चुलाचुलीकोे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

कार्यक्रम उदघाटन गर्दै अध्यक्ष र उपाध्यक्ष 
 डिकेस लामा / चुलाचुली क्षेत्रको सर्वाङगीण विकासकोयोजना सहित पहिलो पटक नव जन प्रतिनिधिले बार्षिक बजेट, नीति तथा कार्याक्रम आज सार्वजनिक गरेको सडक तथा पर्यटन  क्षेत्रलाई मुख्य रुपमा जोड दिँदै इलामको
चुलाचुली गाऊँपालिकाले नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो आर्थिक बर्ष २०७४/७५ को २३ करोड ५३ लाख ५१ हजार सय रुपयाँ बराबरको अनुमानित आय तथा व्ययको बजेट कार्याक्रमका सभापति तथा चुलाचुली गाऊँ पालिका  अध्यक्ष प्रदिप चन्द्र राईले सार्वजनिक गर्नु भयो।  बजेटले  चुलाचुली क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र तिनकुने पोखरी, सिवालय मन्दिर  मिलन पोखरी, खोम कारेश्वर मन्दिर, मैना चुली पदमार्ग लगायत सडक, विजुली, खानेपानी, खेलकुद, सरसफाई का  क्षेत्रमा जोड दिएको छ।  
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले लामो समय पछि देशले प्राप्त जनप्रतिनिधिबाट गाऊँ विकासमा नयाँ शैली उत्साह बढेको बताउनु भयो चुलचुली इलाम झापाको ठूलो संभवना बोकेको को स्थान भएकोले यस क्षेत्रमा सवै मिले चाँडै विकास हुने उहाँले बताउनु भयो
तर यसैवीच गएको निर्वाचनमा गाउपालिका  अध्यक्ष पदका निकटम प्रतिद्वन्दी समेत रहनु भएका नेपाली काँग्रेश सम्बद्ध तरुण दल क्षेत्रीय सदस्य राजेन्द्र केरुङ्गले भने केन्द्रिय निर्देशिका बमोजिम बार्षिक नीति, कार्याक्रम तथा बजेट सार्वजनिक नभएको भन्दै असन्तुष्टी समेत पोख्नु भएको कार्याक्रममा बोल्दै  केरुङ्गले केन्द्रिय निर्देशिकामा स्थानीय अन्य दल, वडा अगुवा, सामाजिक अगुवा सवै तहतप्कालाई समेटेर कार्यक्रम ल्याउनु पर्नेमा आफ्नो पार्टी नेपालि कांग्रेस सँग कुनै पनि सरसल्लाह समन्वय नगरी नीति तथा कार्यक्रम ल्याएको प्रति गुनासो समेत प्रकट गर्नु भयो कार्यक्रममा  जिल्ला समन्वय समिति इलामका स्थानीय विकास अधिकारी ध्रुब बहादुर  खड्का, पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकाल, माइनगर पालिकाका प्रमुख दिपक थेवे, रोङ्ग  गाऊँ पालिकाका अध्यक्ष सम्सेश लिम्बु, माङ्सेबुङ्ग गाऊँपालिकाकी उपाध्यक्ष सुनिता सुव्बा, कमल गाऊँ पालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले नीति, बजेट कार्यक्रम कार्यन्वयनमा सवैले भूमिका खेल्नु पर्ने बताउनु भयो गाऊँ पालिका सचीव गोविन्द सुवेदीको संचालनमा भएको कार्याक्रममा चुलाचुली क्षेत्रका सामाजिक अगुवाहरुको समेत उपस्थिति  रहेको थियो थियो भने झापा का विभिन्न संचारमाध्यम का प्रतिनिधि को पनि बाक्लै उपस्थिति देखिन्थ्यो 

साभार - http://globalpostinfo.us/





सेयर गर्नुस्

0 comments: