चुलाचुली/ संघिय लिम्बूवान पार्टी, नेपालले चुलाचुली गाउँपालिकामा स्थानीय तह निर्वाचन उपयोगको लागि व्यापक रूपमा अगुवा कार्यकर्ताहरु बीच प्रशिक्षण सहित औपचारिक रूपमा उम्मेदवारी घोषणा सुरु गरिएको छ ।
चार प्रस्तावहरू माथि गरिएको छलफलले सर्वसम्त निर्णय पारित गरेका छन् । स्थानीय तह चुनावको उपयोगको लागि संघीय लिम्बुवान पार्टी नेपाल बाट चुलाचुली गाउपालिकाको लागि बिधिवत रुपमा अध्यक्ष उम्मेदवरमा भुपेन्द्र योङ्या सर्वसम्मत चयन गरिएको छ ।
चुलाचुली वार्ड न २ को अध्यक्ष मा लिला लावती, सदस्यहरुमा मणि कुमार इधिङ्गो , कुमार बिस्वकर्मा उम्मेदवारी चुनिएका छन । चुलाचुली ३ मा हाइजन आङ्थुपो अध्यक्ष मा प्रस्तावित सदस्यहरुमा हर्क मगर , अमृत देवान र राधा वर्देवा उम्मेदवारी चुनिएकाे छन । वार्ड न ४ मा अध्यक्ष उम्मेदवार चेतन आङ्गथुपो सद्स्यहरुमा राम कुमार जोगि, चयन हुनु भएको छ ।
संघिय लिम्बूवान पार्टीको केन्द्रीय महासचिव प्रेमदीप थामसुहाङ ले भने, "हामी बहिष्कारमा छैनाैं, २ सय ५० बर्ष अघि देखि पछिपरेकाे पहिचानकाे अधिकार प्राप्ति गर्ने स्थानीय चुनावमा स्वतन्त्र चुनाव चिहनमा भएनी लिम्बूवानकाे एक छापे मत उपयाेग गरेर जाने बताएका छन ।"
बाँकी रहेको वार्ड हरुमा ११ गते भित्र मा वडा उम्मेदवार चयन थप सदस्य चुनिन्दै जाने प्रस्ताव माथि निर्णय भएको छ । चुलाचुली स्थानीय तह चुनाव प्रचारप्रसार को लागि इन्चार्ज नरेश माङ्गमु को संयोजकत्वमा ४५ जना सद्स्य समिती गठन गरिएकाे छ, भने पहिचानबादीहरु बीचको राजनितिक संवादको लागि पार्टी केन्द्रीय सदस्य शरणहाङ जबेगु को संयोजकत्वमा १३ सद्स्य बार्ता समिती गठन गरियो छ ।
स्थानीय चुनावमा ८० प्रतिशत राई, लिम्बूकाे बाहुल्यता रहेकाे चुलाचुली गाउँपालिकामा लिम्बूवान पार्टीकाे जित सम्भावना रहेकाे देखिन्छ । उत्त कार्यक्रम चुलाचुली-३स्थित गाउँपालिका पार्टी कार्यालयमा भएकाे हाे । कार्यक्रम संघिय लिम्बूवान पार्टी, नेपाल गाउँपालिका कार्य समिति अध्यक्ष अमृत देवानकाे संयाेजकत्वमा कार्यक्रम भएको थियाे ।
