इलाममा चुनावी रौनकता बढ्दै

 इलाममा चुनावी रौनकता बढेको आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्यका लागि जिल्लाका दलहरु आन्तरिक तयारीमा जुटेका छन्

नेकपा एमाले माओवादी केन्द्रको बाम गठबन्धन नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबीच मुख्य चुनावी प्रतिष्पर्धा हुने जिल्लामा दुवै दल तयारीमा जुटेका छन् बाम गठबन्धनले आफूले आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा मत माग्ने काम सुरु गरेका छन् लोकतान्त्रिक गठबन्धनले भने अन्तिम नाम टुङ्गो नालागेकाले सुरु गरेका छैनन्
प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्रमध्ये बाम गठबन्धनका एमालेले दुवै क्षेत्र पाएको जसमा क्षेत्र नम्बर मा पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झलनाथ खनाल चुनावी मैदानमा उत्रिने निश्चित भएको कांग्रेसका तर्फबाट भने सो क्षेत्रमा पूर्व जलश्रोत राज्यमन्त्री बेनुपराज प्रसाई चुनावी मैदानमा उत्रिने चर्चा नेता प्रसाईसँगै कांग्रेसका आकांक्षी धेरै छन् खनाललाई चुनौती दिन प्रसाईसहित कांग्रेसका पूर्वक्षेत्रीय सभापति भूपेन्द्र कट्टेल, महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापाको नाम पनि जोडिएका छन् आंकाक्षी धेरै भएकाले कांग्रेसले अझै उम्मेदवारी टुङ्गाइ सकेको छैन
खनाल सो क्षेत्रबाट यसअघि चार पटक विजयी भइसकेका छन् यसअघि दुई निर्वाचन क्षेत्र हुँदा २०४८ तीन क्षेत्र भएपछि २०५१ को संसदीय निर्वाचन तथा २०६४ २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए २०५६ को संसदीय निर्वाचनमा भने नेपाली कांग्रेसका नेता वेनुपराज प्रसाईसँग पराजित भएका थिए
यस्तै क्षेत्र नम्बर मा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ लड्दैछन् नेम्बाङ यसअघि सोही क्षेत्रबाट लागातार तीनपटक निर्वाचित भईसकेका छन् उनी २०५६ को संसदीय निर्वाचन तथा २०६४ २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका हुन् त्यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व सांसद केशव थापा चुनावी मैदानमा उत्रिने भएका छन् उनको निर्णय भईनसेपनि लगभग निश्चित भईसकेको कांग्रेस श्रोतको दावी थापा यसअघि ३०६४ मा सोही क्षेत्रबाट नेम्बाङसँग पराजित भएका थिए २०७० मा भने क्षेत्र नम्बर बाट विजयी बनेका थिए
यता प्रदेशसभा सदस्यका लागि चार क्षेत्रमध्ये तीनवटा नेकपा एमाले एउटा माओवादी केन्द्रको भागमा परेको निर्वाचन क्षेत्र नम्बर () () तथा () नेकपा एमालेको भागमा परेको आफूले पाएको मध्ये एमालेले () मा काजीमान कागतेलाई उम्मेद्वार बनाएको त्यस क्षेत्रमा कांग्रेसका दुर्गा बरालको चर्चा यद्धपी निर्णय भईसकेको छैन क्षेत्र नम्बर () मा भने जिल्लामा उम्मेद्वारको टुङ्गो लागेको छैन जनाको नाम केन्द्रमा पठाईएको जिल्ला सचिवालय सदस्य नवराज शंकरले जानकारी दिए त्यस क्षेत्रमा कांग्रेसको पनि टुङ्गो लागेको छैन पछिल्लो समय डम्बर खड्काको नाम चर्चामा त्यस्तै () मा एमालेले पार्टीका जिल्ला अध्यक्ष रामबहादुर रानालाई उम्मेद्वार बनाएको त्यस क्षेत्रमा कांग्रेसको पूर्व जिल्ला कोषाध्यक्ष डम्बर खड्का जिल्ला सचिव खगेन्द्र देवानको नाम चर्चामा
माओवादीको भागमा परेको () मा भने उम्मेद्वार टुङ्गो लागेको छैन त्यहाँ पार्टीका पोलिब्युरो सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रवण) सहइन्चार्ज हर्क लावती (कान्छा) आकाङ्क्षी भएपछि सहमति हुन सकेको छैन यद्धपी जिल्ला सचिवालयको बहुमत सदस्यको निर्णयले शर्माको नाम सिफारिस गरी केन्द्रमा पठाएको केन्द्रले अन्तिम निर्णय पठाउन बाँकी रहेको माओवादीले जनाएको त्यस क्षेत्रमा कांग्रेसका तर्फबाट पूर्व सांसद नगेन्द्र कुमाल जिल्ला सचिव खगेन्द्र देवानको नाम चर्चामा बाम गठबन्धनले संयुक्त कार्यदल नै निर्माण गरी चुनावमा होमिएको कार्यदलले संयुक्त चुनावी अभियानका कार्यत्रमहरु सञ्चालन गर्ने जनाईएको
यता जिल्लाका अन्य दलहरुले भने औपचारिक तयारी सुरु गरेका छैनन् संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुत्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेशन लगायतका दलहरुले पनि निर्वाचनमा सहभागिता जनाउने छन् तर उम्मेद्वारको टुङ्गो लाग्न नसकेकाले चुनावी तयारी सुरु गरेका छैनन्
http://nayabulanda.com/



सेयर गर्नुस्

0 comments: