चुलचुली मा बिध्यार्थी प्रतिभा पहिचान कार्यक्रम

चुलाचुली/ बैशाख १६ गते, इलामकाे दक्षिणी चुलाचुली गाउँपालिका-१ कमल स्थित श्री जनता मा.वि. मा चुलाचुली स्रोत केन्द्र अन्तर्गत निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे प्रतिभा पहिचान छनाेट कार्यक्रम सम्पन्न गरिएको  छ ।


चुलाचुली स्रोत केन्द्र इलामले अायाेजना गरिएको कार्यक्रममा ज्ञानविज्ञान, चित्रकला, कथा, कविता, नृत्य, अभिनय र गायन विधामा विद्यार्थीहरूकाे प्रतिभा प्रस्तुत गरिएक थियाे ।
चुलाचुली गाउँपालिका-३ किराँतेश्वर माविबाट गणित प्रतिभामा सनम तामाङ , चुलाचुली-४ बालज्याेति माविबाट नृत्यमा सन्जिना साँबा, चुलाचुली-५ भानु माविबाट थिरमान विश्वकर्मा जिल्लामा हुने फाइनल प्रतिभा पहिचानको प्रतिस्पर्धाकाे लागि छनाेट गरिएको छ ।
जनता मावि का विद्यालय व्यवस्थापक समितिका अध्यक्ष पुर्ण लावती काे संयाेजकत्व रहेकाे कार्यक्रममा अतिथि काेलाेबुङ स्रोत व्यक्ति रूकमन लिम्बू, चुलाचुली स्रोत व्यक्ति उपेन्द्र सापकोटा, बालज्याेति मावि का प्रअ उपेन्द्र बुढाथोकी लयायतका उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम कवि तथा शिक्षक सुन्दर लावती "कुरूप" ले सञ्चालन गरिएको थियोे ।

सेयर गर्नुस्