क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन सुरु, फौजी कार्यदिशा सहितको क्रान्तिको रणनीति तय गर्दै

पोखरा नेकपा (क्रान्तिकारी माओवादी) को पहिलो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको सम्मेलनको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यकिरणले उद्घाटन गर्ने कार्यक्रम रहेको

साम्राज्यवाद, विस्तारवाद सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं ! दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दैै नयाँ एकताबद्ध क्रान्तिकारी पार्टीको निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ! भन्ने मूल नारासहित सुरु भएको सम्मेलनमा परिवर्तित पछिल्लो राजनीतिक अवस्थाबारेमा आफ्नो पार्टीको धाराणासमेत तय गर्नेछ
यहि असोज १७ गते वाम ध्रुविकरणको नाममा माओवादी केन्द्र एमालेमा विलिन हुन पुगेपछि माओवादी आन्दोलनको एकमात्र उत्तराधिकारीका रुपमा रहेको क्रान्तिकारी माओवादीको यो राष्ट्रिय सम्मेलनलाई महत्वका साथ हेरिएको
सम्मेलनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि फौजी कार्यदिशासहितको पार्टीको आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतिक ले जानकारी दिए
नेपालमा जनयुद्धको नेतृत्व गरेका प्रचण्डबाबुरामले नै गद्दारी गरी प्रतिक्रियावादी कित्तामा पुगेपछि नयाँ जनवादी क्रान्ति पूरा गर्ने जिम्मेवारी आफूहरुको भएकाले अब क्रान्ति पूरा गर्नका लागि फौजी हस्तक्षेपसहितको कार्यनीति तय गर्ने सो पार्टीले जनाएको
वि.सं. २०७२ सालमा परि थापा नेतृत्वको नेकपा (एकीकृत) सँग पार्टी एकतापछि बनेको क्रान्तिकारी माओवादीको यो पहिलो राष्ट्रिय सम्मेलन हो सम्मेलनमा केन्द्रीय समितिद्वारा पारित पार्टी अध्यक्ष मोहन वैद्य किरण को पार्टीको रणनीति, कार्यनीति, कार्यक्रम कार्यदिशासहितको राजनीतिक प्रतिवेदन छलफलपछि पारित गर्नेछ
राष्ट्रिय सम्मेलनमा देशभरीबाट आयोजकसहित सय प्रतिनिधि ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता प्रतिकले बताए मध्यान्ह १२ बजेदेखि राष्ट्रिय सम्मेलनको औपचारिक उद्घाटन सुरु हुनुअघि केन्द्रीय समितिको बैठक बसिरहेको
सम्मेलनको उद्घाटन सत्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई निमन्त्रणा गरिएको भने संसदवादी ठूला पार्टीहरुलाई बोलाइएको छैन 



सेयर गर्नुस्

0 comments: