ओखलढुंगाका उज्जन कुमार श्रेष्ठलाई हत्या गरेको अभियोगमा आठ बर्ष पहिले आजिबन कारावास को सजाय तोकिएका नेता बाल कृष्ण ढुङगेललाइ चुनाव प्रचार प्रसारका लागि ओखलढुंगा खताइएको थियोे । लामो समय जोगिदै आएका उनलाई यस पटक रह्स्यमय तरिकाले पक्राउ गरियो १५ कार्तिकमा ।
यति सम्म कि उनी पक्राउ परेको तीन दिन बित्दा समेत जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्डले कुनै मुख खोलेका छैनन् । यता मृगौला पीडित समेत रहेकोे ढुङ्गेल जेलमा पिडा सहदै बस्दा कुनै प्रतिकृया नजनाउने प्रचण्ड चितवनमा मुस्कुराउदै अबिर माला लगाएर आज उम्मेद्वारी दर्ता गर्दै थिए ।
अर्कोतिर माओवादी आन्दोलन जारी राख्ने भन्दै संघर्स गर्दै आएका बिप्लव नेतृत्वको नेकपा प्रचण्डकै पार्टीको नेता रहेका ढुङ्गेलको रिहाइको माग राखेर शान्तीबातिकामा नारा लगाउदै थियो । ढुङ्गेलको बारे कुनै प्रतिक्रिया नजनाए पछि प्रचण्ड को चौतर्फी बिरोध भएको छ।
स्रोतले जनाए अनुसार एमाले संगको गठबन्धन र पार्टी एकता प्रभावित हुन सक्ने भयले प्रचण्ड चुनाब अघि मुख नखोल्ने सोचाइमा पुगेका छन् ।
जे गरे नि चुनाब पछि गराउला अहिले केहि नभनौ भनेर दबाब दिन जाने हरुलाइ उनले जवाफ दिने गरेको बुझिएको छ ।
युद्धको कमान्डर सबै सुबिधा सहित सत्ताको भोगमा लाग्ने तर कार्यकर्ता जेल जाँदै गर्दा प्रचण्ड कसरी हास्दै छन् ? कतै भोलि ऊनी स्वयमलाइ पनि यही फन्दामा पार्ने त हैन भन्दै माओवादी नेता कार्यकर्ता चिन्तित हुन थालेका छन् ।
युद्धको कमान्डर सबै सुबिधा सहित सत्ताको भोगमा लाग्ने तर कार्यकर्ता जेल जाँदै गर्दा प्रचण्ड कसरी हास्दै छन् ? कतै भोलि ऊनी स्वयमलाइ पनि यही फन्दामा पार्ने त हैन भन्दै माओवादी नेता कार्यकर्ता चिन्तित हुन थालेका छन् ।

0 comments: