चुलाचुली रंगमञ्चको ५ औ बार्षिक उत्सव

 चुलाचुली/बिभिन्न श्रष्टाहरुद्धारा कबिता तथा गजल बाचन गरेर चुलाचुली रंगमञ्चले आज ५औ बार्षिक उत्सब मनाएकोे छ । बार्षिक उत्सबको अवसर परेर चुलाचुली रंगमञ्चले हरेक बर्ष साहित्यीक कार्यक्रम गरि श्रष्टा लाई जमघट गर्ने गरेको छ ।
रंगमञ्चले आज चुलाचुली गाउँपालीका ४स्थीत आइतबारेमा सो अवसर जुराएको हो । श्रष्टाहरु शन्दर कुरुप, मेची पुत्र, बिरट किराँती मौलश्री लिम्बु,बिबश बलिभद्र कोइराला ,लोकेन्द्र बन्जरा लागायतले आ आफ्नो रचना बाचन गरेका थिए ।त्यसै गरि चुलाचुली रंगमञ्चले आगमी माघ ४ गते काठमण्डुको मण्डला थिएटरको चर्चित नाटक सरजमिन प्रस्तुत गर्न लागेको कार्यक्रम संयोजक चेतन आङथापोले बताउनु भयो ।
कार्यक्रम रंगमंच का अध्यक्ष मनाहांग लावती को सभापतित्व मा चलेको थियो,चुलाचुला गउँपालीका पमुख प्रदिपकुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा चर्चित कलाकार हेमन्त बुडाथोकाीको पनि सहभागिता रहेको थियो । 
साभार - हाम्रो दमक अनलाइन 

सेयर गर्नुस्

0 comments: