जेल चलान भएका वाल कृष्ण ढुंगेललाई पूर्वी रुकुमवाट खुल्ला पत्र

प्रिय कमरेड बाल कृष्ण ढुंगेल
    पृथीछक बुढा मगर
तपाईंलाई मैले शुरुमै कमरेड शब्दले सम्बोधन गरें तपाईंको कमरेड हुँ वा होइन ? आफैलाई थाहा छैन नेपालमा कम्युनिष्टहरुलाई मात्रै कमरेड भनिने चलन  खासमा फ्रेँच भाषामा भनिने कमरेडको अर्थ हुन्छ साथी तपाईंको साथी हुँ वा होइन ? त्यो पनि मलाई थाहा छैन कम्युनिस्ट हुँ वा होइन ?त्यो पनि मलाई थाहा छैन मलाई यति थाहा , केवल मान्छे हुँ मान्छे भएरै बिषय उपर गम्भीर चिन्तन गर्न मन पराउँछु मलाई थाहा , तपाईं अशल कम्युनिस्ट हुनुहुन्छ त्यसैले मैले तपाईलाई नेपालीहरुको बुझाई अनुरुप साथी होइन, कमरेड शब्दले सम्बोधन गरिरहेको छु

तपाईं दश बर्ष आफ्नै दाजुभाईहरुसङ्ग लडाई लड्नु भयो मैले भन्दैन त्यो लडाई गलत थियो मैले त्यो पनि भन्दैन, त्यो लडाई सहि थियो त्यस लडाईंलाई बुझ्ने नेपाली समाजमा दुई धार विचारको जन्म भएको यी दुई धारको विचार भन्दा माथि उठेर तपाईंलाई यो पत्र लेखिरहेको छु मानव इतिहासलाई हेरियो भने केही हजार बर्ष पहिले कुरुक्षेत्रको लडाईमा पनि आफ्नै सहोदर दाजुभाइहरुको विचमा रगतको होली खेलिएको थियो जसलाई पाप धर्म, न्याय अन्याय विचको लडाइँ भनियो सायद तपाईं पनि आफुले लडेको त्यस युद्धलाई न्यायपुर्ण युद्धको रुपमा लिनु भएकै होला त्यो युद्ध अन्याय थियो वा न्याय थियो, त्यो पनि भन्न सक्दैन तर मलाई यति चाहिँ थाहा , भोको पेटहरुमा भोजन पुग्नुपर्छ नाङ्गो खुट्टाहरुमा एक जोडा जुत्ता पुग्नुपर्छ रोगीहरुको निशुल्क उपचार हुनुपर्छ हरेक बालबालिकाहरुले निशुल्क शिक्षा पाउनुपर्छ यो पृथ्वी हामी सवैको साझा घर हो, यसमा सवैको हक वरावर हुनुपर्छ के तपाईंले लडेको युद्धको आधारभुत मान्यता यो थिएन ? यदि यहि थियो भने यसलाई मैले कसरी अन्याय भन्न सक्छु ? कसरी तपाईंलाई अपराधी भन्न सक्छु ? कसरी अदालतको त्यो फैसलालाई न्यायिक मान्न सक्छु ? कदापि सक्दैन जुन देशमा कानुनले आँखा चिम्लिन्छ, त्यस देशमा बिद्रोह नभएर के हुन्छ ? त्यसैले तपाईंले लडेको लडाईं न्यायपूर्ण कमरेड
हिजो तपाईंलाई यो देशको सरकारले पक्राउ गर्यो भन्ने सुनेको थिएँ आज तिमी पक्राउ हुँदा खुसी भएको छु हिजो उज्ज्वन श्रेष्ठको हत्या हुँदा खुसी थिएँ तपाईं हामी सर्कसको बाँदर जस्तै हौं चटकीले नाच्न भन्यो, नाचियो त्यसमा हाम्रो के दोष ? तर यहाँ गल्ति कसैले गरे, जसको पेनाल्टी हामीले भर्नु परिरहेको मैले सुनेको, उज्जन कुमार दुराचारी थियो स्त्री लम्पट उसका बहु पत्नीहरु थिए जतिखेर तपाईंहरुले गाउँ गाउँमा जुवातास प्रतिबन्ध गर्दै हुनुहुन्थ्यो, त्यतिखेर उज्जनहरु गाउँमा जुवाको खाल खोल्दै थिए भन्ने सुनेको थिएँ रुकुममा सांस्कृतिक रुपान्तरण चलाईरहेको तपाईंहरु उज्जनहरुको विचमा अन्तरविरोध चुलिंदै थियो उसको बिरुद्धमा तपाईंहरुले संचालन गरेको जन अदालतमा मुद्धा परिरहेको पनि थाहा थियो मलाई पछी सरकारले पालेका मान्छेहरुसँग मिलेर तपाईंहरुको बिरुद्धमा सुराकी गरेको कुरा पनि बाहिर आएको थियो त्यसको केहि महिनापछि एउटा समाचार आयो, भुवन नामको उज्जन कुमार श्रेष्ठ बेपत्ता भयो जसको लाश अझैसम्म पनि फेला परिसकेको छैन
आज त्यहि उज्जन कुमारको हत्या अभियोगमा तपाईं जेल जानु भएको उज्जन कुमारको हत्या हुनु गलत थियो यो मैले पनि मानेको छु तर त्यस वेलाको परिस्थितिको चस्माले हेरियो भने सुराकीको सफाय गर्नु त्यसवेलाको परिस्थितिको माग थियो त्यो माथिकै आदेश थियो यदि जेल हाल्ने हो भने यो देशको अदालतले प्रचण्ड, बाबुराम, शेरवहादुरहरुलाई पनि जेल हाल्नुपर्छ की पर्दैन ? लहरा तान्दा पहरा गर्जिन्छ कमरेड तपाईं एकजना उज्जनको हत्यारा आरोपित मान्छेलाई जेल हाल्न सक्ने यो देशको राज्य ब्यबस्थाले बाँकी १६ हजार सय ९९ जनाको हत्याराहरुलाई कहिले जेल हाल्छ ? त्यतिकै संख्यामा बेपत्ता नागरिकहरुको बारेमा यो अदालत कहिले वोल्छ ? उज्जनको मात्रै होइन, ११ बर्षीय दिलबहादुर रम्तेलको वारेमा यो अदालत किन मौन ? तत्कालिन गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा राज्यले शुरु गरेको किलोशेरा टु अप्रेशनमा मेरो वाल सखा रुकुम मैकोटका १३ बर्षीय लालबहादुर गुरुङलाई प्लास्टिकमा बेरेर आगो लगाएर हत्या गरियो यो देशको कानुनले यसको बिषयमा बोल्नुपर्छ की पर्दैन ? पत्रकार कृष्ण सेन, दोरम्वा हत्याकाण्डको वारेमा बोल्नुपर्छ की पर्दैन ? नैना सुनुवारको वारेमा यो देशका कानुनविद्हरुले रिट हाल्नुपर्छ की पर्दैन ? यो मात्रै होइन, माडीको बिस्फोटमा मारिएकाका नागरिकहरुको बिषयमा यो देशको कानुनले बोल्नु पर्छ की पर्दैन ? द्वन्द्वकालीन गम्भीर प्रकृतीका घट्नाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने वृहत शान्ति सम्झौतामा उल्लेखित कुराहरुको पालना गर्नु पर्छ पर्दैन ?
अदालतले फैसलामा भनेको पोष्टमार्टम रिपोर्टवाट मृतक भुवन भन्ने उज्वल कुमारको मृत्यु कर्तव्यवाट भएको भन्ने बिबाद भएन ‘ जव की मृतकको दिदि सावित्री श्रेष्ठले आफ्नो भाईको लाश गायव पारिएको बताउंदै आएकी छिन् अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोस्टमार्टम भयो भन्ने दावी गरयो ? लाशै फेला नपरेको अबस्थामा कसले, कहिले कहाँ पोस्टमार्टम गरेको हो ? यो फैसलाले न्यायालयको मर्यादा, स्वातन्त्रता जनआस्थाप्रति गम्भीर प्रश्न उठाएको
जव उज्जन कुमार बेपत्ता भयो तव तत्कालिन बिद्रोही माओवादीले हत्या गरेको भनेर उज्जन कुमारका आफन्तले राज्यद्वारा क्षतिपूर्ति बुझे पहिले माओवादीले मारेको भनिएको उज्जनलाई पछी व्यक्तिगत रिसिवीको कारणले बाल कृष्णले हत्या गरयो भनेर कुरा गर्न पाइन्छ ? यदि व्यक्तिगत रिसिविले हत्या गरेको हो भने उनीहरुले राज्यवाट क्षतिपूर्ति किन लिए ? यदि व्यक्तिगत रिसिविले हत्या गरिएको हो भने उसलाई शहिद घोषणा किन गरियो ? यो देशको अदालतले बताओस, सहिदको मापदण्ड के हो ? तपाईंले कुनै वेला भन्नू भएको थियो` बाल कृष्ण ढुंगेल, तिमिहरु कानुनको सिरानी राखेर मलाई बलात्कार गर तर अन्यायको विरुद्धमा मशाल वालिरहने छु प्रतिरोध युद्धमा यदि हतियार बिहिन भएछु भने पनि मेरो हतियारको रुपमा मेरो खकार मैसंग मौजुद रहनेछ तिमिहरुलाई थुकिरहने छु ´
तपाईंको यो हुँकारले आज मेरो नशा नशामा वारुद भरिएको मानौं जो कुनै पनि हालतमा बिस्फोट हुन खोजिरहेको तपाईंलाई भन्न मन लागिरहेको , आज तपाईंसंग खकार बन्दुक छैन तर हजारौं बालकृष्णहरु आज अन्याय अत्याचारको अँध्यारो कालो रातलाई चिरेर सुनौलो बिहानी ल्याउन उनिहरुको हातहरु अझै स्वातन्त्र छन् इतिहासले अब हिसाब खोज्ने वेला आएको यसको हिसाब माग्न न्यायको पक्षमा लाखौं लाख बालकृष्णहरु अझै खुल्ला आकाशमा स्वातन्त्र रहेको कुरा यो पत्र मार्फत तपाईंलाई अबगत गराउन चाहन्छु कानुन बलियाहरुवाट लेखिन्छ कमरेड, यो कानुन तपाईं हाम्रो हितमा लेखिएकै होइन कानुन भनेको निर्धाहरुलाई कस्ने साङ्लो हो आज त्यो साङ्लोले तपाईं कसिनु भयो भोली कसिनु पर्छ यो सिलसिला चलिरहने नै यदि हामीलाई कस्ने फलामको सिक्री चुडाल्ने अभियानमा सरिक भएनौ भने मञ्जुर बर्गले आफ्ना सम्पूर्ण वन्धनहरुलाई नचुडाल्ने हो भने फेरी हामी कदापि स्वातन्त्र हुनसक्ने छैनौं यदि यो देशमा कानुन भने आयल निगमका गोपाल खड्काहरु खुल्ला आकाशमा घुमिरहेका छन् किन ? जेल हाल्ने हो भने ती अपराधीहरुलाई जेल पठाउनुपर्छ जसले दक्षिण एसियाकै गरिव राष्ट्रको रुपमा सुचिकृत गरे नेपाललाई जेल तिनिहरुलाई पठाउनुपर्छ जसको प्रजातन्त्रको नाममा देशमा लूटतन्त्र चलाएर देशलाई खोक्रो बनाए जेल तिनिहरुलाई पठाउनुपर्छ जसले कमिशनको लागि देशका ठुल्ठुला कलकारखानाहरुलाई लिलाम गरे यो देशको अदालतसंग त्यो तागत ?
प्रिय कमरेड, यो देशका शासकहरुलाई सोध्न चाहन्छु, कति जनालाई जेल हाल्न सक्छ ? ७७ जिल्लाहरुमा उसको हिरासतको क्षमता कति ? उसको क्षेत्रीय केन्द्रिय बन्दी गृहमा कति कैदीहरुलाई थुन्न सक्छ ? हे सरकार ! तिमीहरुको जेलको क्षमता बढाउनु पर्छ तिमिहरुले अझै यातना गृह, वधशाला कैद खानाहरु निर्माण गर्नुपर्छ नत्र लाखौं लाख बाल कृष्णहरुलाई कसरी थुन्न सक्छौ ? तिमी एक वाल कृष्णलाई कैद गर्न सक्छौ तिमी एक बाल कृष्णको हत्या गर्न सक्छौ तिमी एक बाल कृष्णको आवाजलाई दमन गर्न सक्छौ तर बाल कृष्णको अबतार धारण गरिरहेका हजारौं, लाखौं लाख रक्तविजका सन्तानहरुलाई कसरी छेक्न सक्छौ ? तिम्रो हड्डिको मासीमा तागत ? तागत भने छेकेर हेर्न चुनौती दिन चाहन्छु हे शासक हो, माओवादी होइन तर बाल कृष्ण हुँ मलाई पनि थुन सक्छौ भने आजिवन थुन कति जनालाई थुन्न सक्छौ ?
प्रिय कामरेड, जुन ब्यबस्थालाई ढाल्नको लागि तपाईंले यातना शिविरमा यातनाहरु भोग्नु भयो आज तपाईंको रगत पसिनाको जगमा टेकेको यो नयाँ राज्य ब्यबस्था भित्रका नयाँ बादशाहहरुले तपाईलाई अपमानपुर्ण तरिकाले जन्जिर भित्र कैद गरे खवरदार ! इतिहासका निर्माता जनताले यी सवै कुराहरुको हिसावकितावको खाता खोलेर राखेको शासकको दमनवाट बिषयको शुरूवात भयो तर यसको अन्त्य लाखौँ लाख वाल कृष्णहरुको प्रतिरोध युद्धवाट हुनेछ चाहे त्यसको लागि महान वलिदानको कोटा चुक्ता गर्न किन नपरोस सुर्य ग्रहणले सधैं सुर्यको प्रकाशलाई छेकिरहन सक्दैन कमरेड अँध्यारो कालो रात्रीले सधैं चन्द्रमाको सितल प्रकाशलाई निलिरहन सक्दैन कमरेड एकदिन एकदिन हाम्रै वलबुत्ताले त्यो अन्धकार कालो साम्राज्यलाई चिरेर सुनौली बिहानी झुल्काउने छौँ मैले संझिरहेको छु, कुरुक्षेत्रको शुरूवात हुनुभन्दा पहिले पन्च पाण्डव १२ बर्ष वनवास एक बर्षको अज्ञात बासको कठोर सजाय भोगेका थिए तपाईंलाई पनि यो देशको अदालतले लगभग त्यस्तै समय सिमा टोकिदिएको तपाईंलाई भन्छु, पृथ्वीको कुनै एउटा भागमा करोडौं वालकृष्णहरुले अरवौं बाल कृष्णहरुको मुक्तिको निम्ति नयाँ कुरुक्षेत्रको लागि अभ्यास गरिरेहका छन् लाखौँ लाख अभिमन्युहरुले चक्रब्यु टोड्न कम्मर कसेर लागेका छन् आशा , अन्ततः न्यायकै विजय निश्चित



सेयर गर्नुस्

0 comments: