भारतले नेपालमा बनाउने कोशी उच्च बाँध यतिसम्म भयावह हुनेछ

मधेसमा स्थानीय निर्वाचन सम्पन्न भएपछि देशको राजनीति सङ्लिन थालेको हिंसा, आक्रोश बितन्डाको धमिलो बाढी मत्थर हुँदैछ अबको राजनीति जनताको घरवास जीविकाको सुरक्षामा केन्द्रित हुने आशा पलाएको नवनिर्वाचित प्रतिनिधिहरुले यस्तै वाचा गरिरहेका छन् तर, मधेसमा अबको राजनीति सजिलो हुने छैन

मधेसको घरवास जीविका ध्वस्त पार्न हाइड्रोजन बम चाहिँदैन, हाइड्रो (पानी) बम भए पुग्छ सुनसरीको बराह क्षेत्र उदयपुरको मैनामैनीमा त्रिशूल आकारको सय ६९ मिटर ( सय ८३ फिट) अग्लो सप्तकोसी उच्च बाँध नामक चुरे पर्वतजत्रो भीमकाय हाइड्रो बम राख्न नेपाल तयार भएको यसको पूर्वी बाँधले तमोर, बीचको बाँधले अरुण पश्चिम बाँधले सुनकोसीको पानी थुनेर सप्तकोसी स्टोरेज (महाकुण्ड)मा १३. अर्ब घनमिटर पानी जम्मा गर्नेछ

जम्मा चार अर्ब घनमिटर पानी अचल (डेड स्टोरेज) भएर बस्नेछ यो संरचना दक्षिण एसियाकै शक्तिशाली पानी बम (हाइड्रो बम) हुनेछ संक्रमणकालीन अन्धकारको फाइदा उठाएर, मध्यमधेसको टाउको मध्यपहाडको कोखामा यो बम राख्न विसं २००९ मा मातृकाप्रसाद कोइरालाले, ०६६ मा माधवकुमार नेपालले ०७४ मा शेरबहादुर देउवाले भारतलाई अनुमति दिइसकेका छन्
देउवाले मधेसको चुनावी सभामै हुंकार गरेका छन्, यसले मधेसको हित गर्नेछ यसको पानीले बिहारको ११ लाख नेपालको झापादेखि पर्साको ठोरीसम्मको लाख ५० हजार हेक्टर भूमिमा सिँचार गर्ने योजना यसैबाट हजार सय मेगावाट विद्युत् उत्पादन गरिनेछ , कोसीमा पाँच अर्ब घनमिटर पानी छाडिनेछ
खतराको घन्टी
भूकम्प संवेदनशीले क्षेत्र शिवालिक पर्वतमालाको बलौटे ढिस्कामा खडा हुन लागेको यस संरचनाले नेपालको भीमनगर, हनुमाननगर, गोबरगाढा राजविराज तथा भारत बिहारको वीरपुर, पूर्णिया, कटिहार, निर्मली कुर्सेला बजारलाई आतंकको छायामा राख्नेछ जल भण्डारणका कारण धनकुटाको मूलघाट बजारलाई पूर्णतः डुबाउनेछ धनकुटा, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, तेह्रथुम, पाँचथर ओखलढुंगाका सय गाउँ मधेसका मोरङ, सुनसरी सप्तरीका ४२ गाउँका ५५ देखि ७५ हजार मानिसको उठिबास गराउनेछ मधेसको रक्षा गर्न उभिएको चुरेलाई कोसीको पानी डुबाएर, बालुवा बनाउँदै बंगालको खाडीमा पुर्याइदिनेछ पहाडमा डुबार पहिरो तथा मधेसमा कटान, डुबान तथा मरुभूमीकरण निम्त्याउनेछ कदाचित दुर्घटना भइहाल्यो भने महाविनाश अवश्यम्भावी
सप्तकोसीको जलाधार क्षेत्र एक लाख वर्ग किलोमिटरभन्दा बढी कञ्चनजंघा, जनक, सगरमाथा, महालङ्गुर लाङटाङ हिमालदेखिको पानी बाढी सोहोरिएर सप्तकोसीमै आउँछ यसका मुख्य शामा तामाकोसी, भोटेकोसी अरुण नदी सात हजार मिटर उचाइको तिब्बतबाट आउँछन् त्रिवेणीमा सुनकोसी तमोर थपिन्छ सगरमाथाबाट दूधकोसी, रोल्वालिङबाट लिखु लाङटाङबाट इन्द्रावती आएर यसैमा मिसिन्छन् तमोर अरुणको जलाधार क्षेत्रमा रहेको हिमतालबाट निस्केको वरुण नदी कोसीमै आउँछ तिब्बत नेपालका सानाठूला गरी हजार सयजति नदीको पानीले बराह क्षेत्रको गल्छीमा सप्तकोसीको रुप लिन्छ यही पानी मधेस झरेपछि उद्दण्ड हुन्छ विनाशकारी रुप लिन पुग्छ कोसीमा सामान्यतः हजारदेखि हजार सय ६६ घनमिटर÷प्रतिसेकेन्ड पानी बग्छ वर्षात्को समयमा यही पानी १८ गुणासम्म बढेर पूर्वमा ५० माइल पश्चिममा ८० माइलसम्म डुबान, कटान गर्छ
सप्तकोसीको पानीको धार इस्पातको तरबारजत्तिकै , जसले तीव्र कटान गर्छ अत्यधिक ढुंगा, माटो बालुवा बोकेर हिँड्छ यसको चरित्र चीनको ह्वाङहो नदीजस्तै महाकाल रुपको त्यसैले यसलाईबिहारको दुःखभनिएको हो
बिहार सरकारको अभिलेख अनुसार कोसीमा हरेक तीन वा पाँच वर्षमा प्रलय आउँछ सन् १९५४ मा कोसीमा २४ हजार सय घनमिटर÷प्रतिसेकेन्ड पानी थाम्न सक्ने क्षमताको बनाइएको थियो त्यसै वर्ष गरिएको अध्ययनमा त्यत्रो बाढी आउनुमा अरुण क्षेत्रका पाँचवटा सुनकोसी क्षेत्रका चारवटा हिमताल फुटेको पाइएको थियो
त्यसयता कोसीमा १४ पटक ठूलो बाढी आएको ०६५ मा आएको बाढीले कोसी किनाराका तटबन्ध भत्काएर नेपालका सय ४१ गाउँ बिहारका हजार गाउँलाई बिचल्लीमा पारेको थियो यस वर्षको बाढीले पनि मधेस बिहारलाई चिल्लीबिल्ली बनायो यी बाढीहरु सामान्य स्तरका भनिए पनि विनाशकारी थिए यसैलाई नियन्त्रण गर्ने निहुँमा सप्तकोसीमा उच्च बाँध बनाउन लागिएको हो
अरुण जलाधार क्षेत्रमा सय ३७ हिमकुण्ड सय २९ हिमताल छन् यी मध्ये २४ हिमताल खतराको सूचीमा छन् दूधकोसी जलाधार क्षेत्रमा ३६ हिमकुण्ड सय ९६ हिमताल छन् सुनकोसी जलाधार क्षेत्रका ४५ हिमतालमध्ये १० खतरनाक छन् अरुण क्षेत्रका तीन सुनकोसी क्षेत्रका चारवटा हिमताल कुनै पनि बेल फुट्ने अवस्थामा छन् अरुणका पाँच सुनकोसीका चारवटा हिमाल फुटिसकेका छन् हाललाई बुझ्नुपर्ने कुरा यति हो, सप्तकोसी जलाधार क्षेत्रमा हजार सय ५० भन्दा बढी हिमताल छन् तिनलाई मध्यस्तरका भूकम्पले पनि फुटाउन सक्छन् यिनलाई नियन्त्रण गर्ने शक्ति प्रविधि भारत नेपाल दुवैसँग छैन
बाँध अभियान
सप्तकोसी उच्च बाँध कोसी सम्झौताकै अंग हो सम्झौतामा यति ठूलो बाँध राख्ने सर्त थिएन सम्झौतापछि दुई सरकारबीच भएका लेटर अफ एक्सचेन्जहरुका आधारमा सन् १९६६ मा यो विशाल संरचना थपिएको हो भारतले मुख्य स्वार्थहरु लेटर अफ एक्चेन्जबाट पूरा गर्ने नीति सन् १९५० को सन्धिदेखि नै लिँदै आएको
सिम्रौनगढका कर्नाटवंशी राजाहरुले आफ्नो राज्य जोगाउन कोसीको पश्चिम किनारामा बर्सेनि तटबन्ध लगाउने गरेको इतिहास पाइन्छ अंग्रेजहरुले सन् १७३८ देखि बाढीको रेकर्ड राखेको देखिन्छ भारतको केन्द्रीय सरकारले मुख्य इन्जिनियर डब्ल्यू इंग्लिसको नेतृत्वमा सन् १८९३ मा कोसीको फिल्ड सर्वे गराएर रिपोर्ट लिएको थियो त्यस रिपोर्टमा कोसीलाई नियन्त्रण गर्नुभन्दा प्राकृतिक रुपमै छोड्नु उपयुक्त हुने, कोसीलाई बाँध्न खोजे ठूलो खतरा मोल्नुपर्ने चेतावनी दिइएको थियो
सन् १९४१ को बाढीले नेपालको हनुमाननगर भीमनगर बगायो, बिहारमा ठूलो क्षति गर्यो त्यसै वर्ष भारतको केन्द्रय सिँचाइ तथा जल कमिसनका निर्देशक कालड इंग्लिसले फिल्ड सर्वेक्षण गरेर नेपालको त्रियुगा क्षेत्रमा बाँध लगाउनुपर्ने सुझाव दिए १९४५ मा लर्ड बेबेलले हवाई सर्वे गरेर बराह क्षेत्रमै बाँध लगाउनुपर्ने निष्कर्ष दिए १९४६ मा भारतको जल तथा ऊर्जा विभागका केन्द्रीय अध्यक्ष एएन खोसलाको प्राविधिक कमिटीले बराह क्षेत्रमा सय ८३ मिटर अग्लो बाँध चतरामा सानो बाँध लगाउन सुझाव दियो त्यसले बराह क्षेत्रमा महाकुण्ड (स्टोरेज) बनाएर हजार सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने भारत तथा नेपालको तीन हजार वर्ग माइल क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन सकिने सुझाव दिएको थियो
सन् १९४७ मा बिहारको निर्मलीमा भएको प्राविधिकहरुको बैठकले खोसला योजनाको बाँध मिटर बढाएर, बराह क्षेत्रको दक्षिणमा सय ८८ मिटर अग्लो बनाउनुपर्ने निष्कर्ष निकाल्यो तर, बराह क्षेत्रको धार्मिक स्थल डुबानमा पर्ने देखिएपछि बाँधस्थल . किलोमिटर उत्तर सारेर सुनाखम्बी क्षेत्रमा बनाउने योजना दियो सन् १९५४ मा कलकत्तामा बसेको प्राविधिकहरुको बैठकले सय १२ वर्ष (१७३८१९५०) को अन्तरालमा कोसी नदी ७१.५० किलोमिटर पश्चिम सरेको पाएपछि पश्चिम किनारामा तत्काल बाँध लगाउन सुझाव दियो
भारत स्वतन्त्र हुनुअघि सन् १९४६ मा अंग्रेजले सप्तकोसी परियोजनलाई तीन चरणमा डिजाइन गरिदिएको थियो कोसीको बाढी नियन्त्रण गर्न भीमनगरमा ब्यारेज बनाउने पहिलो चरणको काम सन् १९५९६३ मा पूरा भयो कोसी ब्यारे पूर्वपश्चिम राजमार्गको अंग बन्यो कोसीको पूर्वी किनारामा सय ४१ किलोमिटर तटबन्ध बनाउने दोस्रो चरणको काम सन् १९५७ मा गरिए यसका कारण हरेक वर्ष नेपालका ४५ भारतका सय ८६ गाउँ डुबानमा पर्छन् तेस्रो चरणको काम बराह क्षेत्रमा बहुद्देश्यीय उच्च बाँध बनाउनु थियो तर, पञ्चायतकालमा यो काम अघि बढ्न सकेन
बहुदल आएपछि महाकाली पञ्चेश्वर तथा गणतन्त्र आएपछि कर्णाली अरुण लिएपछि भारतले नेपालको राजनीतिक वातावरण आफू अनुकूल पायो अनि, सप्तकोसी उच्च बाँध बनाउन दबाब दियो विसं ०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यसको पनि स्वीकृति पायो डेढ महिनाअघिको भारत भ्रमणका दौरान प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीको कोसी उच्च बाँध परियोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए नेपालमा खोलिएको जेपीओ (ज्वाइन्ट प्रोजेक्ट अफिस) मार्फत संयुक्त प्राविधिक टोलीले यसको डीपिआर बनाउँदैछ
विकल्पको मृत्यु
नेपालको पहिलो नरह चन्द्रनहरका इन्जिनियरद्वय बीएन शर्मा नरमर्दन थापाले सप्तकोसी उच्च बाँध भारतको हितमा हुने तर नेपाललाई भने लाभभन्दा बढी क्षति हुने सुझाव दिएका थिए त्यसैले नेपालले सप्तकोसी उच्च बाँध रोक्न सन् १९८५ मा सुनकोसीकमला डाइभर्सन परियोजनालाई विकल्पका रुपमा अघि सार्यो कुरुलेमा १६. किलोमिटर सुरुङ बनाएर सुनकोसीको पानी कमलामा झारेर सप्तकोसीको बाढी घटाउने, कमला सिँचाइमार्र्फत सिरहा, सर्लाही, रौतहट धनुषासम्म सिँचाइ पुर्याउने, त्यसबाट हजार सय मेगावाट विद्युत् समेत उत्पादन गर्ने योजना थियो यस योजनामा उदयपुरको कुरुले गाउँ उठाए पुग्थ्यो तर, यसलाई भारतले रोकिदियो, माधव नेपालले निमोठी दिए अन्ततः देउवाले सद्गत गरिदिए सप्तकोसी उच्च बाँध बन्ने पक्का भयो यसको डीपीआर स्वीकृत भएपछि नेपालमा उठिबास सुरु हुनेछ
नेपाल सरकारले बस्ती उठाएर मानिसलाई अलपत्र पारेको फेहरिस्त ठुलै तर, व्यवस्थित गरेको रेकर्ड छैन अब यस्तो समस्याको समाधान गर्ने जिम्मा स्थानीय प्रदेश सरकारको टाउको पर्नेछ कोसीका बाढीपीडितको अगुवाइ गरेका पूर्वशिक्षक एवं सामाजिक अभियन्ता उपेन्द्र यादवको संघीय समाजवादी फोरम अहिले मधेसको प्रभावशाली राजनीतिक पार्टी बनेको तर, पनि चिन्ता जिवित , नवनिर्वाचित प्रतिनिधिहरुले सप्तकोसी हाइड्रो बमको आतंकबाट पहाड मधेसको घरवास जीविकाको आधार सुरक्षित गर्न सक्छन् कि सक्दैनन् ? सकेनन् भने महाविनाशको आह्वान पनि कोसीकै उत्ताल छालमा परेर अलापविलाप गर्नुपर्नेछ यसमा शंका छैन
लेखकः हस्त गुरुङ 
नेपाल साप्ताहिकबाट



सेयर गर्नुस्

0 comments: