इलाममा १७ मतदान केन्द्र थपिए (कहाँ कति ? सूचिसहित)

 आगामी २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा प्रदेश सभा सदस्यका निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् जिल्लाको एक सय ४४ मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लामा मतदान केन्द्र दुई सय ६६ पुगेको यसअघि जिल्लामा एक सय ४४ मतदान स्थल दुई सय ४९ मतदान केन्द्र थिए मतदान स्थल भने थपिएको छैन
वटा नगरपालिका वटा गाउँपालिका सहति १० स्थानीय तह रहेको जिल्लाका आठ स्थानीय तहमा १७ वटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले नयाँ बुलन्दलाई जानकारी दिए
उनका अनुसार इलाम नगरपालिकामा चार वटा केन्द्र थपिएका छन् २४ मतदान स्थाल ४१ वटा मतदान केन्द्र रहेको इलाम नगरपालिकामा अब मतदान केन्द्रको संख्या ४५ पुगेको २१ वटा मतदान स्थल ४७ वटा मतदान केन्द्र रहेको सुर्योदय नगरपालिकामा एउटा मतदान केन्द्र थपिएको ।देउमाई नगरपालिकामा चार वटा मतदान केन्द्र थपिएका छन्
१८ मतदान स्थल २७ मतदान केन्द्र रहेको देउमाईमा मतदान कन्द्र ३१ कायम गरिएको ११ मतदान स्थाल २४ मतदान केन्द्र रहेको माई नगरपालिकामा दुई मतदान केन्द्र थपिएका छन् चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिकामा दुई दुई मतदान केन्द्र थपिएका छन् यसअघि चुलाचुलीमा मतदान स्थल १८ मतदान केन्द्र तथा फाकफोकथुममा १४ मतदान स्थल १९ मतदान केन्द्र थियो
त्यसैगरी माङसेबुङ रोङ गाउँपालिकामा एक एक वटा मात्र केन्द्र थप भएका छन् त्यहाँ क्रमश १० मतदान स्थल १६ मतदान केन्द्र तथा १३ मतदान स्थल १९ मतदान केन्द्र थिए
सन्दकपुर माईजोगमाईमा भने केन्द्र थप नभएको सुचना अधिकारी लिम्बूले जानकारी दिए सन्दकपुरमा १३ मतदान स्थल १८ केन्द्र तथा माईजोगमाईमा ११ मतदान स्थल २० मतदान केन्द्र छन्
इलाममा मतदान स्थल मतदान केन्द्र थप गर्न जिल्ला निर्वाचन कार्यालयले राजनीतिक दलसँग परामर्श गरी आयोगमा सिफारिस गरी पठाएको थियो तर आयोगले मतदान स्थल पुरानै कायम रहने गरी मतदान केन्द्र बढाएको हो
इलाममा स्थानीय तहको मतदाता संख्या भन्दा १४ हजार सात सय ७२ नयाँ मतदाता थप भएका छन्
स्थानीय तहको निर्वाचन लगत्तै निर्वाचन आयोगले प्रत्येक निर्वाचन कार्यालय स्थानीय तहमा फोटोसहितको मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरेपछि मतदाता बृद्धि भएको हो
प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् जसमध्ये ९९ हजार तीन सय ५० महिला, एक लाख चार हजार सय ९४ पुरुष दुई जना तेश्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको
http://nayabulanda.com/



सेयर गर्नुस्

0 comments: