परिवर्तनको लागि रंगमञ्‍च आवश्यक छ

युवराज शर्मा 
गाउँमा रहेर निरन्तर रंगकर्म गरिरहेका रंगकर्मी युवराज शर्मा  सोलुखुम्बु जिल्लाको नेचा सल्यास गाउँपालिका वडा नम्बर  मा बस्छन्। बाबु भवानीशंकर शर्मा  आमा ओमकुमारी शर्माको कोखबाट जेठो सन्तानका रुपमा जन्मिएकायुवराज समाज रुपान्तरणकै निम्ति गाउँमा रहेर रंगमञ्चको विकास गर्ने सोचमा रहेका छन्  उनले हालै मण्डला थिएटर नेपालले आयोजना गरेको तीन हप्ते नाटक निर्देशन वर्कशप लिएर गाउँ फर्कने क्रममा उनीसँग  चेतन आङ्गथुपो ले गरेको कुराकानीको संपादित अशं :

कहिलेबाट रंगमञ्चमा काम गर्नु भो ?
गाउँघरमा हुने सामान्य मेलापात, हाटबजार, विभिन्न सांकृतिक कार्यक्रम हुँदै २०५३ सालमा मेरो आफ्नै लेखन तथा निर्देशनमाअधुरो सपनानाटक मञ्चन गरेसँगै मेरो रंगमञ्चको यात्रा औपचारिक सुरु भयो त्यसपछि २०५४ सालमा  ‘हरियाली वातावरण’, २०५६ सालमापदेशी छोरो’, २०६० सालमापरिवर्तननाटक निर्देशन गरेँ २०७१ सालमा मण्डला थियटर नेपालको नाटकमितज्यूलाई सोलुखुम्बु जिल्लामा नै पहिलो पटक ब्ल्याकबक्स भित्र (आधुनिक प्रविधिको प्रयोग गरी ) सो प्रदर्शन गरियो त्यसपछि २०७२ सालमामैले हिँडेका बाटाहरुनामक नाटक निर्देशनपछि केही वर्ष ग्याप भइयो, अहिले निरन्तर छु
रंगमञ्चमा काम गर्ने प्रेरणा केलाई लिनु हुन्छ ?
सुरुमा गाउँमा हुने नाचगानहरु हुँदा रमाइलोको लागि सहभागी हुने गरिन्थ्यो पछि अलिबुझ्ने भएपछि समाजमा हुने सामाजिक भेदभाव देखि विभेद, सामाजिक कुरितीसम्मले छुन थाल्यो अनि यसलाई हटाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले मैले एउटा माध्यमको रुपमा नाटकलाई छाने केही नाटकहरु लेखन तथा निर्देशन गरें त्यति बेलाको मेरो उद्देश्य नितान्त रुपमा समाजको परिवर्तन नै थियो यसरी हेर्दा मेरो प्रेरणा भनेका समाजका विभेद, भेदभाव विकृतिविसंगति नै हुन्
तपाईंले संस्था स्थापना नै किनगर्नुभयो  ?
हामीले अनौपचारीक रुपमा पहिलैबाट काम गर्दै नै आएका थियौं विस्तारै नाटकको विकासका लागि औपचारिक रुपमा नै संगठित हुनुपर्ने आवश्यकता महसुस गरियो हामीले २०७२ सालमासगरमाथा नाट्य समुहनाममा संस्था दर्ता गर्यौं विशुद्ध रुपमा नाटकमा काम गर्ने यो नै सोलुखुम्बुको पहिलो नाटक संस्था पनि हो
नाट्य समुहले के के काम गर्दै आएका छन् ?
विभिन्न समयमा जनचेतनामलक सडक नाटक प्रस्तुत गर्ने गरेका छौं। स्थानीय स्रोत साधन प्रयोग गरेर आधुनिक नाटक मञ्चन गर्दै आएका छौं विभिन्न साँस्कृतिक कार्यक्रम साथै स्थानीय स्तरमा भएका कलाकारको क्षमता वृद्धिका लागि वर्कशप तथा गोष्ठीको समेत आयोजना गर्ने गरेका छौं
रंगमञ्चले समाजमा कस्तो भूमिका खेलेको हुन्छ ?
समाज परिपर्तनमा समुदायकै बढि चासो भएको पाइन्छ त्यसमा रंगमञ्च मार्फत देखाइने विभिन्न समाजमा घटेका घटनाहरुका सकरात्मक तथा नकरात्मक असरहरुले गाउँमा प्रभाव पारेको हुन्छ समुदायका मानिसहरु रंगमञ्चबीचको अन्तरक्रियाले सामाजिक घटनाक्रमहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको मानिसहरुमा उत्सुकता थपेको   जसले मानिसमा हुने बुझाइको तहलाई विकास गरेको समाजका धेरै सामाजिक मुद्धाहरुलाई नाटकले उठाउने गर्छ त्यसले पारेको असरलाई जस्ताको तस्तै देखाउँछ जसले हाम्रो सामाजिकआर्थिक स्थितिलाई समेत चित्रित गरेको हुन्छ यसरी हेर्दा समाज रुपान्तरणमा रंगमंचले महत्वपुर्ण भूमिका खेलेको पाइन्छ
रंगमञ् किन गर्न आवश्यक  ? 
रंगमञ् भनेको समाजको ऐना हो यसले समाजमा भएका राम्रा नराम्रा पक्षलाई प्रस्तुत गरेर राम्रा कामलाई प्रोत्साहन नराम्रा कामलाई निरुत्साहित गर्दछ यसले समाजमा हुने समस्याका कारणलाई खोजी गर्छ केही हदसम्म समस्या निराकारणका उपायहरु समेत खोजि गर्दछ यसरी हेर्दा समग्र समाज परिवर्तनका लागी रंगमञ् गर्न आवश्यक

साभार - नयाँ बुलन्द डट कम 



सेयर गर्नुस्

0 comments: