मङ्सिर
२१
गते
हुन
लागेको
प्रतिनिधी
सभाको
निर्वाचनमा
इलामका
एकजना
७८
वर्षीय
बृद्धले
उम्मेदवारी
दिएका
छन्
।
उनले
इलामको
क्षेत्र
नम्बर
२
मा
पूर्व
सभामुख
सुवास
चेन्द्र
नेम्बाङसँग
भिड्नेगरी
मनोनयन
दर्ता
गराएका
हुन्
।
इलामका उम्मेदवारहरूमध्ये सबैभन्दा बढी उमेरका ती दलबहादुर राईले राष्ट्रिय जनता पार्टीका तर्पmबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनी चुलाचुली गाउँपालिका ३ हात्तीलेदा का बासिन्दा हुन् ।
दलबहादुरसँग भिड्दै गरेका एमालेका नेम्बाङ उनीभन्दा १४ वर्ष कान्छा अर्थात ६४ वर्षका छन् । सोही क्षेत्रमा उम्मेदवार बनेका काङ्ग्रेसका केशव थापा ५८ वर्षका छन् । अरु उम्मेदवार सो भन्दा कान्छा छन् ।
त्यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० बर्षका छन् ।
सो क्षेत्रमा सबैभन्दा पाका उम्मेदवार उनी १५ वर्ष कान्छा एमालेका राम मगर रानासहितका उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन् । सो क्षेत्रमा राप्रपाबाट उम्मेदवार बनेका ३१ बर्षीय नसीप राई सबैभन्दा कम उम्मेरका हुन् ।
२६ वर्षीय अविवाहित पनि उम्मेदवार
इलामका उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार प्रतिनिधी सभा २ को प्रदेशसभा २ बाट उठेका २६ वर्षीय मणिबिक्रम लिम्बू हुन् । संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका माङ्सेबुङ गाउँपालिका १ गैरीगाउँका उनी अविवाहित हुन् ।
त्यस्तै गरेर मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधी सभा १ को प्रदेशसभा २ मा उम्मेदवार बनेका सूर्योदय नगरपालिका १० फिक्कलका २८ वर्षीय राजन चाम्लिङ पनि अविवाहित छन् ।
सोही क्षेत्रमा नयाँशक्तिबाट उठेका माई नगरपालिका १० का रामप्रसाद सञ्जेल २९ वर्षका हुन् भने विवेकशिल साझा पाटीबाट प्रतिनिधी सभाको क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सचेन घले पनि २७ वर्षका मात्र छन् । घलेले पनि विवाह गरेका छैनन् ।
इलाममा दुई जनामात्र महिला उम्मेदवार
इलाममा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ जना उम्मेदवारमध्ये दुई जना मात्र अर्थात् पुगनपुग चार प्रतिशतमात्र महिला उम्मेदवार रहेका छन् । उनीहरू दुवै जना एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।
प्रतिनिधी सभा १ को प्रदेश सभा १ मा उनीहरु उम्मेदवार बनेका हुन् । नेकपा एमालेका तर्पबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्फ बाट लासाङ तामाङले प्रदेश सभामा उम्मेदवारी दिएका हुन् ।

0 comments: