चुलाचुली गाउँपालिका कांग्रेस उम्मेदवारमा ४ द्र नामको छनाेट

चुलाचुली/ इलामको दक्षिणी चुलाचुली गाउँपालिका मा कांग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवारमा राजेन्द्र केरूङ सिफारिस गरिएको छ ।



पार्टीमा धेरै अाकांक्षीहरू रहेकाले गाउँपालिका स्तरकाे छलफलमा सहमति अाउन नसकेपछि एक दर्जन अाकांक्षीले दाबी गरे मध्ये ४ जनाकाे नाम १५ दिन अगाडि  क्षेत्रिय निर्वाचन समन्वय समितिमा सिफारिस गरिएको थियोे ।
चुलाचुली गाउँपालिका वडा उम्मेदवारहरूकाे समेत छनाेट गरिसकेकाे पार्टी स्रोतले जनाएको छ । चुलाचुली गाउँपालिका वडा नं. १ बाट नरेन्द्र न्याैपाने, वडा - २ बाट मुक्तिनाथ हुमागाई, वडा -३ बाट, नरेन्द्र लावती, वडा -४ बाट नरेन्द्र वान्तावा राई, वडा -५ बाट राज बहादुर राई र वडा नं.-६ बाट दिल बहादुर राई  वडा अध्यक्ष उम्मेदवारमा छनाेट भएको छन् ।
गाउँपालिकाभरि नेपाली कांग्रेस पार्टीमा जम्मा  ३ सय ८० क्रियाशिल सदस्य रहेका वडाहरू मध्ये वडा नं.४, १, ३ र ५ कांग्रेस सदस्यहरूकाे बाहुल्यता भएकाले जितकाे सम्भावना रहेको स्रोतले जनाएको  छ ।
सतप्रतिशत नयाँ अनुहारमा ७५ प्रतिशत युवा उम्मेदवारहरू देखिने भए पनि गाउँपालिका अध्यक्षकाे उम्मेदवारका लागि जिल्ला र क्षेत्रियस्तरमा चित्त बुझदाे निर्णय नभएपछि पार्टी भित्र अाकांक्षीहरू निरास र प्रतिपक्षी बनेका छन । भने वडा  नं. १ र ४ मा बाहेक अन्य वडाहरूमा निरविराेध उम्मेदवार सिफारिस गरिएको छ ।

सेयर गर्नुस्