गजल



राख्दिन म खेत बारी बाजो हजुरको।

बाली राख्छु चुलोमा आगो हजुरको।


सम्मालेर राखेको थे आज सम्म मैले

अब सँधै जिम्मा दिन्छु नासो हजुरको।


राम्रा कुरा गरे पनी आफ्नै प्राण सम्झि

नकारात्मक सोच्ने मन कालो हजुरको।


बिस्वास घात नहोस चोखो माया भित्र

सुनि राख्न पाउ बोली साँचो हजुरको।


चाहिदैन महल मलाई साथ पाए देखि

खरले छाको भए हुन्छ छानो हजुरको।

मन्जु अन्जना सुर्खेत

हाल कुवेत


सेयर गर्नुस्

0 comments: