मध्य रातमा


उद्धब नेउपाने 
दुईखाेलि दाेभानकाे
तल मावा खाेला घाटैमा
हरदम गुन्जिरहने
तीन थुम्कि बाट 
प्रतिध्वन्दित एउटा लय

माथि अन्दाराजाबाट
बगि झर्ने पानिकाे छङ-छङ
फुँईकेदेखि हुईकिदै अाईपुग्ने
बताशकाे एकलय अावज
अादिम युगकाे
शाश्रिय सँगितकाे धुनझैं लाग्ने
कशैले नलेखेकाे 
प्राचीन एक थान कथा
अाैंसि पुर्णे सङराति मसान्त
मध्य रात अदिस्य अावजमा
बगरै बगर कुदि बस्छ भन्छ
भट्टराईकाे कुलकाे मस्ट 
पारि मधुमल्लाकाे नामाेद बिजुवा पनि
दुलान फरकाउनु अघि नै
कुटुम्बकाे छाेराे परलाेक गएपछि
अग्निमा कुमारित्व सुम्पेकी 
अबला चेलिकाे भटकिएकाे अात्माले
सारङ्गिकाे धुन अलाप्दै 
सुसेल्दै बरबराउँछ मावाखाेला घाट
दुईखाेलि दाेभानभित्र मध्य रातमा


उद्धब नेउपाने 
चुलाचुली गा पा  ५ बुकुवा 

सेयर गर्नुस्

0 comments: