मेचि अंचलकै दोस्रो पुरानो अनि ठुलो शहर भनेर चिनिने दमक दमक नगरपालिकाको नजिकै रहेको अर्को छिमेकी गाउँ पालिका हो इलामको चुलाचुली । जुन दमक नगर पालिकाको कार्यालयबाट नगरका केहि वडाहरु भन्दा नजिक पनि रहेको छ । इलाम जिल्लाको एक मात्र तराईमा रहेको गाँउपालिका पनि हो चुलाचली ।
चुलाचुलीलाई भौगोलिक हिसाब इलामका अन्य गाउँ पालिका भन्दा जति सुगम ठानिन्छ तेतीनै समस्याका चाङपनि तेति नै रहेका छन । झटटहेर्दा र सुन्दा चुलाचुलीलाई जति सुगम ठानिएपनि याहाँ भित्रका समस्याहरु भने अनगिन्ती नै रहेका छन । अहिले पनि यो गाउँ पालिकामा नत भरपर्दो सडक संजाल छ नत पिउने पानीको सुविधा ।
चुलाचुलीलाई भौगोलिक हिसाब इलामका अन्य गाउँ पालिका भन्दा जति सुगम ठानिन्छ तेतीनै समस्याका चाङपनि तेति नै रहेका छन । झटटहेर्दा र सुन्दा चुलाचुलीलाई जति सुगम ठानिएपनि याहाँ भित्रका समस्याहरु भने अनगिन्ती नै रहेका छन । अहिले पनि यो गाउँ पालिकामा नत भरपर्दो सडक संजाल छ नत पिउने पानीको सुविधा ।
विधुत लगायतका अन्य भौतिक पुर्वाधारका त कुरै छोडौ घरको आगन बाट देखिने दमक बजार आउने पनि बर्षाको समयमा घण्टौको घुमाउरो बाटो निर्घारण गर्नु पर्छ याहाँका स्थानीयहरुले । यो समस्या आजको मात्र हैन याहाँका पुस्ता वित्न लागे तर गाउले आशालाग्दो गरि विकाशको मुहार फेर्न नसकेको स्थानीय अनुप अधिकारी बताउनु हुन्छ । विगतबाट नै इलामले नहेरेको अनि झापाले नदेखेको चुलाचुली भन्ने कुरा विगतबाट उखान जस्तैगरि अहिले पनि मच्चिनै रहेको छ । यति सम्मकी याहाँ स्थानीयहरुले एउटा मात्र हैन धेरै खोला खोल्साहरु छिचोल्दै नजिकको बजार आउनु पर्ने हुन्छ ।
अहिले पनि चुलाचुली धेरैले विद्युत सेवा पाउन सकेका छैन उहि टुकि अनि कतै कसैले सोलरको भरमा दैनिकी गु्जारी रहेका छन । सडकहरुको अवस्था पनि उस्तै छ बर्षालागे संगै हिलो अनि हिउदमा धुलाम्मे । चुरेक्षेत्रसंगै जोडिएको यो गाँउ पालिकामा अहिले पनि आकाशे खेतीकै भरमा छ । उर्वर भुमी हुदा हुदै पनि कति साल त याहाका स्थानीयहरुले सिमले र कोदो रोपेर परिवारका गुजारा चलाउछन ।
जब अकाशमा कालो बादल ले रोप्छ अनि प्रशन्न ता ले छोएको जस्तो देखिएपनि यहाँका स्थानीयहरुलाई यसले अर्को पिरोलो पनि थपिदिन्छ यदि वर्षा भयो भने खेतीत गरिएला तर बजार गएका गाउँलेहरु सकुशल रतुवा खोला तरेर नर्फकिएलानकी भन्ने अर्को पिर उत्तिकै हुनेगरेका अर्का स्थानीय भिम भटटराई बताउनु हुन्छ ।
चुलाचुलीमा भौगोलिक सुगमताका बाबजुत पनि न्युनतम मानविय आधारभुत आवश्यकताका बस्तुहरु शिक्षा, स्वास्थ्य, खानेपानी, जस्ता कुराहरुको उत्तिकै आवश्यकता खडकी रहेको छ ।
0 comments: