पूर्वमन्त्री राई र आचार्य एमालेबाट १ नम्बर प्रदेशको मुख्यमन्त्री दाबेदार

नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट पूर्व सञ्चारमन्त्री शेरधन राई पूर्व पर्यटन मन्त्री भीम आचार्यले दाबी गरेका छन् पार्टीका स्थानीय कमिटीले दुवै नेताको नाम प्रदेश सभा निर्वाचनमा लागि सिफारिस गरेका छन् राई भोजपुर बाट आचार्य सुनसरी को बाट सिफारिस भएका हुन्
राई आचार्य दुवैले प्रदेशको मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेश सभा निर्वाचन लड्न लागेको बताए राई केपी ओली

निकटका नेता हुन् भने आचार्य माधव नेपाल निकटका नेता हुन् आचार्य नम्बर प्रदेश कमिटीको संयोजक हुन् भने राई सहसंयोजक हुन्
प्रदेशको मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभा चुनाव लड्न लागेको हुँ,’ पूर्वमन्त्री राईले भने, ‘पार्टीमा औपचारिक निर्णय नभएपनि अनौपचारिक छलफल भएको यसैअनुसार मैले तयारी थालेको हुँ उनी केपी ओली सरकारमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए

उनी दुई पटक भोजपुर बाट निर्वाचित भइसेकका सांसद हुन् २०५६ को आम निर्वाचनमा पहिलो पटक निर्वाचित हुँदा उनी २५ वर्षका मात्रै थिए २०५६ को संसदमा उनी सबैभन्दा कान्छो सांसद थिए २०७० को संविधान सभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका 
हुन्
उनी व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सभापति थिए यसैबेला उनलाई अध्यक्ष ओलीले सञ्चारमन्त्री नियुक्त गरेका थिए पार्टीमा निर्णय भइसकेको छैन,’ उनले भने, ‘तर मेरो दाबी मुख्यमन्त्रीमा हो
राईले जस्तै आचार्यले पनि आफ्नो दाबी मुख्यमन्त्रीमै रहेको बताए नम्बर प्रदेशलाई विकास समृद्धिमा अगाडि बढाउन मैले भूमिका खेल्न सक्छु भनेर नै मुख्यमन्त्रीमा दाबी गरेको हुँ,’ उनले भने, ‘पार्टीमा अनौपचारिक छलफल भइरहेको आचार्य सुशील कोइराला सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्री भएका थिए तर, अध्यक्ष ओलीले उनलाई हटाएर दीपक अमात्यलाई मन्त्री बनाएका थिए
आचार्य २०७० को संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर बाट निर्वाचित हुन् आउने मंसिर १० २१ गते हुने निर्वाचनबाट प्रदेश सभा बन्ने प्रदेश सभामा बहुमत ल्याउने दलले प्रदेश सभा सदस्य मध्येबाट मुख्यमन्त्री निर्वाचित गर्नेछ
माओवादी एमाले तालमेल गरेपछि यो प्रदेशमा बाम गठबन्धन बलियो बनेको प्रदेश नम्बर मा एमालेभन्दा माओवादी निकै कमजोर देखिएकाले गठबन्धनबाट एमाले उम्मेदवार मुख्यमन्त्री बन्ने सम्भावना बलियो

सेयर गर्नुस्

0 comments: