वडा अध्यक्षमा ४ मतले हारेपछि राजेन्द्र कतार पुगे

सुजता सुनुवार
 ‘ऊबेला अहिलेको  जस्तो आमसभा हुन्नथ्यो, एक पार्टीका मानिसले अर्को पार्टीकालाई आरोप लगाउँदैथे,’ इलाम नगरपालिका का राजेन्द्र निरौला २०५४ मा भएको स्थानीय चुनावको सम्झना गर्दै भन्छन्, ‘त्यसबेला आमसभामा भाषणको विषयवस्तु हुन्थ्यो, कसरी गाउँको विकास गर्ने

राजेन्द्र ०५४ मा भएको स्थानीय चुनावमा साविक बरबोटे गाविस वडा नम्बर का लागि नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार थिए तर त्यस चुनावमा राजेन्द्र निकटतम प्रतिद्वन्द्वी मात्रै भए नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भए मेरा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर विश्वकर्माले मत अन्तरले मलाई जित्नु भएको थियो,’ राजेन्द्रले भने
त्यो बेला मैले जितेको भए बरबोटे क्षेत्रको मुहार फेर्ने थिएँ, स्थानीय स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगार अभियान चलाउँथे,’ राजेन्द्रले भने, ‘तर सोचेभन्दा विपरित नतिजा आयो
चुनावमा हार बेहोरेपछि राजेन्द्रको मन गाउँमा अडिएन घरको आर्थिक अवस्था पनि कमजोर थियो ३२ वर्षको खाइलाग्दो उमेरमा हातमा कुनै जागिर थिएन निराश हुँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर थियो, २०५६ को संसदीय चुनावमा भाग लिएर आर्थिक व्यवस्थापनका लागि विदेश हिँडे
राजेन्द्र रोजगारीका लागि कतारको अल्मेरी कम्पनीमा पुगेका थिए उनले १८ वर्ष त्यही कम्पनीमा काम गरे कतारमा काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘१८ वर्ष अर्काको देशमा दास बनेर काम गरेँ काम गर्न सजिलो थिएन पाँच सय मिटर माथि चढेर पेन्टिङ्ग गर्नुपर्दथ्यो सडकमा बेल्चा चलाउनु पर्दथ्यो सडकका नाली सफा गर्नु पर्दथ्यो घामपानी भन्न पाइन्थ्यो
राजेन्द्र कतारको सनैया भन्ने ठाउँमा काम गर्दथे विदेश रहँदाको पीडा सुनाउँदै राजेन्द्रले नेपालमा गरिखान सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए सनैयामा काम गर्दाको दिन सम्झँदै राजेन्द्रले भने, ‘इलाम सदरमुकाम भन्दा सानो त्यो ठाउँ इलामका मात्र १० हजार युवा त्यहाँ काम गर्छन्
जिम्मेवारीमा बसेका नेताहरुले नेपालमा सही नीतिनियम लागु गर्न नसक्दा कैयौं युवा बेरोजगारी समस्या हटाउन विदेशिएको राजेन्द्रको बुझाई त्यसका लागि सही नेतृत्व क्षमता भएका व्यक्ति नागरिकको रोजाईमा पर्नुपर्ने उनले बताए नेपालका जनशक्ति नेपालमा नै परिचालन गर्नुपर्छ यसो गरे नेपालका युवा विदेश जाने होइन, विदेशका युवा नेपाल आउँछन्
१८ वर्षपछि राजेन्द्र गाउँ फर्केर आएका हुन् फोटो सहितको मतदाता नामावलीमा नाम नहुँदा उनले ०७४ को स्थानीय तह चुनावमा भोट लगाउन पाएनन् तर २१ मंसिरको प्रतिनिधि प्रदेश सभा सदस्यका लागि मतदान गरेका छन्



सेयर गर्नुस्

0 comments: