आज राति उल्का वर्षा हुने

-हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ  

उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान बजेर ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए उल्का वर्षा हेर्नको लागि राति १२:४५ पछिको समय उत्तम रहेको उनले बताए  
अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोटिरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताए  
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण चट्टान छोड्ने गर्छ जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् यसैलाई उल्का वर्षा भन्ने गरिन्छ उल्का वर्षालाई नेपाली जनजिब्रोमातारा खसेकोपनि भनिन्छ  
बेलायती खगोलशास्त्रीएडमण्ड हेलीले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाईहेलोको पुछ्रेताराभनिएको हो यो एक नियमित पुछ्रेतारा हो यसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा गर्छ सन् १९८६ मा देखिएको पुछ्रेतारा अब सने सन् २०६१ मा देख्न सकिनेछ  रासस




सेयर गर्नुस्

0 comments: