मिस प्लस टु २०१७ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजक समिती बिग इभेन्ट नेपालले प्रतियोगिहरुलाई आबश्यक तालिमहरु दिने कार्यक्रम सम्पन्न भएकाले अब फाईनल चरणको प्रतियोगिता मात्र हुन बाकी रहेको आयोजकले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दे भिग इभेन्टले भदौ २६ गते धरान सभागृहमा फाइनल चरणको कार्यक्रम गर्ने आफ्नो पुर्ववत कार्यक्रम नै रहेको जनाएको छ ।
सहभागिहरुलाई हामीले झण्डै ४० वटा बिधामा तालिमहरु दिएका छौ,हामीले सहभागिहरुको बौधिक बिकास र ब्यक्तित्व बिकासका लागि फलदायी भएको विश्वास ब्यक्त गरेका छौ आयोजक समितीका इभेन्टका प्रमुख तथा कार्यकारी निर्देशक दोर्पध्वज र्राइले जानकारी दिए ।पुुर्वका ६ वटा जिल्लाका ११ उच्चमाबिमा अध्यनरत २५ जना छात्राहरुको प्रतियोगितामा सहभागिता रहेको मिडिया संयोजक बिकास चाम्लिङले जानकारी दिए ।प्रतियोगिताको विजेताले नगद ४५ हजार सहित क्राउन,ट्रफि साथै लिटल एञ्जल कलेज अफ म्यानेजमेन्ट काठमाण्डौ पढ्नका लागि छात्रबृती पाउने आयोजकले जनाएको छ ।
फस्ट रनरअपले नगर २५ हजार सहित धरानको डिपो उच्च माबिका छात्रबृती र सेकेण्ड रनर अपले नगद १५ हजार सहित धरानकै एम्स मेघा कलेजमा छात्रबृती पाउने आयोजनकले जानकारी दिएको छ ।
0 comments: