रंगमञ्चकाे पुस्तकालय उद्धघाटन सम्पन

रंगमञ्चकाे पुस्तकालय उद्धघाटन सम्पन्न

चुलाचुली/ बैशाख १ गते, गाउँमा रहेर रंगमञ्च क्षेत्रमा काम  गर्दै अाइरहेकाे नाटय संस्था चुलाचुली रंगमञ्चले अाज " गाउँमा पुस्तकालय तथा नृत्यशाला उद्धघाटन" कार्यक्रम सम्पन गरेको  छ ।


" ग्रामीण साैन्दर्यकाे खाेजी" नारा रहेको चुलाचुली रंगमञ्चकाे कार्यक्रममा अभिनेता/ रंगकर्मी सुवास थापा काे प्रमुखअतिथित्व रहेको थियाे ।
थापाले कार्यक्रममा भने, "नाटक र नृत्य क्षेत्रमा बाहिरी कलचरकाे सिकाइ गराउने प्रयासमा माैलिकताकाे विषयपछि हुने कुरामा कलाकार सचेत हुनु पर्ने वताए ।"
 सिर्जनशील क्षेत्रमा काम गरिरहेको स्रष्टाहरूकाे भेलामा  चलचित्र निर्देशक रवि शेर्मा, युवा समाज सेवी सुवास अाङथुपाे, भुपेन याेङया, सुर्य लिम्बू , शरण जवेगु, बलराम गिरी शिक्षासेवी सेतु प्रकाश राई, सुमन लावती लगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा वक्ताहरूले रंगमञ्चकाे अभियान गाउँमा पुस्तकालय व्यवस्थापन गर्ने  समाजका जिम्मेवारी मान्छेहरू लागि पर्नु परने विषयमा बाेलेका थियाे।        
 रंगमञ्चले अायाेजना गरेको विशेष शुभकामना अादनप्रदान कार्यक्रमा युवा गजलकार मदन चाैहान, नरेन्द्र नेम्वाङ, रूद्र प्रभात, कल्पना कल्पु ले रचना बाचन गरेकाे थियाे ।
 संस्थाको अध्यक्ष तथा रंगकर्मि मानहाङ लावतीकाे संयाेजक रहेकाे कार्यक्रम सनन्ताेस गिरीले सञ्चालन गरेका थियाे ।

एक दसक देखि गाउँमा नाटक गर्दै अाएकाे " नयाँ बाटो नयाँ पाइला नाट्य समूह" २०६९ साल यतादेखि चुलाचुली रंगमञ्च नाटय संस्थाको नाममा स्थापित रहेकाे छ । दुई दर्जन बढी सडक, कचहरी, कथा बाचन, मूर्ति  नाटक गर्दै अाएकाे रंगमञ्चले क्षेत्रीय र राष्ट्रिय नाटक महाेत्सवमा सहभागी रहेर नाटक मञ्चन गरि सकेका छन । सेट लाइटमा " देवाङसी राजा-२०७३", " सुवीउ चरी-२०७१", " किपट-२०७०" मञ्चन भएका उत्कृष्ट नाटक हुन ।

रंगमञ्चका निवर्तमान अध्यक्ष तथा रंगकर्मि केेशर भुजेल भने,  नाटकलाई व्यवसायक रूपमा लैजान सशुल्क नाटक गरिन्दै अाएकाछाैं, यसपटक बालबालिका र किशाेर अस्थाका विद्यार्थीकाे प्रतिभालाई विकसित गर्ने समयमै सिर्जनशील बनाउने उदेश्यले नृत्य कक्षा संचालमा ल्याएकाे वताए ।
नाटक प्रशिक्षण , नृत्य प्रशिक्षण साथै चुलाचुली रंगमञ्चले एक बर्ष यता  सहयाेगी दाताहरूकाे सहयाेगमा गाउँमा पुस्तकालय नामकाे पुस्तकालय व्यवस्थापन गर्दै अाइरहेका छन । साविक वडा नं. ७ मा रहेकाे रंगमञ्च कार्यालय भने चुलाचुली गाउँपालिका-४, इलाम मा रहेकाे छ ।


सेयर गर्नुस्