![]() |
| ५० लाख माग सहित लेखिएको पत्र |
प्रहरी का अनुसार उनि हरु ले होन्डा सोरूम उर्लाबारी मोरंग का संचालक मिलन गौतम लाइ ५० लाख चन्दा माग गर्दै पत्र पठाएका थिए। स्वतन्त्र लिम्बुवान नेपाल केन्द्रिय समितिको नामबाट गत भदौ ५ गते पत्र पठाएको गौतम ले बताए भदौ ४ गते काटिएको पत्रमा अध्यक्ष खाम्बोङ्गसा को हस्ताक्षर रहेको छ। उनीहरुले पत्रमा पार्टी भूमिगत अवस्थामा रही एक दसक देखि लिम्बुवान स्वतन्त्रताको आन्दोलन लाइ अघि बढिरहेको उल्लेख गरेका छन्। उनीहरुले संगठनलाई सक्ति सम्पन्न बनाउन सात दिन भित्रमा ५० लाख रुपैया सहयोग अनिवार्य उपलब्ध गराउन भनेका थिए चंदबारे बेवास्ता गरे तथा प्रसासनलाई खबर गरे हदै सम्मको कारवाही गर्ने चेतावानी समेत दिएका थिए। भदै ५ गते पत्र पठाएका उनीहरुले १२ गते पत्र प्राप्त भएको नभएको बारे एनसेलको नम्बर बाट गौतम लाइ फोन गरि सोधीखोजी गरेका थिए। उर्लाबारी सोरूमका संचालक गौतम ले आफुले पार्टीलाई सहयोग गर्ने तर यतिखेर रकम सहयोग गर्न नसक्ने जवाफ दिएको बताए। तर उनीहरुले पार्टीको निर्णय हो तपाइले मान्नै पर्छ भनि धम्काएपछि प्रसासन लाइ जानकारी गराएको गौतम ले बताए।
त्यसपछि प्रहरी ले भदै २९ र ३० गते क्रमस न्यौपाने र कुरुम्बाङ्ग लाइ पक्राउ गरको थियो उनीहरुलाई थप अनुसन्धान का लागि आइतबार म्याद थप गरेको मोरंग प्रहरी का प्रवक्ता प्रहरी नायब उप रक्ष क बिस्णूहरि कोइरालाले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानबाट चन्दा माग्ने बस्य पार्टीगत भन्दा पनि व्यवसायिक प्रतिस्पर्धा बाट प्रेरित देखिएको बताए। उनीहरुले गौतम सहित दमकका अन्य केहि व्यापारीलाई पनि ठुलो रकमको चन्दा माग गर्दै पत्र पठाएको प्रहरीले जनाएको छ तर अनुसन्धान जारि रहेकाले नाम बताउन नमिले प्रहरी ले जनाएको छ
copy from - maipokhari news .com

0 comments: