शुक्रबार बिर्तामोडमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा ११ का नरेश थापाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।
इलाका प्रहरी कार्यालय, अनारमनीमा शनिवार बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, प्रहरी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिएकी हुन् ।
उपप्रमुख प्रसाईंका अनुसार मृतकको किरिया खर्च स्वरुप बिर्तामोड नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिनेसमेत निर्णय भएको छ । यसैगरी बिर्तामोड उद्योग वाणिज्य संघले पनि १० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।
मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने सहमति भएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाका अनुसार मृतक थापाकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाइदिने पनि सहमति भएको छ ।
बिर्तामोड घटनामा गोली लागेर घाइते भएका एकजनालाई बिराटनगरमा उपचार सम्भव नभए पछि काठमाडौं लाने तयारी भएको पनि जनाइएको छ । प्राप्त जानकारी अनुसार हिजोको घटनामा घाइते भएकाहरुमध्ये चारजनाको बी एण्ड सी अस्पतालमा र २ जनाको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच प्रहरी, प्रशासन र राजनीतिक दलहरुले शनिवार अपरान्ह संयुक्त पत्रकार सम्मेलन गरी सहमतिका बुँदाहरु सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ ।
बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको बताइएको छ ।
बिर्तामोडका डीएसपी सिलवाल जिल्ला तानिए
बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।
बिर्तामोडका डीएसपी सिलवाल जिल्ला तानिए
बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।
स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए ।
सिलवाललाई जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।
http://blastkhabar.com/

0 comments: