झापामा चुनावी दौडबाट बाहिरिए प्रभावशाली नेता

 निर्वाचन क्षेत्रमा भएको हेरफेर दलहरूबीच बन्दै गरेको गठबन्धनले धेरै नेतालाई आउँदो चुनावमा टिकटविहीन बनाइदिएको केही क्षेत्रमा विगतमा टिकट लिनका लागि दौडमा सामेल हुने नेताहरू यसपटक त्याग्नका लागि प्रतिस्पर्धा गरेको अनौठो दृश्य पनि देखापरेको
झापामा कांग्रेस एमालेबाट उम्मेदवार बनेर विगतका हरेक निर्वाचनमा जित्दै आएकाहरू नै यसटक चुनावी दौडबाट बाहिरिएका छन् यही अवस्था माओवादी केन्द्रमा पनि २०६४ को पहिलो संविधानसभा चुनाव जितेका धेरै अनुहारले यसपटक टिकट नपाउने निश्चित भएको वाम गठन्धनका क्रममा माओवादी केन्द्रले झापामा दुई सिट दाबी गरिरहेको तर, एमाले एक सिटमात्रै दिने दाउमा यस्तोमा झापा मध्ये एउटा लिने माओवादी योजना यदि नम्बर क्षेत्र पाए राम कार्की नम्बर पाए केन्द्रीय सदस्य झलकसिंह दर्लामीलाई उम्मेदवार बनाउने माओवादी योजना
यसपटकको चुनावमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष भिडन्त नगर्नुपर्ने भएको कांग्रेस राजनीतिमा प्रभावशाली मानिने सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा राप्रपालाई छाड्ने निश्चितप्रायः भएको कांग्रेस राप्रपाबीच बनेको चुनावी गठबन्धनका क्रममा सिटौलाको पुरानो क्षेत्र राप्रपालाई दिने सहमति भएको ती दुवै दलका उच्च स्रोतको भनाइ यो क्षेत्रबाट यसपटक कांग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई समर्थन गर्दैछ प्रत्यक्षमा हामी लड्ने सिटौला समानुपातिकतर्फ जाने सहमति भएको ’, राप्रपा स्रोतले भन्यो सिटौला निकट कांग्रेस सांसद सुधीर शिवाकोटीले भने सिटौला प्रत्यक्ष चुनाव लड्न तयार रहेको तर, ‘गठबन्धनका क्रममा हुने सहमति पालनाहुने भन्दै घुमाउरो रूपमा सहमति भइसकेको संकेत गरेका छन्
२०४८ को आम निर्वाचनमा हारेर २०५० को उपनिर्वाचन जितेका सिटौलाले २०५१ को मध्यावधि निर्वाचनमा पराजय बेहोरेका थिए त्यसपछि २०५६ मा जितेका उनी २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीसँग फेरि पराजित भए २०७० को दोस्रो संविधानसभा चुनाव जितेका सिटौलालाई त्यसबेला राप्रपाका राजेन्द्र लिङदेनले कडा टक्कर दिएका थिए यसपटकको स्थानीय चुनावमा सिटौलाको पकड क्षेत्रमा कांग्रेस नराम्ररी पराजित भएको उनको आधार क्षेत्र भद्रपुरमा एमाले, केचनाकवल हल्दिबारीमा राप्रपा विजेता बनेको थियो अन्यत्र हारमात्रै हात परेका बेला वामपन्थी कांग्रेस बाहुल्य झापाका तीन ठाउँमा पार्टीलाई स्थानीय चुनाव जिताएर प्रशंसित राप्रपा नेता लिङदेनका लागि राप्रपाले कांग्रेससँग उनकै क्षेत्रलाई गठबन्धनको बटमलाइन बनाएको थियो स्थानीय चुनावमा भएको हार, वाम गठबन्धन तथा विगतदेखि नै आफ्नो क्षेत्रमा केही नगरेको आरोपका बीच सिटौलाले समानुपातिकतर्फको सुरक्षित बाटो रोजेका हुन्,’ भद्रपुर कांग्रेसका एक नेताले भने
विगतका सबै चुनाव जित्दै आएका एमालेका तीनजना नेताहरू पनि यसपटक चुनावी दौडबाट बाहिरिएका छन् पञ्चायतकालमै जनपक्षीय उम्मेदवार बनेर गौरादहको अध्यक्ष बनेका, २०४९ ५४ को स्थानीय चुनाव जितेका २०६४ मा जिल्लाभरिमा एकमात्र सिट एमालेले जित्दाका विजेता दीपक कार्की २०७० को संविधानसभा चुनावका पनि विजेता हुन् तर, उनी यसपटक टिकटविहीन बनेका छन् निर्वाचन क्षेत्रमा भएको अदलबदलले उनले चुनाव लड्दै आएको क्षेत्र पार्टी अध्यक्ष केपी ओलीकै क्षेत्रमा ¥यो सात क्षेत्र भएको झापा पाँच क्षेत्रमा समेटिँदा कार्कीको झापा गायबभयो अध्यक्ष स्वयंले चुनाव लड्ने भएपछि उहाँ स्वाभाविक रूपमा दौडबाहिर रहनुभयो,’ एमाले कार्यकर्ता गोपाल सुवेदीले भने, ‘त्यसैले प्रतिनिधिसभा उम्मेदवारका लागि उहाँको नाम नै सिफारिस भएन
२०५४ मा मेचीनगरको मेयर २०७० मा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई हराएर संविधानसभामा विजेता बनेका झापा का रविन कोइराला पनि चुनावी दौडभन्दा बाहिरै रहे उनको क्षेत्रबाट एमालेले गोपाल बुढाथोकीको नाम सिफारिस गरेको स्थानीय चुनावमा मेचीनगरको प्रमुखमा एमालेका विष्णु प्रसाई हारेपछि कोइरालालाई ओली समूहले अन्तरघात गरेको आरोप लगाउँदै आएको माधव नेपाल पक्षका कोइराला उम्मेदवार बने हराइदिने खुला घोषणा ओली पक्षका केही नेताले गरेकै कारण उनी पछि हटेको एमाले स्रोतले जनाएको पहिला खुदुनाबारी गाविसको अध्यक्ष जितेर २०७० मा कांग्रेसका झापा सभापति उद्धव थापालाई फराकिलो अन्तरले हराएका एमालेकै प्रेम गिरीले पनि यसपटक टिकट नपाउने भएका छन् हाल झापा मा परेको उनको क्षेत्रबाट पवित्रा खरेलको मात्रै नाम सिफारिस भएको
२०६४ को पहिलो संविधानसभा चुनावमा जिल्लामा कांग्रेसले एकमात्र क्षेत्रमा जित्दाका विजेता केशवकुमार बुढाथोकी पनि चुनाव नलड्ने निश्चितजस्तै यसपटक साबिकको क्षेत्रभन्दा बाहिरबाट उनको नाम सिफारिस भएको उनले चुनाव जित्दै आएको क्षेत्र ९हाल झापा ४० बाट कांग्रेसले देउकुमार थेवेको नाम सिफारिस गरेको एमाले अध्यक्ष ओलीको क्षेत्रबाट नाम सिफारिस भएका उनी चुनाव नलड्ने बताइरहेका छन् त्यस्तै झापा बाट पछिल्लो चुनाव जितेका सुधीर शिवाकोटीले पनि चुनाव लड्नेनलड्ने टुंगो छैन झापा वामपन्थीको बलियो किल्ला मानिँदै आएको यसले सिफारिसमा परेका कांग्रेस उम्मेदवारहरू आफूभन्दा अर्कोलाई उठ्न आग्रह गरिरहेको पार्टी स्रोतले बताएको शिवाकोटीले पनि आत्मविश्वासपूर्वक आफू उम्मेद्वार बन्ने बताएनन् हामीमध्ये जो बने पनि सघाएर जाने हो,’ उनले भने तर, कांग्रेसभित्रैको बुझाइ भने बेग्लै पहिला टिकट लिन मरिहत्ते हुन्थ्यो, अहिले झापा मा कांग्रेसमा टिकट त्याग्न मरिहत्ते ,’ कांग्रेस झापाका एक पदाधिकारीले भने यहाँबाट शिवाकोटीसहित जिल्ला सभापति उद्धव थापा, हाल कृषिराज्यमन्त्री रहेकी सरिता प्रसाई शिक्षाकर्मी राजेश खड्काको नाम सिफारिस भएको

blastkhabar.com 

सेयर गर्नुस्

0 comments: