मुख्यमन्त्रीमा एमालेका दुईको दाबी

कार्तिक १७, २०७४-दोस्रो चरणको चुनावी माहोल तातिएसँगै प्रदेश नम्बर को मुख्यमन्त्री को हुने भन्ने चर्चाले पनि विभिन्न दलका नेता कार्यकर्ता सर्वसाधारणबीच हुने चिया गफमा विशेष चासो चर्चा हुन थालेको  

अहिले सबैभन्दा धेरै चर्चामा आएका छन्, एमाले केन्द्रीय सचिव भीमप्रसाद आचार्य पोलिटब्युरो सदस्य शेरधन राई आचार्य सुनसरी क्षेत्र को बाट प्रदेशसभा उम्मेदवार हुन् भने राई भोजपुर बाट उम्मेदवार छन् मुख्यमन्त्रीका लागि आचार्य राईले प्रदेशसभामा उम्मेदवारी दिएका बताइएको आचार्य नम्बर प्रदेशका संयोजक हुन् भने राई सहसंयोजक प्रदेश नम्बर मा अरू दलबाट खासै दाबी नभइरहेको अवस्थामा मुख्यमन्त्रीका आकांक्षी आचार्यले भने, ‘प्रदेश सरकारको समन्वयात्मक नेतृत्व गर्न मैले प्रदेशसभामा उम्मेदवारी दिएको हो
मुख्यमन्त्रीको दाबेदारी अर्का नेता राई पनि देखिएका छन् नि ? दलका पूर्वसचेतकसमेत रहेका उनले छोटो प्रतिक्रिया दिँदै भने, प्रदेश को मुख्यमन्त्रीमा राईसँगको दाबेदारीबारे पार्टीमा मिलाउँछौं ’ एक नम्बर प्रदेश संगठन कमिटी संयोजक आचार्य सुनसरी अन्तर्गत पर्ने धरान उपमहानगरको ११, १६, १७, १८ २०, साविक बराहक्षेत्र, भरौल बक्लौरीका मतदाताले फेरि जिताए मुख्यमन्त्रीका लागि उनको सम्भावना बढ्ने एमाले नेता कार्यकर्ता बताउँछन्  
मुख्य मन्त्रीका लागि आचार्यभन्दा एक कदम अगाडि बढेर राईले आफू को पहिलो प्रमुख दाबेदार भएको बताए उनले भने, चुनावपछि पार्टीले निर्णय गर्नु बेग्लै हो मुख्यमन्त्री हुने दाबेदारी अरू नेताले पनि पाउँछन् तर मसँग यसका योग्यता उनले आफू प्रतिनिधिसभा संविधानसभामा दुईपटक विजयी भएको प्रदेश को जाति, भाषा, संस्कृति, भूगोलको संवेदनशीलताबारे जानकार भएकाले मुख्यमन्त्री दाबी गरेको बताए  सानै उमेरमा राजनीतिक उचाइ लिएका राई भोजपुर बाट दुईपटक विजयी भएका थिए सूचना तथा सञ्चारमन्त्री समेत रहिसकेका राई उक्त पदका दाबेदार हुन् उनको नाम पनि एमाले वृत्तमा उत्तिकै चर्चामा उनले ०७० को दोस्रो संविधानसभा चुनावमा भोजपुर बाट ११ हजार सय २० मत ल्याएर कांग्रेसका बालकृष्ण थापालाई हराएका थिए
आचार्यले सोही चुनावमा सुनसरी बाट कांग्रेसका रामबहादुर बस्नेतलाई २६ सय मतअन्तरले पछि पार्दै विजयी भएका थिए यसअघि माओवादी केन्द्रले प्रदेश नम्बर को मुख्यमन्त्री पोलिटब्युरो सदस्य गोपाल किराँतीको नाम अघि सारेको थियो तर माओवादी केन्द्रको उपस्थिति पूर्वमा कमजोर भएसँगै एमाले माओवादी केन्द्रको चुनावी गठबन्धनले यसलाई अघि ल्याएन
अहिलेसम्म कांग्रेसले प्रदेश को मुख्यमन्त्रीका दाबेदारको नाम सार्वजनिक गरेको छैन कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका वाणिज्यमन्त्री मीन विकले कांग्रेसमा हालसम्म प्रदेश नम्बर को मुख्यमन्त्रीको दाबेदारबारे कुनै छलफल नभएको बताए उनले भने, हाम्रो पाटीभित्र त्यस्तो दाबीबारे कुनै कुरा भएको छैन
माओवादी केन्द्र पोलिटब्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बोले मुख्यमन्त्रीको दाबेदार आफ्नो पार्टी नभएको बताए पार्टीको जनवर्गीय संगठन लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष भएकाले मुख्यमन्त्रीको दाबी गरे पनि बाम गठनबन्धनले सुनसरीमा आफूलाई सिट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकाले मुख्यमन्त्री एमालेले नै पाउने उनले बताए  




सेयर गर्नुस्

0 comments: