरो क्षेत्र , त्यही आए हुन्छ,’ उनले भने  
उनले सार्वभौम सत्ता जनतामा निहित भएकाले गर्दा निडर भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए निडर भएर काम गर्नुहोस् बेठीक गर्न कसैलाई निदनुहोस् बेठीक गर्नेसँग नलत्रिनुहोस,’ उनले भने  
कांग्रेस सुनसरी क्षेत्र नं. का उम्मेदवार विजयकुमार गच्छदारको आलोचना गर्दै ओलीले चक्कर लगाएर धेरै धाराको पानी खाएर बुढो रुखको फेदमा सितल ताप्न आएका व्यक्तिले अब केही गर्न नसक्ने बताए कहिले लोकतन्त्र, कहिले जात कहिले थारुको नारा फलाक्ने व्यक्तिलाई सवक सिकाउनुपर्छ,’ उनले भने
 
सुनसरी क्षेत्र नं. मा कांग्रेसका नेता विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीबीच प्रतिनिधीसभामा प्रतिस्पर्धा हुँदैछ गच्छदारले  २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैन गच्छदार योपटक क्षेत्र नं. बाट छैठौंपटक मैदानमा उत्रिएका छन् २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधिसभाका लागि चुनाबी मैदानमा उत्रिएका हुन्  
वाहालवाला उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका गच्छदारले विकासनिर्माण सोचेअनुसार नगरेकैले गर्दा आफूलाई मतदान गर्न एमाले उम्मेदवार भगवतीले सभामा मतदाता समक्ष आग्रह गरिन् भगवती पूर्व वन राज्य मन्त्री हुन् एमाले अध्यक्ष ओलीले अब चुनाब जितेपछि भगवतीलाई जसरी भए पनि मन्त्री बनाएर छाड्ने आश्वासन पनि दिए  
बिजय भगवती दुहवी नगर क्षेत्रका बासिन्दा हुन्  यहाँ काँग्रेसबाट बिजय बाम गठबन्धनबाट भगवतीसहित नौं जनाले प्रतिनिधिसभा नौं जनाले प्रदेश सभामा उम्मेदवारी मनोनयन गरी चुनाबी अभियानमा सक्रिय छन्  
निर्वाचन क्षेत्र विभाजन अनुसार, क्षेत्र नं. मा यसपटक इटहरीका दसवटा वडा समेटिएका छन् इटहरीका दसवटा वडाबाहेक दुहवी नगरपालिका, गढी बर्जु पूरै गाउँपालिका समेटिएको इनरुवाको वडा नं. पनि क्षेत्र नं. मै समेटिएको
यसपटक क्षेत्र नं. मा एक लाख नौ हजार ९१७ मतदाता छन् जसमा पुरुष ५६ हजार २२३   महिला ५३ हजार ६९४ जना मतदाता छन्

सेयर गर्नुस्

0 comments: