स्थानीय सरकारको कानुनमा सहमति

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अधिकारसम्पन्न बनाउने गरी संसद्को विकास समितिले आइतबारस्थानीय सरकार सञ्चालन विधेयकपारित गरेको समितिले विधेयक आगामी असोज मा बस्ने संसद् बैठकमा पेस गर्ने भएको संसद्बाट विधेयक पारित भएपछि स्थानीय तहका निर्वाचित पदाधिकारीलेफुलफ्लेजमा काम गर्न पाउने छन्

विकास समितिले आफूअन्तर्गतको उपसमितिले गरेको महिनौं लामो दफावार छलफल प्रतिवेदनका आधारमा सरकारद्वारा प्रस्तुतस्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाईस्थानीय सरकार सञ्चालन विधेयकनाम दिएको  
संविधानमा उल्लिखित अधिकारको व्याख्या, कार्यसम्पादन प्रक्रिया, कर्मचारी समायोजन, कोष व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयमा समितिमा सर्वसम्मत निर्णय भए पनि स्थानीय तहका जनप्रतिनिधिको महासंघलाई कानुनी हैसियत दिने/नदिने विषयमा सांसदहरूको मत विभाजन भएको थियो  

  1. -विधेयक पारित भएपछि जनप्रतिनिधिलेफुलफ्लेजमा काम गर्न पाउने 
  2. -स्थानीय तहको महासंघले कानुनी हैसियत नपाउने
  3. -अस्थायी कर्मचारीलाई मौका परीक्षा, स्थायी स्वत: समायोजित
  4. -जिससका कर्मचारी गाउँ/नगरमा पनि, जिससले कोष राख्न पाउने
  5. -जिल्लाहरूको नयाँ वर्गीकरण : रामेछाप, धादिङ, गोरखा रुकुम (पूर्व) हिमाली जिल्ला 
  6. -वडाध्यक्ष पद रिक्त भए सदस्यमध्येबाटै कार्यवाहक हुने
विधेयकमा प्रस्तावित महासंघ राख्ने विषयको विपक्षमा सत्तारूढ माओवादी केन्द्रका सांसदहरूले राखेको संशोधन प्रस्तावका पक्षमा मुख्य सत्तारूढ घटक कांग्रेसले अन्तिम समयमा साथ दिएको हो कांग्रेस सांसद रामचन्द्र पोखरेल नेतृत्वको उपसमितिले गाउँपालिका, नगरपालिका जिल्ला समन्वय समितिको छुट्टाछुट्टै संघ गठन गर्न सकिने व्यवस्था समितिमा सिफारिस गरेको थियो
समितिमा भएको मतदानमा स्थानीय तहको महासंघ राख्ने पक्षमा प्रतिपक्षी एमाले राप्रपाका सांसदको मत परेको थियो भने विपक्षमा सत्तापक्षका १७ सांसदले मत दिएका थिए बहुमतको निर्णयअनुसार महासंघ गठनसम्बन्धी विधेयकको दफा हटाउने गरी सदनमा प्रतिवेदन पेस गर्ने निर्णय गरेका छांै,’ समितिका सभापति रवीन्द्र अधिकारीले भने संसदीय अभ्यासमा समितिभित्र दलीय ह्वीप नलाग्ने कारण सामान्यत: मत विभाजन गरिँदैन स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको सिट संख्याका कारण सत्तापक्षका सांसदहरूले आफ्नै सरकारले ल्याएको प्रस्तावको विपक्षमा प्रतिपक्षले पक्षमा मतदान गरेका हुन्
विगतमा महासंघ गठनसम्बन्धी कानुनी व्यवस्था नभए पनि गैरसरकारी संस्थाका रूपमा गाविस महासंघ, नगरपालिका महासंघ जिविस महासंघ सक्रिय थिए अभ्यासमा रहेका महासंघलाई नै एउटा लुज नेटवर्कका रूपमा कानुनी हैसियत दिन खोजिएको थियो,’ अधिकारीले भने, ‘हामीले पारित गरेको कानुनले व्यवस्था नगरे पनि विगतको अभ्यास प्रचलित अन्य कानुनअनुसार स्थानीय तहका पदाधिकारीले आवश्यक ठानेमा विगतकै जस्तो अभ्यास गर्न सक्छन्
विधेयकमा स्थानीय निकायका (जिविस, गाविस नगरपालिका) का स्थायी कर्मचारी नवगठित स्थानीय तहका कर्मचारीका रूपमा स्वत: समायोजन हुने व्यवस्था गरिएको विधेयकमा दरबन्दीमा रहेका अस्थायी कर्मचारीलाई उमेरको हद नलाग्ने गरी स्थायी हुन मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको ऐन प्रारम्भ भएपछि लोकसेवा आयोगले सञ्चालन गर्ने पहिलो खुला आन्तरिक परीक्षामा भाग नलिने असफल हुने स्थानीय तहका अस्थायी कर्मचारीले स्वत: अवकाश पाउने छन् स्वीकृत कुल दरबन्दीको ६० प्रतिशत खुला ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याइएको आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको पदमा अर्को विज्ञापनमा स्वत: खुला प्रतिस्पर्धा हुने  
ऐन प्रारम्भ हुँदा स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी स्वत: सोही स्थानमा समाहित भएको मानिने व्यवस्था विधेयकमा जिससका कर्मचारीलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा समायोजन गरी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका नगरपालिकालाई प्राथमिकता दिइने व्यवस्था यसमा  
जिल्ला वर्गीकरणमा हेरफेर
विधेयकमा हिमाली, पहाडी तराईका जिल्लाका वर्गीकरणमा हेरफेर गरिएको पहाडी जिल्लाको वर्गमा राखिएका रामेछाप, धादिङ, गोरखा रुकुम (पूर्व) लाई समितिले हिमाली जिल्लाको वर्गमा राख्ने निर्णय गरेको त्यसैगरी केन्द्र, प्रदेश, गाउँपालिका नगरपालिकामा जस्तै जिससको पनि सरकारी कोष रहने व्यवस्था भएको संविधानमा केन्द्र, प्रदेश, गाउँपालिका नगरपालिकामा मात्रै त्यस्तो कोष रहने व्यवस्था स्थानीय तहको समन्वयबाहेक जिससको खास काम, कर्तव्य अधिकार नभएका कारण संविधानले त्यसका लागि कोषको व्यवस्था आवश्यक ठानेको थिएन छुट्टै कोषको व्यवस्था नभएकाले जिससका पदाधिकारी कर्मचारीको सेवा, सुविधासमेत प्रदेश कानुनअनुसार हुने संवैधानिक व्यवस्था  
जिससको चल/अचल सम्पत्ति संरक्षणका लागि समेत तत्कालका लागि कोषको व्यवस्था गरिएको उपसमितिका सदस्य गणेश पहाडीले बताए स्थानीय निकायले सोझै वैदेशिक सहयोग लिन पाउने विकल्पमा छलफल गरे पनि उपसमितिले केन्द्र सरकारमार्फत मात्रै त्यस्तो सहयोग प्राप्त गर्ने व्यवस्था सिफारिस गरेको थियो  
वडाध्यक्षको पद रिक्त भएको अवस्थामा वडा सदस्यहरूले आफूमध्येबाट कार्यवाहक वडाध्यक्ष चयन गर्ने मस्यौदामा व्यवस्था गरिएको कर्मचारीलाई कार्यवाहक वडाध्यक्ष बनाउँदा निर्वाचित जनप्रतिनिधिको अवमूल्यन हुने निष्कर्ष निकाल्दै समितिले नयाँ व्यवस्था गरेको हो स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन विधेयकका धेरै दफामा परिमार्जन गरिएको हो,’ सभापति अधिकारीले भने




सेयर गर्नुस्

0 comments: