- चेतन अाङथुपाे /चुलाचुली
![]() |
| अनप्लग कबिता सन्ध्या |
बालबालिकाकाे प्रतिभा पहिचान कार्यक्रम अाज चुलाचुली गाउँपालिकाकाे श्री जनता सामुदायिक विदयालयमा सम्पन भएको छ ।
चुलाचुली बाल संजाल र हातेमालाे बाल क्लवकाे संयुक्त अायाेजना रहेको कार्यक्रममा स्राेत केन्द्र स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रममा दर्जन विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूकाे सहभागी रहेकाे थियाे । कार्यक्रममा नृत्य १८ जना, अभिनय ३ जना, वक्तित्व कलामा ५, गायनमा ९ , कविता, चित्रकला लगायत विधामा विद्यार्थीहरूले प्रतिभा प्रस्तुति गरेको बाल संजालका अध्यक्ष सन्ताेस गिरीले जनाएका छन । त्यसै गरि चुलाचुली गाउँपालिका हलमा नेपाल लिटरेरी ग्रुप दमक-झपाकाे अायाेजनामा चुलाचुली साहित्य समाज इलामकाे सहकार्य रहेकाे कार्यक्रममा अनप्लग कविता साँझ सम्पन्न भएको छ। उक्त कार्यक्रममा कवि विवस पाेख्रेल, ढाका पराजुली र राजकुमार सुब्बाले २५/२५ मिनेटकाे अन्तरमा कविता सुनाउनु भएको थियो । कार्यक्रममा कवि शरण मुकारूङ, प्रकाश बुढाथोकी काे प्रमुख अातिथ्य रहेको कार्यक्रममा इलाम, झापा, माेरङ र सुनसरी लगायतका कवि तथा साहित्यकारहरूकाे बाक्लै उपस्थिति रहेकाे अायाेजकले जानकारी गरका छन ।
अन प्लग कबिता सन्ध्या

0 comments: