गाउँ फर्किएका कुबेर राईको यात्रा कहिले बाटो खन्दै कहिले कर्न्सटमा

इलाम उनी सुटुक्कै काठमाडौं आउँछन् भिसाको प्रक्रिया मिलाउँछन् कहिले हङकङ पुग्छन्, कहिले बेलायत स्थानीय नेपालीमाझ आफ्ना गीतहरु पेश गर्छन् केही दिन प्रवासीको न्यानो आतिथ्यमा रमाउँछन् अनि र्फकन्छन्, काठमाडौं त्रिभुवन विमानस्थल ओर्लिएपछि घरका लागि कोसेली किनमेल गर्छन् , पोको पन्तुरो बोकेर सरासर गाउँ पुग्छन् यही उपक्रमले कुबेर राईको सांगीतिक जीवन धानिएको

इलामको एउटा गाउँ, जसलाई भर्खर मोटरबाटोले जोडेको , त्यही थातथलो कुबेरको संसार हो घाँस काट्छन्, मकै गोड्छन्, तरकारी फलाउँछन्, चिया स्याहार्छन् कहिलेपुल बनाउनेभन्दै जिविसतिर धाइरहेका हुन्छन् कहिलेबाटो खन्नेबताउँदै सहयोगार्थ कन्सर्ट गरिरहेका भेटिन्छन्
गाउँ चाहार्ने हो भने उनी झम्पल लिएर बाटो बनाइरहेका हुनसक्छन् पुल बनाउनका लागि होस्टेमा हैंसे गरिरहेका हुन्छन् तर, सेल्फी खिचेरसमाजसेवागरेको देखाउँदैनन् पत्रिकाका कटिङ भजाएर एनजीओको दैलो चाहार्दैनन् नाङ्गो हात फैलाएर आर्थिक सहयोगको याचना गर्दैनन् जे गर्छन्, चुपचाप गर्छन् मनैदेखि गर्छन् तर, उनको कर्म फरक
खासमा कुबेर संगीत साधक हुन् दिनभर जेजस्तो काममा व्यस्त भए पनि साँझ हारमोनियममा औंला नचाउँदैसारेगमअलापिरहेका हुन्छन्
प्रवासी नेपालीले उनको आवाजको तलतल मेट्न बेलाखबत निम्तो गर्छन् उनी घर व्यवहारको काम थाति राखेर विदेश उड्छन् गाउँछन् यसबाट धेरथोर खल्ति भरिन्छ मन पनि
स्थानीय कार्यक्रमकोशोभा
इलाममा हुने फुटबल प्रतियोगिता होस् वा सांगीतिक कार्यक्रम, कुबेर राईलाई निम्तो पुग्छै, पुग्छ यस्ता कार्यक्रममा कुबेर राई आइदिनुपर्छ प्रमुख अतिथिको ब्याज लगाइदिनुपर्छ अनि, मेलोमेसो मिलेमा म्युजिक ट्र्याकमा २र४ गीत गाइदिनु पर्छ अर्थात्, ‘कार्यक्रमको शोभाबढाइदिनु पर्छ
कुबेर कोमल छन्, सरल छन् त्यसैले कसैको बचन टार्न सक्दैनन् उनी आफ्नो उपस्थितिकोमोलतोक्न सक्छन्, निम्तोलाईठाडै अस्वीकारगर्न सक्छन् यही कारण उनका निम्ति यस्ता निम्तो बोझिलो पनि बन्ने गरेका छन् एक प्रसंगमा कुबेर भन्दै थिए, ‘सबैले आशा गर्छन्, मन राख्नै पर्छ तर, यसरी साध्य पनि नचल्ने रहेछ
कहिले स्टेजमा कहिले सडकमा
कुनैबेला उनको श्रीअन्तुस्थित घरमा मोटरबाटो थिएन बिमारी बोक्न होस् वा नुन(भुटुन ल्याउन, फिक्कल बजारसम्म केही घण्टाको पैदल दूरी छिचोल्नु पथ्र्यो
अन्ततः उनी बाटो बनाउन कस्सिए
यस काममा प्रेमचन्द्र काजी पेमा यल्मुहरुले उनलाई साथ दिए आफूकहाँ संगीत सिक्न आउने तन्नेरीलाई उनले सर्त राखे, ‘संगीत सित्तैमा सिकाउँछु तर बाटो खन्न सघाउनुपर्छ आफ्नै रुख बेचेरसमेत डोजरका लागि खर्च जोहो गरे कहिले कन्र्सट गरेर पैसा जुटाए, कहिले आफैं जिविस धाए
यसरी नै पशुपतिनगरबाट श्रीअन्तुसम्म पुग्ने मोटरबाटो बन्यो
हालै मात्र पनि बौद्धधामबाट लालीखर्क जाने बाटो बनाएर विश्राम लिएका रहेछन् एक पैसा नराखी सबै बाटो बनाउनमा खर्च गरियो,’ उनले भने, ‘अलिकति संसद विकास कोषको पैसा जनश्रमबाट चार किलोमिटर जति बाटो बनाइयो
अहिले उनी श्रीअन्तुबाट बौद्धधाम सरेका रहेछन् यसो बर्खामा आउजाउ गर्न सजिलो हुन्छ भनेर गाउँको चिया बगान अँधिया दिएछन् अरु खेतीबाली भने आफैं गर्छन् सागसब्जीका लागि गाउँ जान्छु,’ उनले भने, ‘अरुबेला यहीं (बौद्धधाम० बसिन्छ
यसबीचमा उनी काठमाडौं आएछन् अरुकै एल्बमका लागि आधा दर्जन गीत रेकर्ड गराएछन् , उसैगरी गाउँ फर्किएछन्
अघिल्लो वर्ष उनी अस्ट्रेलिया पुगेका थिए, सांगीतिक प्रस्तुतीका लागि त्यसअघि बेलायत त्यसअघि हङकङ यसपालिचाहिँ त्यस्तो मेलोमेसो मिलेको छैन काठमाडौंमा प्रज्ञा प्रतिष्ठानले भने सांगीतिक कार्यक्रमका लागि निम्तो गरेको रहेछ सायद केही दिनपछि त्यतै आउँछु होला,’ उनले फोनमा भने
नफापेको काठमाडौं
गाउँकै बिहे, कार्जेमा सुरिलो भाका हालेर गाउने राई ठिटोलाई डोर्याउँदै संगीतकार मानसिंह थुलुङले काठमाडौं ल्याए, ०३८ सालतिर
त्यहीबेला उनले रेडियो नेपालले आयोजना गरेकोआधुनिक गायन प्रतियोगितामा भाग लिए उनी प्रथम हुँदा आजका चर्चित गायक रामकृष्ण ढकालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो त्यसअघि नै रत्न रेकर्डिङले आयोजना गरेकोबृहत युवा राष्ट्रिय गीत सम्मेलनमा प्रथम भएपछि गीत रेकर्ड संगीत प्रशिक्षणका लागि छात्रवृत्ति प्राप्त गरेका थिए
तर, उनले काठमाडौंको गञ्जागोलमा आफूलाई टिकाउन सकेनन्, बिकाउन सकेनन् अनि गाउँ फर्किए, खेतीपातीमा लागे
दोस्रो पटक उनलाई फेरिकाठमाडौं गएर गायक बन्नुपर्छभन्ने लाग्यो, ०४६ सालमा तर, खाने, बस्ने बन्दोबस्त जुटाउनै सकेनन् कतिसम्म भने संगीतकार दिनेश सुब्बालाई पैसा सापटी मागेर किनेको पाउरोटी तीन छाक बनाएर भोक टारे अम्बर गुरुङले भेट्दै पिच्छे भन्थे रे, ‘के खाँदै बस्दैछौ हौ, ठिटा होयसको जवाफ हुँदैनथ्यो, कुबेरसँग
फेरि गाउँ फर्किए , उसैगरी मकै गोड्न थाले, चिया स्याहार्न थाले अहिले पनि दैनिकी फेरिएको छैन उस्तै गाउँमा बस्छन् खेतीपाती गर्छन् गाउँ छिमेकलाई बाटो बनाउन, पुल बनाउन हौस्याउँछन् सुटुक्कै विदेश गएर कन्र्सट भ्याउँछन् यता, काठमाडौं आएर गीत रेकर्ड पनि गराउँछन्
मायाले मुलबाटो भुलेछ, नौरंगी फूलबारी देखेर
दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर
दिलैको चोट झिकिदेउ भनेर।।
कुबेरले मुलबाटो भुलेका छैनन् संगीतको मुलबाटोमै हिँडिरहेका छन्, उनी स्वरसम्राट नारायण गोपालको झैं सुरिलो स्वरका धनी त्यही भएर गुन्जिइरहेका छन्, गाउँघरबाटै अरु गायक गायिका उपत्यकामा संघर्षरत रहँदा उनी गाउँमा रमाइरहेका छन्, गाउँले जीवनमा एकाकार छन् अनलाइनखबरबाट



सेयर गर्नुस्

0 comments: