इलाममा खनाल पाँचौ र नेम्वाङ चौथो पटक विजयी

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले पराजित गर्दै विजय हशिल गरेका छन्।

खनालले इलामको निर्वाचन क्षेत्र बाट नेपाली काग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका हुन्। खनालले ३६ हजार ८०७ मत प्राप्ति गरेका छन् भने उनका प्रतिद्वन्द्वी कट्टेलले १९ हजार ६३७ मत प्राप्ति गरेका छन्। खनाल इलामबाट पाँचौ पटक विजय हासिल गरेका हुन्।

यसैगरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले हजार ६५४मतले नेपाली काग्रेसका केशब थापालाई पराजित गरेका छन्। नेम्वाङले ३६ हजार ५१४ मत प्राप्ति गरेका छन्। उनका प्रतिद्वन्द्वी केशब थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन्। नेम्वाङ चौथोपटक विजयी भएका हुन्।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र को प्रदेशसभा मा नेकपा एमालेका काजिमान कागते विजयी भएका छन्। कागतेले नेपाली काग्रेसका दुर्गा बराललाई हजार ९६५ मतले पराजित गरेका छन्। कागतेले १७ हजार ९८६ मत प्राप्ति गरेका छन् भने बरालले १० हजार २१ मत प्राप्ति गरेका छन्।


सेयर गर्नुस्

0 comments: