![]() |
| नव गायक निसान भटराई |
पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लावारीका गायक निशान भट्टराइ भोली मंगलबार दमक आउने भएका छन् ।
उनि मंगलवार पूर्वका बिभिन्न शहरहरुमा आफ्ना समर्थक तथा शुभेच्छुक हरुसंग भेटघाट गर्ने क्रममा सुनसरी, मोरङ र झापाका विभिन्न शहरहरुमा आउन लागेको बुझीएको छ । बाल्य अबस्थादेखिनै गीत गाँउदै आएका भट्टराइ नेपाल आइडलबाट एक्कासी चर्चाको शिखरमा पुगेपछि सेलिब्रेटी भएर मंगलवार बिहान काठमण्डौ बिराटनगरको पहिलो उडानमा गृह जिल्ला आउदै छन ।
उनले बिभिन्न स्थानीय शहरहरुमा रहेका आफना समर्थकहरुलाइ धन्यवाद दिने कार्यक्रम रहेको बुझिएको छ । निशान भटट्राइ जिताउ अभियान दमककी संयोजक तथा विहानी कला केन्द्रकी संचालिका कमला खनालले आफ्नो फेसबुकमार्फत यो खवर सार्वजानिक गर्नुभएको छ ।
निशानले भोली बिराटनगर, धरान, बेलवारी, बिराटचोक, उर्लाबारी हुदै दमक र समय अनुकुल भए बिर्तामोडसम्म पुग्ने जनाईएको छ । भटटराईको स्वागतमा उनका शुभचिन्तक तथा समर्थकहरुले तयारी शुरु गरिसकेकाछन् भने दमक भोली बेलुका ५ बजे भेटघाट तथा स्वागत सम्मान को कार्यक्रम रहेको खनालले जानकारी दिनुभयो ।

0 comments: