"प्रेमाग्रह"

सिता प्याकुरेल 
कुनै हतार छैन
बिस्तारै अाउनु मेरो जिन्दगीमा
 तर अाएपछि यसरी अाउनु
 मानाैं

 मेरो संसार हाै तिमी
 मेरो स्वर्ग हाै तिमी
 मेराे स्वास बनेर अाउनु
मेरो धड्कन बनेर अाउनु
 याे शरीर माटो हाे,
माटोमै मिल्छ
 तर कहिल्यै नमर्ने अात्मा बनेर
अाउनु
 तिमी यसरी अाउनु मेरो
 जिन्दगीमा
 तिमी अाउँदा ,
 फूलहरु मग्मगाऊन् तिम्रो
स्वागतमा
 पुतलीहरुले देखाउन सुन्दर नृत्य
यसरी जाेडले बहुन् हावाहरु
 मानाैं,
तिमीलाई भन्दा हतार हाेस्
उसलाई
 हाम्रो मिलन गराउन
 अारिसले , डाहले गड्गडाअाेस
 बादल
 अाकाश गर्जियाेस,चम्कियाेस्
 बिजुली
  बर्सियाेस अकस्मात घनघाेर
 वर्षा
 बर्षाले निथ्रुक्क भिजेका बेला
त्यो न्यानाे अंगालाे छाता बनाेस्
 त्यही पल बनुँला लज्जावती
 तिमी छाेइरहनु , खुम्चिरहुँला
 हाे त्यस्तो पल हाेस हाम्रो
 मिलनकाे
 जुन यादगार रहनेछ अागामी
 युगसम्म
 जब कल्पनामा तिमी सजियाै
 एक्लो यात्रामा नि मुस्कुराए
 लगातार हिँडिरहेँ गन्तव्य भुलेर
 अकस्मात तिमी मसँग ठाेक्कियाै
लाग्याे, सारा कल्पना साकार
 हुनेछन् ।।

सिता प्याकुरेल 
निलकण्ठ . पा ,
सिउँडीबार, धादिंग

सेयर गर्नुस्

0 comments: