ब्यवस्थापिका संसदले आकर्षक सुविधा सहितको प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । संसदको आजको बैठकमा निर्णयार्थ प्रस्तुत भएको विधेयक पारित सम्बन्धी प्रस्तावमा बुहमत सदस्यले समर्थन
गरेका हुन् । प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा जम्बो सचिवालय राख्न सक्ने प्रावधानसहितको विधेयकमा मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने ब्यवस्था गरिएको छ । १५ लाख रुपैयाँ बिमा सुविधा सहित विधेयकमा प्रदेश प्रमुखलाई स्वेदशभित्र दैनिक ३ हजार र विदेशमा तीन सय अमेरिकी डलर भ्रमण भत्ता दिने व्यवस्था छ । विदेश भत्ताको सो रकममा पनि देशअनुसार थप भत्ता पाउने व्यवस्था छ । संविधानले प्रदेशहरूमा केन्द्र सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुखलाई आलंकारिक भूमिका मात्रै दिएपनि यस्तो आलंकारिक पदका लागि समेत विधेयकमा सचिवस्तरको समेत एक दर्जन कर्मचारी नियुक्त गर्न पाउने सचिवालय, निजी चिकित्सकसहित विज्ञ नियुक्तिको सुविधा दिईएको छ । संसद बैठकले भाषा आयोग विधेयक सर्वसम्मत्तीले पारित गरेको छ । संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै संसदले सो विधेयक सर्वसम्मत पारित गरेको हो । योसँग गठन भएको १३ महिनापछि भाषा आयोगको काम, कर्तव्य र क्षेत्राधिकार माथि ऐन संसदले पारित गरेको छ । भोली बस्ने संसदको अन्तिम बैठकमा शीर्ष नेताहरुले सम्बोधन मात्र गर्ने कार्यक्रम तय भएपनि आजको बैठकमा दुई वटामात्र विधेयक पारितको कार्यसूची तय गरिएको थियो । यस्तै आजको बैठकमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय बिशेष समितिको प्रतिवेदन प्रस्तुत भएको छ । संविधानसभाको दोस्रो निर्वाचनका समय धाँधली भएको भन्दै माओवादी केन्द्रले छानविनको माग गरेपछि चार बर्षअघि गठन भएको समितिले संसदको कार्यकाल सकिन एक दिनमात्र बांकी हुँदा आफ्नो प्रतिवेदन संसदमा प्रस्तुत गरेको हो । समिति संयोजक राजपा नेता लक्ष्मणलाल कर्णले बैठकको सुरुमै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आकर्षक सुविधासहितको प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक पारित
प्रकाशित मिति: 10/13/2017 09:10:00 AM

0 comments: