सरकारले बजेट मार्फत जिल्लामा पर्ने प्रादेशिक संरचनाहरूका लागि दुई अर्ब, ९४ करोड, ५५ लाख ४२ हजार बराबरको रकम छुट्याएको छ । आइतबार उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा प्रस्तुत गरेको बजेटमा आगामी वर्ष प्रदेश र स्थानीय तहका लागि अन्तर सरकारी बित्तीय हस्तान्तरण भनेर छुट्याइएको रातो किताबमा इलामका लागि उक्त बजेट ब्यवस्था गरिएको छ । उक्त बजेटमध्ये बीत्तीय समानीकरण भनेर एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सशर्त अनुदान भनेर एक अर्ब १० करोड, ९८ लाख ३६ हजार रुपैयाँ बिनियोजन गरिएको छ । इलाममा छुट्टिएको उक्त रकममध्ये नगरपालिकाका लागि एक अर्ब ५७ करोड ५४ लाख ३१ हजार र गाउँपालिकाका लागि एक अर्ब ३७ करोड एक लाख ११ हजार रुपैयाँ रहेको छ । रातो किताबका अनुसार इलाम नगरपालिकाका लागि बित्तीय समानीकरणमा २४ करोड ३२ लाख ९२ हजार र सशर्त अनुदानमा २२ करोड ५५ लाख ५९ हजारसहित ४६ करोड ८८ लाख ५१ हजार रुपैयाँ छ । देऊमाई नपाका लागि बित्तीय समानीकरणमा १९ करोड ५१ लाख २१ हजार र सशर्त अनुदानमा १२ करोड ५९ लाख ४७ हजार सहित ३२ करोड १० लाख ६८ हजार रुपैयाँ छ । माई नपालाई बित्तीय समानीकरणमा २२ करोड ६० लाख १८ हजार र सशर्त अनुदानमा १० करोड चार लाख २४ हजार सहित ३२ करोड ६४ लाख ४२ हजार रुपैयाँ छ । त्यस्तै सूर्योदय नपालाई बित्तीय समानीकरणमा २८ करोड ४८ लाख ८३ हजार र सशर्त अनुदानमा १७ करोड ४१ लाख ८७ हजारसहित ४५ करोड ९० लाख ७० हजार रुपैयाँ छुट्याइएको छ । चुलाचुली गाउँपालिकाका लागि बित्तीय समानीकरणमा १५ करोड २१ लाख १८ हजार र सशर्त अनुदानमा सात करोड ४६ लाख ३७ हजार सहित २२ करोड ६७ लाख ५५ हजार तथा फाकफोकथुम गापाका लागि बित्तीय समानीकरण १५ करोड ६८ लाख १९ हजार र सशर्त अनुदानमा नौ करोड ९५ लाख ७८ हजारसहित २५ करोड ६३ लाख ९७ हजार रुपैयाँ बजेट छुट्याइएको छ । माई जोगमाई गापामा बित्तीय समानीकरण १५ करोड २० लाख र सशर्त अनुदान आठ करोड ५६ लाख ६७ हजार सहित २३ करोड ७६ लाख ६७ हजार रुपैयाँ तथा माङ्सेबुङ गापामा बित्तीय समानीकरण १४ करोड ८८ लाख २८ हजार र सशर्त अनुदान सात करोड १४ लाख ७८ हजार सहित २२ करोड तीन लाख छ हजार रुपैयाँ बिनियोजन गरिएको छ । रोङ गापामा बित्तीय समानीकरण १५ करोड तीन हजार र सशर्त अनुदान सात करोड ९३ लाख ६५ हजार सहित २२ करोड ९३ लाख ६८ हजार रुपैयाँ एवम् सन्दकपुर गापामा बित्तीय समानीकरण १२ करोड ६६ लाख २४ हजार र सशर्त अनुदान सात करोड २९ लाख ९४ हजार सहित १९ करोड ९६ लाख १८ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
श्रोत - सन्दकपुर अनलाइन पत्रिका
