चुलाचुली सन्चार समूह को गठन


चुलाचुली । गाउँमा सञ्चारको पहुँच पुर्याउने उद्देश्य लिएर चुलाचुली गाउँपालिकामा युवाको नेतृत्वमा ‘चुलाचुली सञ्चार समूह इलाम’ गठन गरिएको छ ।


चुलाचुली गाउँपालिका स्तरीय प्रतिनिधि सहितको तदर्थ कार्य समितिमा चेतन आङथुपो को अध्यक्षमा ७ समिति गठन गरिएको छ । उपाध्यक्ष देवेन्द्र पौड्याल, सचिव टीका अर्याल, सहसचिव राजकुमार विश्वकर्मा, कोषाध्यक्ष प्रदीप लावती, सदस्यमा आशिक शेर्मा, छत्र चाम्लिङ राई, विनोद बुढाथोकी रहेका छन ।

कानुनी सल्लाहकारमा बलराम गिरी, सल्लाहकार शरण जवेगु, लोकनाथ पौड्याल रहेका छन् ।

चुलाचुली रंगमञ्चको कार्यालयमा गरिएको कार्यक्रम लोकनाथ पौड्यालको संयोकत्वमा रहेको थियो ।

सेयर गर्नुस्