बाँचुञ्जेल टिकट पाउने २२ भाइ, जसलाई सिंहदरबार पानीपँधेरो


प्रतिनिधिसभा प्रदेशसभाका दुवै चरणको चुनावमा प्रतिस्पर्धा गरिरहेका केही उम्मेदवार यस्ता छन्, जसले ०४८ यता छैठौंपटक संसदीय प्रतिस्पर्धा गरिरहेका छन

कोही ०३८ सालदेखि चुनाव लडिरहेका वयोवृद्धसमेत चुनावी मैदानमा उत्रिएका छन् कांगेस, एमाले राजपाका अधिकांश शीर्षनेताहरु छैठौंपटक प्रतिस्पर्धामा लगातार उत्रिएका छन् यिनीहरु यस्ता भाग्यमानी नेता हुन्, देशमा जतिपटक निर्वाचन हुन्छ, त्यति नै पटक उनीहरुको हातैमा टिकट पर्छ यसरी निरन्तर टिकट पाउनेमध्ये केही नेताहरु पाँच पटकसम्म अपराजित रहेर छैठौं पटक प्रतिस्पर्धामा छन् भने केहीले बीचमा पराजय पनि भोगेका छन
आखिर कोको हुन् नेपालका ती भाग्यमानी नेताहरु ? हेर्नुहोस् एक रिपोर्टः
प्रदेश नम्बर का चार भाइ
प्रदेश नम्बर एकबाट कांग्रेस एमालेका शीर्षतहका केही नेता छैठौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् यीमध्ये कांग्रेसका बिजयकुमार गच्छदारको अपराजित यात्रा हो भने अरुले एक-एक पटक पराजयको स्वाद चाखिसकेका छन
झलनाथ खनालः एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैठौं पटक इलाम बाट प्रतिस्पर्धा गर्दैछन् ०४८, ०५१, ०६४ ०७० मा गरी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका खनाल ०५६ मा भने कांग्रेसका बेनुप प्रसाईसँग ७० मतको अन्तरमा पराजित भएका थिए
केपी शर्मा ओलीः एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा बाट छैठौं पटक प्रतिस्पर्धामा छन् उनले ०६४ सालको संविधानसभा निर्वाचन बाहेक सबै चुनाव सोही क्षेत्रबाट जितेका छन् यसपटक ओलीको प्रतिस्पर्धामा कांग्रेसलेडा. खगेन्द्र अधिकारीलाई अघि सारेको त्रिचन्द्र क्याम्पसका प्राध्यापक अधिकारी राजिनामा दिएर चुनाव लड्न गएका हुन 
बिजयकुमार गच्छदारः कांग्रेसबाट ०४८, ०५१ ०५६ गरी तीनपटक सुनसरी बाट सांसद जितेका बिजय गच्छदार ०६४ मा फोरमबाट सोही क्षेत्रसहित मोरङबाट समेत चुनाव जितेका नेता हुन् ०७० मा उनले फोरम लोकतान्त्रिकबाट सुनसरी मै चुनाव जिते यो उनको छैठौं प्रतिस्पर्धा हो
बलबहादुर केसीः नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट छैठौं पटक सांसद पदको प्रतिस्पर्धामा छन् उनी ०६४ मा माओवादीका गोपाल किरातीबाट पराजित भएका थिए त्यो बाहेक अरु सबै चुनाव उनले जित्दै आएका छन 
प्रदेश नम्बर मा पाँच भाइ
दुई नम्बर प्रदेशबाट छैठौं पटक संसदीय चुनावको प्रतिस्पर्धा गर्नेमा अधिकांश राजपाका शीर्षनेता छन् उनीहरुको निर्वाचन क्षेत्र भने हेरफेर भएको
महन्थ ठाकुरः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर कांग्रेसमा हुञ्जेल पटक लगातार सांसद जितेका थिए तमलोपा गठन गरेपछि दुवै चुनाव सर्लाही बाट पराजित भएका ठाकुर यसपटक पनि महोत्तरी बाट प्रतिस्पर्धा गर्दैछन 
शरदसिंह भण्डारीः राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीको बहुदलीय व्यवस्थामा छैठौं चुनावी प्रतिस्पर्धा हो उनी पञ्चायतकालमा पनि चुनाव जितेका थिए ०४८ मा महोत्तरी बाट कांग्रेसका बसन्त गुरुङसँग राप्रपा उम्मेदवारका रुपमा पराजित भएका भण्डारी ०५१मा स्वतन्त्र उम्मेदवार बनेर गुरुङलाई,पराजितगरे।
०५६ मा कांग्रेस उम्मेदवार बनेर बिजयी भएका भण्डारी ०६४ मा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए ०७० मा मधेस समाजवादी पार्टीको तर्फबाट उनी पराजित भए यसपटक उनी क्षेत्र नम्बर बाट प्रतिस्पर्धा गर्दैछन 
राजेन्द्र महतोः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पनि यो छैठौं प्रतिस्पर्धा हो ०४८ ०५१ मा सर्लाही बाट नेपाल सद्भावना पार्टीका तर्फबाट पराजित भएका महतो ०५६ मा सोही क्षेत्रबाट बिजयी भएका थिए ०६४ मा उनी अर्को क्षेत्रमा गएर बिजयी भए भने ०७० मा हाल राजपामै रहेका महिन्द्र राय यादवसँग पराजित भए यसपटक उनी छैठौं पटक धनुषा बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन
रामचन्द्र झाः माओवादी केन्द्रबाट धनुषा बाट प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र झाको यो छैठौं चुनावी भिडन्त हो ०४८ मा धनुषा मा कांग्रेसकी लीला कोइरालासँग पराजित झाले ०५१ बिजय हासिल गरे ०५६ मा पुनः कांग्रेसका स्मृतिनारायण चौधरीसँग पराजित झा ०६४ मा एमालेबाटै धनुषा बाट बिजयी भए ०७० मा माओवादीबाट पराजित भएका झा यसबीचमा नयाँ शक्ति हुँदै पुनः माओवादीबाट उम्मेदवार बनेका छन 
रमेश रिजालः कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालको पनि पर्सा मा यो छैठौं प्रतिस्पर्धा हो ०४८ ०५१ मा सोही क्षेत्रबाट जितेका रिजाल ०५६ मा एमालेकी उर्मिला अर्यालसँग पराजित भएका थिए ०६४ मा पुनः अर्याललाई हराएर सभासद बनेका रिजाल ०७० मा एमालेकै जयप्रकाश थारुसँग पराजित भएका थिए यसपटक उनको प्रतिस्पर्धा पुनः .उर्मिला अर्यालसँग.हुँदैछ
प्रदेश नम्बर का चार भाइ
पशुपतिशमसेर जबराः राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबराको बहुदलीय व्यवस्थाको यो छैठौं सम्भवतः अन्तिम चुनावी प्रतिस्पर्धा हेा पञ्चायतकालमा ०३८ देखि लगातार चुनाव जितेका राणा बहुदलीय व्यवस्थामा पनि ०४८, ०५१ ०५६ मा सिन्धुपाल्चोक- बाट सांसद बने ०६४ मा माओवादीका दावा लामा ०७० मा एमालेका शेरवहादुर तामाङसँग पराजित राणा यसपटक पुनः एमालेका शेरबहादुरसँगै प्रतिस्पर्धामा छन 
रामशरण महतः नेपाली कांग्रेसका नेता रामशरण महतले नुवाकोट साबिक नम्बर क्षेत्रबाट ०५१ देखि लगातार पाँचवटै चुनाव जिते ०४८ सालमा क्षेत्र नम्बर बाट राप्रपाका प्रकाशचन्द्र लोहनीसँग पराजित भएका महत छैठौं पटक यसपालि क्षेत्र नम्बर बाटै माओवादीका हितबहादुर तामाङसँग प्रतिस्पर्धामा छन 
अर्जुननरसिंह केसीः कांग्रेस नेता अर्जुननरसिंह केसीका लागि पनि यो छैठौं प्रतिस्पर्धा हो ०४८ ०५१ मा नुवाकोट बाट निर्वाचित केसी ०५६ ०६४ मा पराजित भए ०७० मा नुवाकोट बाट निर्वाचित भएका केसी यसपटक क्षेत्र नम्बर बाट एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धामा छन 
राजेन्द्रप्रसाद पाण्डेः एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र प्रसाद पाण्डेको बहुदलीय व्यवस्थामा यो छैठौं प्रतिस्पर्धा हो ०४८, ०५१ ०५६ मा तीनपटक धादिङ बाट निर्वाचित भएका पाण्डे ०६४ मा माओवादीका शालिकराम जमरकट्टेलसँग पराजित भए ०७० मा पुनः शालिकरामलाई पराजित गरेका पाण्डे यसपटक प्रदेशसभाको उम्मेदवार बनेका छन
उनी पञ्चायतकालमा पनि एकपटक राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवार बनेका थिए
प्रदेश का तीन भाइ
रामचन्द्र पौडेलः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा छैठौं पटक चुनाव लड्दैछन् ०४८ मा तनहुँ बाट निर्वाचित पौडेल त्यसयताका सबै चुनावमा तनहुँ बाट लगातार निर्वाचित भएका थिए यसपटक उनी क्षेत्र हेरफेरपछि पुनः क्षेत्र नम्बर बाट एमालेका किसानकुमार श्रेष्ठसँग भिड्दैछन 
पृथ्वीसुब्बा गुरुङः नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ पनि राजेन्द्र पाण्डेजस्तै निरन्तरका प्रतिस्पर्धी हुन् बहुदलीय व्यवस्था स्थापनायताका हरेक चुनाव लमजुङ बाट चुनाव लडेका गुरुङले ०६४ मा मात्रै जित निकाले अरु सबै चुनावमा पराजित गुरुङ यसपटक भने प्रदेशसभा उम्मेदवार बनेका छन 
हृदयेश त्रिपाठीः नेपाल सद्भावना पार्टीबाट तीनपटक तराई मधेस लोकतान्त्रिक पार्टीबाट एक पटक गरी नवलपरासीबाट लगातार चार पटक जितेका हृदयेश ०७० मा कांग्रेसका देवनारायण कलवारसँग पराजित भएका थिए यसपटक उनी नेकपा एमालेको तर्फबाट नवलपरासी बाट उम्मेदवार बनेका छन 
प्रदेश का चार भाइ
बामदेव गौतमः एमाले उपाध्यक्ष बामदेव गौतम बहुदलीय व्यवस्था स्थापनयताका सबै चुनाव बर्दिया बाट लडे उनले ०४८ ०५१ मा जिते भने ०५६ मा मालेबाट पराजित भए ०६४ मा पुनः पराजय भोगेका गौतम ०७० मा बर्दिया का साथै प्युठान बाट पनि बिजयी भए
यसपटक गौतम पुनः आफ्नौ पूरानै क्षेत्र बर्दिया मा फर्किएका छन 
दीपक बोहोराः राप्रपा नेता दीपक बोहोरा पञ्चायतकालपछि बहुदलीय व्यवस्थामा पनि लगातार सबै चुनाव रुपन्देहीबाट लडिरहेका छन् तर, उनले ०४८ पछि लगाातार वटा चुनाव हारेर पाँचाैं पटक रुपन्देही बाट जित निकालेका थिए यसपटक उनी छैठौं प्रतिस्पर्धामा छन् रुपन्देही बाट उनको प्रतिस्पर्धा एमाले उपमहासचिव एवं वैचारिक नेता घनश्याम भुसालसँग हुँदैछ
सर्बेन्द्रनाथ शुक्लः राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लको पनि यो छैठौं प्रतिस्पर्धा हो ०४८ मा राप्रपाबाट पराजित भएका शुक्ल ०५१ मा निर्वाचित भए ०५६ सद्भावनाका यज्ञजित शाहसँग पराजित भएका शुक्ल ०६४ ०७० मा तमलोपाबाट निर्वाचित भए यसपटक उनी राजपाबाट छैठौं पटक प्रतिस्पर्धामा छन 
दीपकुमार उपाध्यायः छैठौं पटक कपिलबस्तुबाट चुनावी प्रतिस्पर्धा गर्न भारतका लागि नेपाली राजदूतबाट राजिनामा दिएर फर्किएका दीपकुमार उपाध्यायले..यसपटक कपिलवस्तु मा माओवादी नेता बलदेव खनालको सामना गर्दैछन 
विसं. ०४८ ०५१ मा कपिलवस्तु बाट निर्वाचित कांग्रेस नेता उपाध्याय ०५६ मा राप्रपाका वृजेशकुमार गुप्तासँग पराजित भएका थिए ०६४ मा पुनः कपिलवस्तु बाट निर्वाचित उपाध्याय ०७० मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए
प्रदेश नम्बर का एक्ला शेरबहादुर
लगातार टिकट पाउने जित्ने नेताहरु प्रदेश नम्बर मा खासै देखिएका छैनन् कांग्रेस नेता पूर्णबहादुर खड्का धेरै पटक चुनाव लडे पनि निरन्तरता नपाएका नेता हुन्
प्रदेश नम्बर मा भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा गृहजिल्ला डडेलधुरामा छैठौं पटक अपराजित यात्रा कायम राख्दै चुनावी प्रतिस्पर्धामा छन् यसपटक पनि उनले ०६४ ०७० का परिचित प्रतिद्वन्द्वी माओवादी नेता खगराज भट्टको सामना गर्नेछन 
जो बहुदलपछि लगातार सातौं चुनाव लड्दैछन्
बहुदलीय व्यवस्था स्थापनापछि नेपालमा दुईवटा संविधानसभा चुनाव सहित पाँचवटा आम चुनाव भए मंसिरमा हुने चुनाव छैठौं हो तर, यसपटक कांग्रेस एमालेका दुईजना यस्ता नेता छन्, जो यही अवधिमा पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् अहिले साताैं पटक प्रतिस्पर्धामा छन 
कृष्णप्रसाद सिटौला,नेपाली कांग्रेस
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापाबाट सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् हुनत ०४८ पछि वटा चुनाव भए तर, उपचुनावसमेत लडेका कारण सिटौलाको यो सातौं प्रतिस्पर्धा हो ०४८ मा झापा मा एमालेका द्रोणाचार्य क्षेत्रीसँग हजार मतले पराजित भएका थिए सिटौला तर क्षेत्रीको बीचमै निधन भएका कारण पुनः भएको उपचुनावमा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरे
०५१ मा एमालेकै पुष्प पोखरेलसँग दोस्रो पटक पराजय भोगेका सिटौला ०५६ मा एमालेकै नारायण राजवंशीलाई पराजित गरेर फेरि सांसद बने ०६४ मा माओवादीका पूर्ण राजवंशीसँग पराजित भएका सिटौलाले ०७० मा राप्रपाका राजेन्द्र लिङदेनलाई पराजित गरे यसपटक सिटौलाको प्रतिस्पर्धा पुनः राजेन्द्र लिङदेनसँगै हुँदैछ लिङदेनलाई वामपन्थी गठबन्धनको साथ
कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले
०४८ सालमा काठमाडौं मा महासचिव मदन भण्डारीले चुनाव जितेपछि कृष्ण गोपाल श्रेष्ठ उपचुनावमा काठमाडौं बाट निर्वाचित भए त्यसपछि ०५१ मा पुनः निर्वाचित भएका श्रेष्ठ ०५६, ०६४ ०७० का तीनओटै निर्वाचनमा काठमाडौं बाट पराजित भए श्रेष्ठले ०७० पछि माधव नेपालले छाडेर रिक्त रहेको काठमाडौं बाट पुनः उपचुनाव लडे तर, उनी कांग्रेसका दीपक कुइँकेलसँग पराजित भए यसपटक श्रेष्ठ पुनः काठमाडौं बाट चिर परिचित प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितसँग चुनाव लड्दैछन 

-मात्रिका पौडेल 



सेयर गर्नुस्

0 comments: